२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने तनहुँका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकाका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

भारतीले एसएलसी तहको नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा सामाजिक परिचालक, सरसफाइ सुपरीवेक्षक र उत्प्रेरक संयोजक जस्ता पदमा जागिर खाएका थिए।

उनले प्रथम श्रेणीमा उत्तीर्ण भएको भन्दै झुटा शैक्षिक प्रमाणपत्र बुझाएर राष्ट्रसेवकको ओहदा, हैसियत र सरकारी सेवा–सुविधा लिएका थिए।

गैरकानुनी लाभ लिने उद्देश्यले नक्कली प्रमाणपत्र पेस गरी काम गरिरहेको पुष्टि भएपछि उनीमाथि कानुनी कारबाही अघि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

भारतीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App