८ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

अत्तरखेलमा लुटेरा समाउन प्रहरीले गोली चलायो, एक घाइते

काठमाडौं- काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा लुटेरा पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। शुक्रबार दिउँसो करिब ३ बजे अत्तरखेलमा लुटेरा छिरिङ तामाङलाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशखाको टोलीले गोली प्रहर गरी पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशखाका एसएसपी सहकुल थापका अनुसार तामाङको खुट्टामा एक गोली लागेको छ। प्रहरीले तीन राउण्ड गोली चलाएको जनाएको । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ।

केहि दिनअघि कपनमा सुन पसल लुटपाटको उनको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई समेत पक्राउ गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App