१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
अन्य

अण्डा उमाल्ने सही तरिका

यस्तो पनि !

तपाईं खाजामा अण्डा कत्तिको खानु हुन्छ? त्यसो भए पक्कै पनि पर्फेक्ट उसिनिएको अण्डाबारे थाहा हुनसक्छ। वैज्ञानिकहरूले हालै मात्र सही तरिकाले अण्डा उसिन्ने तरिका पत्ता लगाएको दाबी गरेका छन्। उनीहरूका अनुसार, जब अण्डालाई कम्तीमा आधा घण्टा उमालिन्छ, त्यो बेला मात्र पर्फेक्ट अण्डा तयार हुन्छ। 

पर्फेक्ट अण्डा उसिनिनु भनेको के हो? बीबीसीका अनुसार, अण्डाको सेतो (एल्बुमेन) र पहेँलो भाग ठ्याक्कै छुट्टिनु पर्छ। पहेँलो भाग पाक्न ६५ डिग्री सेल्सियस तापमान चाहिन्छ। सेतो भाग पाक्न भने ८५ सेल्सियस तापमान आवश्यक पर्छ। यी दुवैलाई एक सय डिग्रीमा उमाल्दा एल्बुमेन राम्रोसँग पाक्ने र नरम हुने वैज्ञानिकहरूको भनाइ छ। केहीलाई भने पहेँलो भाग तरल नै मनपर्छ। यस्तो अवस्थामा ६० देखि ७० सेल्सियस बीच हल्का तातो पानीमा एक घण्टा राखिन्छ। यस्तो अवस्थामा पहेँलो भाग नरम हुन्छ र एल्बुमेन पूर्ण रूपमा पाक्दैन र चिसै रहन्छ।

योभन्दा अर्को तरिका पनि फेला पारिएको इटालीका वैज्ञानिकहरूले बताएका छन्। उनीहरूले कम्प्युटरको सहयोगले कसरी अण्डा पकाउने भनी पत्ता लगाएका हुन्। यसरी पकाइएको अण्डा स्वादिष्ट मात्र होइन स्वास्थ्यका लागि फाइदाजनक पनि हुने दाबी उनीहरूको छ। इटालीको पोजुओलीस्थित नेसनल रिसर्च काउन्सिलका वैज्ञानिक पेलेगिनो मुस्तो र उनको टोलीले कम्प्युटेशनल फ्लुइड डायनोमिक्स (सिएफडी) प्रविधिमार्फत अण्डा पकाए। यो अनुसन्धानमा पेरियोडिक कुकिङ शैली अपनाइन्छ। 

यो भनेको अण्डालाई पहिले उमालिन्छ। त्यसपछि हल्का ताप ३० डिग्री सेल्सियसमा राखिन्छ। ३२ मिनेटसम्म अण्डा राखिन्छ। यसरी तयार भएको अण्डाको स्वाद उत्कृष्ट हुने वैज्ञानिकहरूको दाबी छ। यसरी तयार पारिएको अण्डामा पोलिफेनोल्स बढी हुन्छन्। यो तत्व सूक्ष्म पोषण तत्वहरू हुन्।

बिरुवामा पाइने पोलिफेनोल्स मानव स्वास्थ्यका लागि फाइदाकारी मानिन्छ। यसले एन्टिअक्सिडेन्ट दिने र पेटको जलन कम गराउने गर्छ। पोलिफेनोल्सको मात्रा बढी हुँदा हृदय रोग, क्यान्सर र मस्तिष्क सम्बन्धी रोगहरूको जोखिमबाट जोगाउँछ। अब तपाईंले पनि पेरियोडिक अण्डा उमाल्ने होइन त?
प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २९ माघ २०८१ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App