६ वैशाख २०८२ शनिबार
image/svg+xml २२:२१ अपराह्न
अन्य

आजको मौसम : यी दुई प्रदेशमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपात हुन सक्ने जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।  साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  साथै, तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ।  

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  साथै, बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। 

प्रकाशित: ८ माघ २०८१ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App