'घरबाटै हिंसा अन्त्य गर्ने अभियान चलिरहेका बेला एकाघरमा भएको यो घटनाका पीडकलाई उन्मुुक्ति दिन सकिन्न', पीडित महिलाले आफुूमाथि भएको हिंसाका पीडकलाई कारवाहीको माग गर्दै दिएको जाहेरी स्वीकार्दै कोईरालाले भने।
घटना लुकाएर राख्न पीडकबाट पटक पटक दवाव आए पनि श्रीमान्को सहयोगमा जाहेरी दिएको उनले सुनाइन्। 'मैले यो घटना लुकाउँदा तिनले अझ बढी यस्ता कुकर्म गर्ने मौका पाउँछन्'जाहेरी दिएकी पीडित महिलाले भनिन्'घरकै विश्वास हुुन छाड्यो भने अन्तकालाई कसरी बिश्वास गर्ने ?'
कामका लागि श्रीमान् विदेश गएको मौका पारेर आफूमाथि जबर्जस्ती बलात्कार भएको उनले सुनाइन्। घटना सुनाएपछि श्रीमान् विदेशबाट काम छोडेर आएको उनले बताइन्।
श्रीमतीसँगै उजुरी दिन आएका पीडितका श्रीमान्ले घरमै भएको यस्तो हिंसालाई नारकीय भनेर टिप्पणी गरे।
'यो सोच्न सकिने घटना होइन। पीडिकमाथि कडाकडा भन्दा कारवाही होस्', उनले सुनाए।
पीडित महिलाका अनुसार घाँस काट्न जंगल गएको मौका छोपेर ६० बर्षे जेठाजु मानबहादुर बस्नेत र पीडितकै आमाजु दाजु ४५ बर्षे जर्नादन थापाले जबरजस्ती गरेका थिए।'कसैलाई भनिस् भने मारिदिन्छु भन्दै खुुकुरी देखाएर जंगलमा मलाई यस्तो व्यहार गरे'उनले भनिन्, 'मैले घटना भएको केही समयमै श्रीमान्लाई फोन गरेपछि उहाँ बिदेश छाडेर आउनु भयो।'
यसैबीच प्रहरीले चार बर्षअघि जबरजस्ती करणी घटनाकाको जाहेरी पछि फरार रहेका ताप्लेजुङको साब्लाखुका हाङपाङ ईदिङगो लिम्बूलाई पनि पक्राउ गरेको जनाएको छ ।
प्रकाशित: ११ मंसिर २०७२ ०२:२२ शुक्रबार




