३ पुस २०८१ बुधबार
image/svg+xml
अन्य

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

घोराहीस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआर्जन गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमेत  पठाउने गरेका छन्।  

घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत पाँचदेखि आठ सय रुपैयाँ र मुढा बनाएर मासिक चारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन्।

घरेलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरूलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन्। घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ। साथै उक्त  कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ।  

“उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भने। हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ। एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन्। रासस

प्रकाशित: ३० मंसिर २०८१ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App