२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

चुनावले स्थगित राष्ट्रिय लिग फुटबल आजबाट सुरु

एन्फा राष्ट्रिय लिग फुटबल आइतबारबाट पुनः सुरु भएको छ।

सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित गरेको थियो। गत फागुन १८ गतेबाट रोकिएको उक्त लिग आजबाट पुनः सुरु भएको हो।  

प्रतियोगीतामा आइतबार तीनवटा खेलहरु हुँदैछन्। आज बिहान ११ बजेबाट सुरु भएको पहिलो खेलमा जवलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गरिरहेका छन्।  

त्यस्तै, आज हुने दोस्रो खेलमा संकटा एफसी र लालीगुँरास एसोसिएसन खेल्नेछन् भने अन्तिम खेलमा चर्च ब्याइज युनाईटेड र सातोबाटो युथ क्लबबीच भिडन्त हुनेछ। यी तीनै खेल दशरथ रगंशालमा हुनेछ।  

जारी लिगमा देशका कुल १७ वटा टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। जहाँ ६८ वटा खेलहरू सम्पन्न भइसकेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App