२८ चैत्र २०८१ बिहीबार
image/svg+xml २०:३४ अपराह्न
समाज

यस्तो छ आजको मौसम

फाइल तस्बिर

निरन्तरको हुस्सुले काठमाडौँ उपत्यकाभित्र वायु प्रदूषणको स्तर बढेको छ। यसले सर्वसाधारणलाई हिँडडुल गर्न समेत गाह्रो बनाइरहेको छ। अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको हल्का प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली हुन्छ भने बाँकी ठाउँमा मौसम मुख्य रूपमा सफा रहन्छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली हुन्छ भने बाँकी ठाउँमा मौसम मुख्य रूपमा सफा रहन्छ। रासस

प्रकाशित: २३ चैत्र २०८१ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App