coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सीमाकंन हेरफेरको बिरोधमा प्युठान बन्द, बिरोध प्रदर्शन

प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा प्युठानमा बिरोध र्याली

प्यूठान–पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्युठानबासी आन्दोलित भएका छन्।
हालको पाँच नम्बर  प्रदेशबाट पहाडी जिल्ला प्रदेश नम्बर  ४  र ६ मा गाभ्ने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको निर्णय बिरुद्ध जिल्ला बन्दको आह्वान गरिएको छ। बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा र सरकारको संशोधन विधेयक बिरुद्ध प्रदर्शन भइरहेको छ।

सार्वजनिक यातायात पूर्ण रुपमा बन्द छन्। विद्यालय शैक्षिक संस्था समेत बन्द गरिएको छ । ब्यवसायीले स्वतस्फुर्त पसल बन्द गरी सरकारको बिरोधमा बन्दको समर्थन गरेका छन्। यसअघि  जिल्लालाई ६ नम्बर प्रदेशमा  गाभ्ने भनेपछि प्युठानमा पछिल्लो एक हप्तादेखि आन्दोलन हुँदै आएको थियो ।

पहाडी जिल्ला छुट्टयाउने प्रस्तावित विधेयकको बिरुद्ध बिभिन्न बिरोध प्रदर्शन भइरहेका छन् । सरकारबाट प्रस्तावित विधेयकमा प्युठानलाई पाँच नम्बर  प्रदेशबाट टुक्राउन खोजिएकोमा संयुक्त रुपमा दलहरु आन्दोलित भएका हुन् । दलहरुले आफ्ना सबै भातृ संगठनहरुलाई समेत चरणबद्ध आन्दोलनमा लाग्न हौसाएका छन् ।

प्युठान जिल्लामा क्रियाशिल राजनैतिक दल तथा सर्वपक्षीय निर्णय अनुसार प्युठान जिल्लालाई पूर्व घोषित संघीय प्रदेशको ढाचा अनुसार यस जिल्लालाई साविककै ५ नम्वर प्रदेशमा रहने व्यवस्था मिलाउन जिल्लावासीको माग छ । सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशको सीमा हेरफेर गर्नै नहुने भन्दै जिल्लाबाट सर्वदलीय तथा सर्वपक्षीय रुपमा बिरोध भएको छ।

सत्तापक्ष रहेका राजनीतिक दल र सत्ता विपक्षमा रहेको दलहरुले संयुक्त रुपमा संघर्ष समिति बनाई बिरोध गरेका हुन् । मधेसी दललाई फकाउन सरकारले पहाडी जिल्लालाई छुट्टयाएर प्रदेशको सीमा फेरबदल गरे प्यूठानी जनताले सहेर नबस्ने चेतावनी दिएका छन् । पूर्व घोषित ५ नं प्रदेशबाट प्यूठान र रोल्पालाई छुट्याउने निर्णय भएपछि रोल्पा र प्युठानको संयुक्त रुपमा संघर्ण समिति समेत बनेको छ ।
 

प्रकाशित: १५ मंसिर २०७३ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App