२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

झापाबाट ओलीको दावी: ७० प्रतिशत मत ल्याएर निर्वाचन जित्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरु पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उनले कुल खसेको मतको दुई तिहाई भन्दा बढि मत एमालेले पाउने बताए ।  

झापाको कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा उनले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्रनै एमालेको पक्षमा एक ढिक्का रहेको बताए । यही क्रममा उनले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको पनि बताए । गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्य भन्दा बढि आपराधीक कार्यहरु भएको उल्लेख गर्दै त्यस बेला केहि व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसो आपराधीक कार्य गर्दा मृत्यु भएको बताए ।  

दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगती सबैका आँखा अघि छर्लङ् रहेको भन्दै उनले यो देश, यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरुबाट केही हुन नसक्ने बताए । नदीकटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्‌न बाँकी रहेछ भने बुझाउन पनि उनको आग्रह छ ।  

 

प्रकाशित: ८ माघ २०८२ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App