१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

सल्यानमा बस लुट्ने एक लुटेरा एकलाख सहित पक्राउ

दाङ–सल्यानमा बसका यात्रु लुट्ने मध्यका एकजनालाई प्रहरीले एकलाख बढी रकमसहित पक्राउ गरेको छ। प्रहरीले लुटेरा समुहका जाजरकोटका सविन रानालाई लुटिएको एकलाख १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।खोजतलासका क्रममा शुक्रबारदेखि जंगलमा खटिएको प्रहरीले उनलाई सल्यान सुईकोटको 'थाला'भन्ने जंगलबाट नियन्त्रणमा लिएको हो । 'लुटेको रकम बाँडफाँड गरेर जंगलमै लुकेर बसेका रहेछन्,' एक लुटेरा नियन्त्रणमा लिएका असई बिरवहादुर भण्डारीले भने 'उनीहरु मध्यको एकजनालाई एकलाख १० हजारसहित नियन्त्रणा लियौँ।' प्रहरीले पक्राउ गरेका रानाले त्यो समुहमा ८ जना रहेको र ४ जनालाई आँफूले चिनेको प्रहरी समक्ष बयान दिएका छन्।

खोजतलासका क्रममा खटिएका प्रहरी र लुटेरा समुहबीचसोही जंगलमा गोलीहानाहान समेत भएको थियो। लुटेरा समुहले प्रहरी देख्दा वित्तिकै गोली चलाएको र प्रहरीले त्यसपछि जवाफी फायरिङ गरेको थियो। प्रहरीले चलाएको गोली लागि एकजना घाइते भएको भण्डारीले वताए। तर ति घाइते भने फरार छन्। शुक्रवार नेपालगन्जबाट रुकुमको चौरजहारी जाँदै गरेका तीन वटा बसमा ८ जनाको नकावधारि समुहले लुटपाट गरेको थियो। अन्य फरार लुटेराहरुको खोजी गर्न प्रहरीले अहिले सल्यानका सवै नाकामा बाक्लो प्रहरी परिचालन गरेको छ ।

प्रकाशित: २२ आश्विन २०७२ २०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App