७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

अस्पतालमा महिलाको शव अलपत्र

ताप्लेजुङ- जिल्ला अस्पतालमा दुई दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा रहेको छ। अन्दाजी ४० वर्षीया शेर्पा थरकी महिलाको जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएपछि हालसम्म आफन्त कोहीपनि नआउँदा सव अलपत्र परेको हो।


उपचारका क्रममा मृत्यु भएकी महिलाका कोहि आफन्त नआए पछि शव पोष्टमार्टम नगरी जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए।

पाँच दिन अघि जिल्लाको निघुरादिन गाविसको एक गाईगोठमा ति महिलालाई अस्वस्थ अवस्थामा स्थानीयले फेला पारेका थिए। स्थानीयले अस्वस्थ्य अवस्थामा फेला परेकी ति महिलालाई उद्धारका लागि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरीले उद्दार गरी जिल्ला अस्पताल ल्याएर उपचारका लागि भर्ना गरेको थियो। उनको उपचारकै क्रममा शनिवार मृत्यु भएको हो। प्रनाउ केसीका अनुसार ती महिलाले साँघु गाविस वडा नं. ४ मा आफ्नो घर भएको र नाम फूर्वा शेर्पा नाम बताएकी थिइन्। अहिले सोही अनुसार खोजी गर्दा साँघु ४ मा निजको र आफन्त फेला नपरेको प्रनाउ केसीले बताए।

प्रकाशित: १४ चैत्र २०७२ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App