२३ पुस २०८१ मंगलबार
image/svg+xml
अन्य

आज देशका अधिकांश भूभागमा बदली, वर्षा र हिमपातको सम्भावना

फाइल तस्विर

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका धेरै ठाउँमा बदली रहेको छ।  

हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ, जसकारण तराईका केही स्थानहरूमा हुस्सु लागेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा हुन सक्छ।  

त्यस्तै, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ, जसले दैनिक जीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।  

बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको अपेक्षा गरिएको छ भने सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्छ। 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सोमबार र मंगलबार बढी रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २२ पुस २०८१ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App