७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

लागु औषधसहित तीन पक्राउ

धरान-ठूलो परिणाममा लागुऔषधसहित कारोबारमा संलग्न तीन युवालाई धरान प्रहरीले पक्राउ गरेको छ। धरान २७ स्थित पटनालीका स्थानीयबासीको सूचना एवं सहयोगको आधारमा प्रहरीले सुनसरीको बराहक्षेत्र ५ का ३१ बर्षीय भरत कुमार राई, कृष्णकुमार मगर, भरौल ३ का १७ बर्षीय माधव राजधामीलाई पक्राउ गरेको हो।आइतबार राती स्थानीयबासीले दिएको सूचनाको आधारमा रातभरी खोजी गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालयका डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरुबाट अवैध लागुऔषध स्पास्मो प्रोक्सिभन २४ पत्ता(५७६ क्याप्सुल), १०० एमएलको कोरेक्स ९८ वोतल पनि वरामद भएको छ । यस्तै, को २० प ४३९७ नम्बरको स्कुटी एक थान र को ८ प ६५३४ नम्बरको अपाची मोटरसाइकल पनि वरामद भएको छ । यसैगरि, भरतको साथबाट नगद ५ हजार ४ सय १० रुपैया, कृष्णको साथबाट ५१ ह्जार ४ सय ८० र सुन जस्तो देखिने औठी एक थान पनि वरामद भएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी सिजापतिका अनुसार विगतमा धरान चतरा सडकखण्डको पटनाली क्षेत्रको जंगलमा चोरी र लुटपाट हुने गरेको गुनासोको आधारमा सुरक्षा निगरानी बढाइएको थियो । स्थानीयबासी नियमित गस्ती गर्ने गरेको र सादा पोशाकमा पनि प्रहरी परिचालन भएकोले लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

यसैगरि, गत माघ १९ गते इटहरीका सुरेश चौधरी पञ्चकन्या मन्दिर घुम्न आएको बेला धम्की दिई नियन्त्रणमा लिएर नगद ७ हजार लुटेको घटनामा संलग्न धरान १४ का नविन बिक र मिलन राईलाई पनि पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी सिजापतिले जानकारी दिए। साथै, गत मंसिर ८ गते धरान ८ का ८० बर्षीय मनबहादुर लिम्बुलाई छुरी हानि घाइते बनाएर नगद ७ हजा लुटेर फरार धरान १५ का २० बर्षीय उमेश राजधामीलाई पनि पक्राउ गरेर ज्यान मार्ने उद्योग र चोरी मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७२ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App