२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
विचार

सबथोक बदल्दै कृत्रिम बौद्धिकता

कृत्रिम बौद्धिकता अर्थात एआईको तीव्र विकासले कामको पारम्परिक बुझाइलाई मात्र फरक बनाएको छैन, बरु यसले मानव पहिचानको अन्तर्वस्तुलाई समेत फेरबदल गरेको छ। यसअघिका प्राविधिक विकासले मानिसको आनीबानी र अनुहार परिवर्तन गरेकामा एआईले व्यक्तिको खास सामाजिक तथा राजनीतिक मान्यता तथा राज्यको प्रकृति र भूमिकालाई समेत पुनर्परिभाषित गरेको छ।  

१९औँ शताब्दीमा भएको औद्योगिक क्रान्तिअघि ऊर्जा स्रोतको आधार मानिस र पशुको शक्ति थियो। औद्योगिक क्रान्तिका कारण कार्बन बालेर निस्कने यान्त्रिक शक्तिले मानव तथा पशु शक्तिमा आधारित ऊर्जालाई प्रतिस्थापन गरेर प्रकृतिको रूपान्तरण, औद्योगिक तथा उपभोग्य सरसामानका उत्पादनलाई सहज पारेको थियो। बीसौँ शताब्दीसम्म आइपुग्दा परिपक्व भएको औद्योगिक क्रान्तिका कारण कडा शारीरिक परिश्रम गर्नुपर्ने बाध्यता केही खास पेसामा मात्र सीमित रहन पुगेको छ।  

औद्योगिक क्रान्तिअघि जस्तै भवनका छतमा काम गर्ने कामदारहरू अहिले पनि कठिन र असहज हिसाबमा काम गर्न बाध्य छन्। औद्योगिक क्रान्तिअघिको असहज कार्यको प्रतिविम्ब र उदाहरण यी कामदारले जोगाइरहेका छन्। बीसौँ शताब्दीका अटोमोबाइल्स उद्योगका कामदारहरू औजारसहित आफ्नो शरीरलाई ढाल्ने गर्थे, भारी सामान उठाउँथे र यी प्रयोजनमा ठूलो ऊर्जा प्रयोग गर्थे। तर बीसौँ शताब्दीको सुरुसँगै यिनै कामदारले रोबोटले गर्ने ठूला भौतिक कार्यहरू अनुगमन र रेकर्ड राख्न थालेका थिए। यसरी पसिना निस्कने उद्योग हराउँदै गएपछि, कामदारहरू कमजोर बनेका हुन तर कमजोर बने पनि उनीहरू स्वस्थ्य भने हुन थाले। तर अहिले परिस्थिति बदलिएको छ। शारीरिक सुसंगठन कायम गर्न चाहनेहरू जिम जाने गर्छन्। सूचना प्रविधिमा भएको क्रान्तिले मानव विकासमा अर्काे फड्को मारेको थियो। संज्ञानात्मक कार्यहरूमा मेसिनले काम गर्न थालेछि कम्प्युटरले रोबोटले गर्ने भौतिक कार्यको अनुमगन गर्न थालेको छ। पसलका हिसाबकिताबदेखि दिमागले सम्पादन गर्ने गणितीय जटिल कार्यहरू मानिसले गर्नु नपर्ने भएपछि मानिस क्रसबोर्ड पजल, सुडोको र बोर्डलमा अत्यधिक समय बिताउन थालेका छन्।  

जसरी औद्योगिक क्रान्तिले कामकाजीको आवश्यकतालाई खुम्च्याएको थियो त्यसरी नै एआईले सैनिक क्षेत्रमा मानिसलाई सन्दर्भबिहीन बनाएको छ।  

हाल भैरहेको प्रविधिगत क्रान्तिले झन गहिरो अर्थ राख्छ किनभने यसले सामूहिक गतिविधिप्रतिको हाम्रो अवधारणालाई प्रभावित पारेको छ। सैनिकी क्षेत्रमा यो प्रष्टरूपमा देख्न सकिन्छ भने यसले राजनीतिक सहभागिता र कानुनी अधिकारप्रतिको बुझाइलाई समेत प्रभावित गरेको छ। बीसौँ शताब्दीका युद्धहरू मानव इतिहासमै सबै भन्दा विध्वंसक रहेकाले विश्वलाई प्रजातान्त्रिकीकरण गर्नुपर्ने आवश्यकताले नयाँ गति पाएको थियो। युद्धमा बलिदान दिएका सिपाही र उनीहरूका परिवारजनलाई पुरस्कार दिनुपर्ने भएकाले दुवै विश्व युद्धले यो वर्गलाई विशेष सुविधा र अधिकार दिएको थियो। शास्त्रीय राजनीतिक उदारवादले आफ्ना प्रत्यक्ष सरोकार नभएको विषयमा मानिसले बलिदान गर्न आवश्यक हुँदैन भन्ने मान्यता राख्छ। तर प्रविधिले मानिसलाई छोटो बाटो अवलम्बन गर्न सक्ने बनाएको छ।  

यसैगरी विश्वभरका सहरियाहरू मानवीय मामलाका क्रूर पक्षसँग सहभागी हुन इच्छुक देखिँदैनन्। उदाहरणका लागि युक्रेन युद्धमा मर्सिनरी समूह, सहर वरपरको जनसंख्या तथा कैदीलाई रुसी राष्ट्रपति पुटिनले प्रयोग गरेका छन्। मस्को र सेन्ट पिट्र्सवर्गका जनसंख्या शारीरिकरूपमा कमजोर र मानसिकरूपमा यस प्रकारको युद्धका लागि उपयुक्त नहुने पुटिनलाई जानकारी भएकाले उनले यसो गरेका हुन्।  

त्यसो त, यो नयाँ समस्या भने होइन। पहिलो विश्वयुद्धअघि युरोपियन राष्ट्रका सैनिक कमान्डरले पनि आधुनिक औद्योगिक जीवनका कारण सैन्य सेवाका लागि अनुपयुक्त व्यक्तिहरूलाई भर्ना गरिएको र ठूलो सैनिक कारबाहीका लागि उनीहरू उपयुक्त नहुने ठान्थे। अहिलेका सैनिक योजनाकरहरू पनि त्यही अवधारणालाई सही ठान्छन्। सन् २०१७ मा पेन्टागनले गरेको एक अध्ययनअनुसार १७ देखि २४ वर्षका ७१ प्रतिशत युवा अमेरिकी सैनिक सेवाका लागि अयोग्य रहेको देखाएको थियो। हाल त्यो प्रतिशत ७७ मा उक्लेको छ।

अब बचे-खुचेका सामाजिक समूहको भविष्य के हुने भन्ने चिन्ता थपिएको छ। मेसिन बेलाटोर्स बनेका छन् र मानव हुनुको अर्थलाई प्रष्ट्याउँदै आएका ओरोटोर्सको भूमिका अहं बनेको छ। 

तर यसअघिको पिढीले कल्पनासमेत नगरेको प्रविधि अहिलेको सैनिकसँग छ। अहिले लडाइँमा मानवरहित ड्रोनको प्रयोग व्यापक हुने गरेको छ। युद्धको स्वचालितकरणको राजनीतिक प्रभावलाई बुझ्न आधुनिक युगमा समाज कसरी परिवर्तन भैरहेको छ भन्ने बुझ्न आवश्यक छ। मध्ययुगीन समाजमा मानिसलाई पादरी (ओरोटोर्स), लड्न सक्ने कुलिन (वेलाटोर्स) र कामकाजी (लेबोराटोर्स) भनेर ३ अंगमा बाँडिएको थियो।  

लड्न सक्ने क्षमता राख्ने भएकाले कुलीनहरू राजनीतिक शक्ति प्रयोग गर्दै आएका थिए। तर यो वर्गले लड्न छाडेपछि कोर्ट र कचहरीमा राजनीतिक शक्ति हस्तान्तरण भएको थियो र उनीहरूको सत्तामा वैधता हराएको थियो। फ्रान्सेली क्रान्तिपछि ठूलो संख्यामा सैनिक भर्ना सुरु भएपछि राजनीति र युद्ध दुवै प्रजातन्त्रीकरणको दिशामा उन्मुख भएका थिए। अहिले युद्धहरू प्रविधिका आधारमा लड्न थालेपछि शक्ति पुनः मानिसबाट टाढिएको छ।  

अब, बचे÷खुचेका सामाजिक समूहको भविष्य के हुने भन्ने चिन्ता थपिएको छ। जसरी औद्योगिक क्रान्तिले कामकाजी (लेबोराटोर्स) को आवश्यकतालाई खुम्च्याएको थियो त्यसरी नै एआईले सैनिक क्षेत्रमा मानिसलाई सन्दर्भबिहीन बनाएको छ। मेसिन बेलाटोर्स बनेका छन् र मानव हुनुको अर्थलाई प्रष्ट्याउँदै आएका ओरोटोर्सको भूमिका अहं बनेको छ।  

तर के ओरोटोर्स पनि प्रविधिको अगाडि सन्दर्भबिहीन बन्लान् ? यही संभावना र आकलनको सन्दर्भमा कपितयले एआईको विकासलाई ‘बिराम’ लगाउन माग गरेका छन्। तर केहीले चाहँदैमा कहिल्यै पनि प्रविधिको विकास रोकिएको छैन।  

(प्रोजेक्ट सिण्डिकेः लेखक प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक हुन। )

प्रकाशित: १६ श्रावण २०८० ००:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App