शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन ।
अस्पतालका निर्देशक डा युवानिधी बसौला गण्डकी प्रदेशकको स्वास्थ्य सचिवमा सरुवा भएर गएपछि स्वास्थ्य मन्त्रालयले डा बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो ।
यसअघि बास्तोला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुनासो शाखामा थिए । उपचारात्मक महाशाखाको प्रमुख थिए । बास्तोला छाला तथा सरुवा रोग विशेषज्ञ हुन ।
प्रकाशित: ८ माघ २०८२ १५:०६ बिहीबार





