डिप्रेसन अहिलेको सबैभन्दा ठूलो मानसिक समस्या हो। यो मानसिक समस्याबाट विश्वका लगभग ३० करोड मानिस पीडित छन् भने वार्षिक १३२ खर्ब रूपैयाँभन्दा बढी रकम डिप्रेसन उपचारका नाममा खर्च भैरहेको छ। तर डिप्रेसन भने दिन/प्रतिदिन झनै व्यापक र आक्रामक हुँदै गएको छ। त्यति मात्र होइन, डिप्रेसनको उपचारका लागि प्रयोग गरिने एन्टिडिप्रेसेन्ट औषधिहरूले मानव शरीरमा अनेकौँ प्रतिप्रभाव र दुष्प्रभाव देखाएका छन्। यसरी नै एन्टिडिप्रेसेन्ट औषधिहरू व्यापाकरूपमा प्रयोग गर्दै जाने हो भने मानव स्वास्थ्यमा गम्भीर नोक्सानी हुने निश्चित छ।
डिप्रेसनको सम्बन्धमा ठूलो भ्रम छ र यस्तो भ्रम छर्ने काम ठूलो औषधि कम्पनीहरूले गरिरहेको कतिपय स्वास्थ्य विशेषज्ञहरूको दावी छ। वास्तवमा मनोचिकित्साले भनेझैँ डिप्रेसन एक जटिल मानसिक रोग होइन, यो त भावना र समस्याबीचको सम्बन्धको उपज हो। तर हाम्रो समाजले तथा मनोचिकित्साले यस तथ्यलाई भ्रमित पारेको छ र भावनाको समस्यालाई मानसिक रोगको लेबल लगाइदिएको छ। त्यसैले हिजोआज संसारभरि डिप्रेसनको हाउगुजी बढ्दो छ। दिन/प्रतिदिन डिप्रेसनको खर्च रकेट गतिमा आकासिँदै गएको छ। आमनागरिकको रगत/पसिनाको यस पैसामा बिग फार्मा कम्पनी तथ मुठ्ठीभरका व्यक्तिहरूको रजाइँ छ, हिराकटाइ छ भने डिप्रेसनका रोगीको लेबल पाएका व्यक्तिहरूको समस्या भने जस्ताको तस्तै छ, अधिकांश केसहरू झनै बढेर गएको छ। एन्टिडिप्रेसेन्ट सेवन गर्ने युवाहरूमा आत्महत्याको दर निकै बढेकाले अमेरिकाको एफडीएले एन्टिडिप्रेसेन्ट औषधिहरूमा ब्लैक बक्स वार्निङ राख्नुपर्ने वैधानिक प्रावधान लागु गरेको छ। चुरोटको बट्टामा चुरोट सवेन गर्नु स्वास्थ्यका लागि हानिकारक छ लेख्न लगाएजस्तै।
डिप्रेसनको कुरा गर्दा एक पटक यसरी विचार गरौँ त। जब कुनै मानिसको हात भाँचिन्छ। अस्पतालको अकास्मिक कक्षमा पुगेपछि चिकित्सकसँग उसले पक्कै यसो भन्दैन, मलाई आर्म डिसअर्डरको दर्द भएको छ। हात भाँच्चिदा हुने दुःखाइ समस्याको संकेत हो, लक्षण हो। दुःखाइ रोग होइन। कुनै व्यक्ति जाकेट वा सुइटर नलाइकन धेरैबेर बाहिर चिसो हावामा घुम्छ, अनि उसलाई चिसो लाग्छ, तर उसले यसो पक्कै भन्दैन, मलाई कोल्डनेस डिसअर्डरले समायो।
कुनै व्यक्तिले अबेरसम्म केही खाएको छैन र उसलाई भोकले निकै सताएको छ। यसको मतलब ऊ हंगर डिसअर्डरबाट पीडित हो र? पक्कै होइन। कुनै व्यक्तिले दिनभरि खेतमा काम गर्छ, उसलाई निकै थकाइ लाग्छ, उसको थकाइ पक्कै पनि फटिग डिसअर्डर होइन। वास्तवमा यस्तो दुःखाइ, चिसोपना, भोक तथा थकाइ शरीरको आधारभूत आवश्यकता पूरा नभएको संकेत हो, रोग होइन। ठीक यसैगरी मानिसको मनमा उठ्ने चिन्ता, शोक तथा खिन्नता जस्ता भावनाहरू पनि समस्या होइनन्, रोगहरू होइनन्, सिर्फ संकेत हुन्।
अतः डिप्रेसन तथा चिन्ता, अधिकांश केसमा, मनोसामाजिक सम्बन्ध ठीक नहँुदा मानसिक स्वास्थ्य ठीक नभएको एक संकेत मात्र हो। त्यसैले जब चिन्ता तथा डिप्रेसन आदिको कुरा आउँछ, तब मानिसको आपसी सम्बन्ध महत्वपूर्ण हुन्छ। त्यो किनभने मानिसको जीवनमा परिवार, साथीसंगी, प्रेमी÷प्रेमिका, समूह, पेसा तथा समाजिक पहिचानले ठूलो भमिका निभाउने गर्छ। आपसी सम्बन्धलाई नजरअन्दाज गरेर, औषधिबाट मानिस कुनै हालतमा पनि सामान्य हुन सक्दैन।
तसर्थ डिप्रेसन जस्ता मानसिक समस्या समाधानका लागि मनोवैज्ञानिक उपचारका साथै योग, ध्यान, प्राकृतिक जीवनशैलीलाई जोड दिनुपर्छ र लक्षणहरू कम गर्न प्रतिप्रभाव नगर्ने जडीबुटी प्रयोगमा ल्याउनु उत्तम हुन्छ। कतिपय जडीबुटीले मानसिक समस्याहरूमा साइड इफेक्टबिना एन्टिडिप्रेसेन्ट जस्ता साइक्याएट्रिक मेडिसिनले भन्दा पनि प्रभावकारी असर देखाउन कुरा अनेक अध्ययनहरूले देखाएको छ। एक यस्तै जडीबुटी हो, केशर।
केशर संसारकै एक महँगो मसला हो। यसको वैज्ञानिक नाम क्रोकस सटाइवस हो। यसको रंग, वास्ना र गुणले गर्दा यसको महत्व बढेको हो। यस गुणकारी मसलाको अनेक स्वास्थ्य फाइदाहरू छन्। वैज्ञानिक शोधका अनुसार केशर पाइने क्रोकेटिन तथा कोलोरेक्टलले क्यान्सर कोषहरूको वृद्धिलाई नियन्त्रण गर्दछ। केशर प्रोस्टेट क्यान्सर तथा स्किन क्यान्सरका लागि निकै उपयोगी छ। पेटका रोग, नेत्रज्योतिको कमी, अनिद्रा, वाथरोग तथा मस्तिष्कसम्बन्धी समस्याहरूमा केशर निकै उपयोगी मानिन्छ। प्रतिदिन ३० मिलिग्राम केशर सेवन गर्ने हो भने अल्जमाइर रोगमा फाइदा गर्छ।
केशरमा प्रशस्त एन्टिडिप्रेसेन्ट गुण हुन्छ। यसको सेवनले सेरोटोनिन, नोरपेनेफ्रिन तथा डोपामाइन जस्ता न्युरोट्रान्समिटरहरूलाई सन्तुलित अवस्थामा राख्ने कार्य गर्दछ। सेरोटोनिन, नोरपेनेफ्रिन तथा डोपामाइन जस्ता न्युरोट्रान्समिटरहरूले मनस्थिति ठीक राख्ने कार्य गर्दैन। डिप्रेस्ड व्यक्ति यी केमिकलहरूको मात्रा कम भएको मानिन्छ। त्यसैले प्राकृतिक तरिकाले ती केमिकलहरू पूर्ति गर्न समाथ्र्य राख्ने केशर डिप्रेसनको शक्तिशाली औषधि हो। कतिपय अध्ययनहरूले त केशर सँुघेर मात्र पनि डिप्रेसन तथा एन्जाइटीमा आराम हुने जनाएका छन्।
मानसिक स्वास्थ्यमा केशरको प्रभावका बारे अनेक अध्ययन भएका छन्। ती अध्ययनले केशर एन्टिडिप्रेसेन्सभन्दा पनि बढी प्रभावकारी भएको जनाएको छ, जुन अध्ययन २०१५ को जर्नल अफ फिटोमेडिसिनमा प्रकाशित स्याफ्रोन इज वन्डर ड्रग फर डिप्रेसन एन्ड स्ट्रेसमा प्रकाशित छ। यस अध्ययनमा केशर एन्टिकन्भल्सेन्ट इफेक्ट्स (ऐंठन विरोधी प्रभाव), एन्टिअल्जिमाइर तथा एन्टिपार्किन्सन प्रभाव, स्नायु चोट र एपोप्टोसिस कम गर्ने, स्नायु सुजन कम गर्ने तथा मस्तिष्क रसायनहरू, जस्तै-सेरोटोनिन वृद्धि गर्ने गुणयुक्त भएको उल्लेख छ।
केशर र प्रमुख डिप्रेसन डिसअर्डरको सम्बन्धमा गरिएको एक अर्को क्लिनिकल ट्रायलले केशरले वयस्क मानिसमा प्रमुख डिप्रेसन डिसअर्डरको लक्षणहरूमा सुधार ल्याएको देखायो। त्यस्तै अन्य थुप्रै अध्ययनले समेत केशरले बिनाप्रतिप्रभाव एन्जाइटी तथा डिप्रेसनमा प्रमावकारी असर देखाउने उल्लेख गरेका छन्। केशरका अन्य थुप्रै स्वास्थ्य फाइदा पनि छन्। केशर गर्म प्रकृतिको हर्व भएकाले मौसमलाई ध्यानमा राखेर यसको उचित प्रयोग गर्ने हो भने कुनै साइड इफेक्ट छैन। केशरको साइड इफेक्ट भनेको एन्टिडिप्रेसेन्सको सेवनबाट यौन दौर्वल्यको शिकार भएका महिला पुरुषहरूमा यौन शक्ति बढाउनु हो। यो त सुनमा सुगन्ध छरे जस्तो भयो नि त। होइन र?
डिप्रेसन लगायतका समस्यामा केशर सेवन गर्ने तरिका निकै सरल छ। एक गिलास तातो पानीमा शुद्ध केशरका ७ वटा जति रेसाहरू हाल्ने र २ मिनेट जति छोपेर राख्ने। केशरको रंग पानीमा मिल्छ। पानी हल्का पहेंलो हुन्छ। अनि त्यो पानी बिस्तारै बिस्तारै चुस्की लिँदै पिउने। केशरलाई बिहान वा राति सेवन गर्न सकिए तापनि डिप्रेसनको उपचारको हकमा राति खाना खाएको एक घण्टापछि र सुत्नु भन्दा एक घण्टा पहिला सेवन गर्न निकै लाभदायक हुन्छ। केशर लगातार ३ महिना सेवन गरेपछि एक महिनाको ग्याप गरेर पुनः सेवन गर्न सकिन्छ। केशर गर्म प्रकृतिको भएकाले गर्मीयाममा यसको सेवन गर्दा मात्रा कम गर्नुपर्छ। डिप्रेसनको औषधि सेवन गरिरहेका व्यक्तिले केशर सेवन गर्नेबित्तिकै खाइरहेको औषधि छोड्नु हुँदैन, मनोचिकित्सकको सल्लाहबमोजिम कम गर्दै लानुपर्छ।
अन्तमा केशर डिप्रेसनको शक्तिशाली प्राकृतिक विकल्प हो। साइकोथेरापीका साथमा केशरलाई औषधिका रूपमा प्रयोग गर्ने भने डिप्रेसनमा चामत्कारिक फाइदा हुन्छ। यस तथ्यलाई अनेक वैज्ञानिक अध्ययनहरूले समेत पुष्टि गरेको छ। त्यसैले डिप्रेसनको उपचारका लागि यसतर्फ विश्वको ध्यान जान आवश्यक छ। मानिस प्रकृतिको एक अंग भएकाले नै उपचार पनि प्राकृतिक तरिकाले हुनुपर्छ।
(साइकोथेरापिस्ट)
प्रकाशित: १० पुस २०७९ २३:३३ आइतबार