उदाउँदाे चीन - १२

अमेरिकाले जब चीनविरुद्ध कठोर बन्ने निर्णय गर्‍यो...

शनिबार, २३ चैत २०७५, १५ : २९ नागरिक

मार्क ल्यान्डर 

अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको प्रमुख रणनीतिक सल्लाहकारको पदबाट सन् २०१७ अगष्ट अन्तिम साता जब स्टेफन के बेननलाई मुक्त गरियो तब उनी कनेक्टिकट (बेलायतबाट अमेरिका बनेको पहिलो १३ अमेरिकी राज्यमध्येको एक) राज्यमा बस्दै आएका हेनेरी किजिन्जरसँग चीनको विषयमा कुरा गर्न गए। 

किसिन्जर चीनको विषयमा बुझेका पुराना अमेरिकी रणनीतिकार मानिन्छन्। यो भ्रमण साच्चिकै धार्मिक जस्तो थियो। भूराजनीतिकका विषयका एक जानकारसँग अर्का जनकारको यो सक्षात्कार निकै रोचक थियो। यो यस्तो अवस्था थियो, जहाँ अमेरिका र चीन सम्बन्ध निकै नाजुक अवस्थामा पुगेको अनुमान लगाउन सकिन्थ्यो। जब यी दुई मानिसबीच वार्तालाप सुरु भयो, अवस्था यस्तो थियो कि, उनीहरु घण्टौं बितेको पत्तै पाउँदैन थिए। वार्तालापमा भाग लिन भएका उनी वार्ताको क्रममा एकर्काको आखाँमा पनि हेर्दैन थिए।

ह्वाइट हाउसदेखि कक्षाकोठा, प्राज्ञिक क्षेत्रदेखि सञ्चारमाध्यमसम्म चीनप्रतिको अमेरिकी धारणामा व्यापक परिर्वतन आएको छ।

उनी मेरो विचारसँग शतप्रतिशत सहमत भए, बेनन आफूहरुबीच भएको वार्ता सम्झन्छन्, तर, उनी मेरो निकर्षसँग सहमत भएनन्, किनकि त्यो अलिक आक्रामक थियो।

भेटमा किसिन्जरले आफूसँग भेट गर्न आउने आगन्तुकलाई उनले अमेरिका र चीनले ‘यी देशहरुसँग एक हदसम्म सहकार्यको न्यूनतम प्रयास गर्नुपर्छ, जुन देशलाई सामान्य अवस्थामा दुश्मन देशको रुपमा बुझिन्छ,’ भनेका थिए।अमेरिका र चीनबीचको सम्बन्ध पुनःस्थापित भएकोे पछिल्लो ४ दशकमा किसिन्जर र बेनन पुस्तकको पहिलो र अन्तिम भाग जस्तै भएका छन्।

सन् १९७१ को आफ्नो खुफिया बेइजिङ भ्रमणबाट किसिन्जरले बन्द रहेको चीनसँग अमेरिकाको सहकार्यको युग सुरु गरे। तत्कालीन समयमा अमेरिकी सुरक्षाको लागि चीनसँग व्यापार, लगानीलगायत क्षेत्रमा सहकार्य गर्नु आवश्यक ठानिएको थियो। व्यापार र लगानी क्षेत्रमा अमेरिका र चीनबीचको सहकार्यले चीनलाई पनि अमेरिका जस्तै बनाउने विश्वास पनि गरिएको थियो। अब लाग्छ त्यो युगको अन्त्य भयो जुन युगले सम्बन्धलाई सामान्यीकरण गर्नेभन्दा पनि तिक्ततापूर्ण बनाएको छ। बेननले प्रवद्र्धन गरेको अमेरिका र चीनबीचको व्यापार युद्धमा उनी अमेरिकाले चीनमाथि हस्तक्षेप गर्नुपर्ने विचार राख्छन्, र यसो गर्न अमेरिका सक्षम भएको मान्छन्। 

ह्वाइट हाउसदेखि कक्षाकोठा, प्राज्ञिक क्षेत्रदेखि सञ्चारमाध्यमसम्म चीनप्रतिको अमेरिकी धारणामा व्यापक परिर्वतन आएको छ। जुन किसिन्जरको ऐतिहासिक चीन भ्रमणपछिको अवधिमा देखिँदैन थियो। यो बीचमा चीनले गरेको आर्थिक उन्नतिले अमेरिकाले ऊसँग असुरक्षित महसुस गर्‍यो, जसको विश्लेषण गर्दै केही पुस्तक पनि प्रकाशित भएको छ, जहाँ दुई शक्तिशाली देश ‘भाग्यमा युद्ध’ रहेको बताइन्छ।

अमेरिका र चीनबीच सन् १७८० को दशकबाट नै सम्बन्धमा उतारचढाव रहेको पाइन्छ। अमेरिकामा गाभिएको पहिलाको नयाँ बेलायत र चीनबीच युद्ध भएको थियो। युद्धपछि बेलायतले चीनमा किस्चियन मिसन पठाउन थाल्यो, भने चीनले सुदूरपश्चिमामा रेल मजदुर पठाउन थालेको इतिहास पाइन्छ।

दुवै राष्ट्रले विश्वयुद्ध सहयात्रीका रुपमा लडेका थिए भने शीतयुद्धमा एक अर्काको शत्रु राष्ट्रका रुपमा रहेका थिए। शीतयुद्धको शत्रुता धेरै समय कायम भने रहेन। तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनसँगको सम्बन्धलाई पुनः परिभाषित गर्दै सोभियत संघलाई एक्ल्याउने नीति अख्तियार जो गरे। तेन सियाओपिनले सन् १९८० को दशकमा लिएको आर्थिक उदारीकरणको नीति तेनम्यन स्क्वायरमा आएर अड्कियो। यस्तै १९९० को दशकमा बलग्रेडमा रहेको चिनियाँ दूतावासमा अमेरिकाले बम आक्रमण गरेपछि दुई देशले गरेको व्यापार सम्बन्धमा अवरोध उत्पन्न भयो।

कम्तीमा १ दशकसम्म अमेरिकाले चीनलाई कम्पनी बन्द गरेको र आफ्ना नागरिकलाई रोजगारविहीन बनाएको आरोप लगायो। पिऊ ग्लोबलले सन् २०१२ मा प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनअनुसार सर्वसाधारण अमेरिकी जनतामाझ चीनप्रतिको बुझाइ सकारात्मकबाट नकारात्मकतर्फ बढेको पाइन्छ, जुन बढ्दै गएको बताइन्छ। सन् २०१७ को ४४ प्रतिशतको तुलनामा हाल ३८ प्रतिशत अमेरिकीले मात्रै चीनलाई सकारात्मक दृष्टिकोणबाट हेर्छन्। यद्यपि पछिल्लो चार दशकको अवधिको मूल्यांल्कन गर्ने हो भने त्यसलाई नराम्रो बन्न मिल्दैन।

दुवै राष्ट्रले विश्वयुद्ध सहयात्रीका रुपमा लडेका थिए भने शीतयुद्धमा एक अर्काको शत्रु राष्ट्रका रुपमा रहेका थिए। शीतयुद्धको शत्रुता धेरै समय कायम भने रहेन। तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनसँगको सम्बन्धलाई पुनः परिभाषित गर्दै सोभियत संघलाई एक्ल्याउने नीति अख्तियार जो गरे।

सम्बन्धमा आएको यो चिसोपन भने फरक लाग्छ। एक यथास्थितिवादी दुर्जेय शक्तिलाई अर्को शक्तिले चुनौती दिँदा कसरी व्यवहार गर्नुपर्छ र कसरी व्यवहार गरियोस् भन्ने अपेक्षा गर्न सकिन्छ?

टम्प प्रशासन कडा रुपमा त प्रस्तुत भएको छ नै तर, आफ्नो रणनीति र लक्ष्य हासिल गर्न सपाट नीति पनि लिएको छ। उसको प्रयास भने बदनाम भएको पाइन्छ। व्यापार युद्धका कारण बेइजिङमात्रै होइन वाल स्ट्रिट पनि प्रभावित भएको छ। चीन नियन्त्रित विदेशी लगानी पनि यसबाट प्रभावित भएको छ। सर्वत्र प्रभाव पारेको व्यापार युद्धका माझ अमेरिकी चुनावमा चीनले पार्नेसक्ने प्रभावलाई गतिलो प्रमाणबिना आक्षेप लगाइएको छ।

ह्वाइट हाउसले वासिङ्टन बाहिर पनि यसले पार्न सक्ने प्रभावलाई चुनौती दिइरहेको छ। अमेरिकी व्यापारिक घरनाले चीनले आफ्नो प्रविधि चोरेको आरोप लगाउँछ। कलेजका प्राध्यपकहरु दुई देशबीचका क्चेन्ज विद्यार्थीमध्ये केही गुप्तचर भएको शंका गर्छन्। सैनिक अधिकारीहरु आफ्ना युद्ध विमानहरु प्रशान्त क्षेत्रतर्फ अघि बढेको देख्छन्।

चीनसँग व्यापार र सहकार्यमा सहयोग गरेका धेरै अमेरिकीहरुले चीनलाई विश्व अर्थतन्त्रको हित्सेदार बनाएपछि उनीहरु पनि समयक्रमसँगै पश्चिमा समाजतर्फ एकत्रित हुने अनुमान गरेका थिए। तर, यस विपरीत चीन सी चिनफिङको शक्तिशाली नेतृत्वमा अमेरिकी अपेक्षाको उल्टोतर्फ गइहेको छ। चीन राजनीतिक स्वतन्त्रता कम र राज्यनियन्त्रित अर्थतन्त्रतर्फ अघि बढेको छ। चीन यस्तो राज्यको रुपमा अघि बढेको छ जो आन्तरिक रुपमा नियन्त्रणकारी राज्यमा विकसित हुँदै छ भने बाहिर सम्राज्यवादतर्फ अघि बढेको छ। आफूलाई अमेरिकाको सिको गर्नेभन्दा आफैंलाई फरक हिसाबमा उसले प्रस्तुत गर्दै छ।

हामीलाई के विश्वास गराइयो भने केही सांस्कृतिक आदानप्रदान र केही प्रतिनिधिबीचको भ्रमणले चीन हामीजस्तै बन्छ, अमेरिका चीन अध्ययन केन्द्रका एसिया निर्देशक अरभिल एच सेल बताउँछन्। तर, चिनफिङले हाम्रो यो विश्वासमा पानी फेरे। उनी भन्छन्, ‘हामी त्यो बाटोमा जादैनौँ बरु हामी आफू हिँड्ने बाटो आफैं तय गछौँ।

अस्टे«लियाका पूर्वप्रधानमन्त्री एवं चीनलाई लामो समय अध्ययन गरेका केभिन रुढ भन्छन्, ‘चीनमा चिनफिङको नेतृत्वमा आएको आर्थिक र राजनीतिक परिर्वतन र अमेरिकामा ट्रम्प प्रशासनले ल्याएको परिर्वतनले दुवै देशबीचको आपसी सम्बन्ध आगामी दिनमा कसरी व्यवस्थित गर्ने भन्ने प्रश्न उब्जाएको छ। उनी भन्छन्, ‘यो अनिश्चितताको अवस्था हो र भविष्य योभन्दा अनिश्चित छ।

म यो आवाजलाई प्रशान्त महासागरबाट आएको इको आवाजको रुपमा सुनिरहेको छु, रुढ एक अन्तर्वार्ताका अवसरमा भन्छन्, ‘यो अवस्थाबाट कसरी पहिलेकै अवस्थामा फर्किन्छ भन्ने मलाई थाहा छैन।

रणनीतिक साझेदार

शक्ति राजनीतिक खेलले किसिन्जरलाई चीन पुर्‍याएको थियो। उनी र निक्सनले चीनलाई सोभियतको वैकल्पिक शक्तिका रुपमा देखे। उनीहरु अमेरिकी कूटनीतिज्ञ यू एलेक्स् जोनसनको भनाइबाट अछुतो छैनन्। उनी अमेरिका र चीनको सम्बन्धलाई भ्रामक साझेदारी भन्ने गर्थे। सन् १९७३ मा फेर्केर बेजिङमा सम्पर्क कार्यालय स्थापना गर्न पुग्दा उत्साहित किसिन्जरले निक्सनलाई चिठी लेखी भनेका थिए, अब हामी रणनीतिक साझेदार बनेका छौँ।

अमेरिकामा चीन एक्कासि सामान्य बनेको छ। अमेरिकामा माओका ज्याकेट, माओको टोपी र चपस्टिक संकलन हुन थाल्यो, पत्रकार जान पामफे्रटले आफ्नो सन् २०१६ को पुस्तक द ब्लुटिर्फुल कन्टी एन्ड मिडिल किंगडम मा बताएका छन्। निक्सनको चीनको ऐतिहासिक भ्रमणको केही समयपछि चीनले ३ सय ९२ मिलियन अमेरिकी डलर बराबरको टेक्सास कम्पनीसँगकको सम्झौता रद्द ग¥यो। कम्पनीले चीनमा १६ मल कम्पनी निमार्ण गर्ने सम्झौतामा उल्लेख थियो।

आन्तरिक राजनीतिका कारण दुवै देशको कूटनीतिक सम्बन्धमा उतारचढाव आइ नै रहन्छ। यसबीच प्रशान्त क्षेत्रको व्यापारमा भने निरन्तर गतिमा अघि बढ्यो। कम्पनीहरु आइबीएम, सिटी बैंक, जिपहरु चीनको व्यापाक बजारका कारण प्रवेश गरे भने आर्थिक कारण दुई देशको सम्बन्धलाई परिभाषित गर्न थाल्यो।

सन् १९८९ मा चीनको तेनम्यान स्क्यावारमा प्रजातन्त्रका पक्षमा भएको आन्दोलनलाई चीनले दमन गर्दा पनि अमेरिका चीनबीचको सम्बन्धलाई यो घटनाले असर पारेन। राष्ट्रपति जर्ज डब्लु बुस जसले केही समय बेइजिङमा रहेको अमेरिकाको सम्पर्क कार्यालयको नेतृत्व गर्थे, उनले आफ्नो राष्टिय सुरक्षा सल्लाकारलाई खुसुक्क चीन पठाई चीनसँग बिग्र्रिंदो सम्बन्धलाई मूलधारमा ल्याउन आग्रह गरे।

सन् २००० जब अमेरिकाले चीनका लागि विश्व व्यापार संगठनको ढोका खुला ग¥यो, तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले चीनको आर्थिक समायोजन गरी त्यहाँ स्वतन्त्रताको उद्घोष गर्ने प्रयास गरे। चीनलाई विश्व व्यापार संगठनको सदस्यता दिने क्रममा राष्ट्रपति क्लिन्टनले यो प्रक्रियाबाट चीन राज्य नियन्त्रित अर्थतन्त्रबाट स्वतन्त्र समाज निर्माण हुने बाचा गरेका थिए।
जति आर्थिक उदारीकरण हुन्छ, यहाँका मानिस स्वतन्त्र हुने सम्भावना रहन्छ, उनीहरुको कपल्नाशक्ति त्यति नै बढ्छ, व्यापारमा इच्छाशक्ति बढ्छ भन्ने बुझाइ थियो, उनी भन्छन्, ‘जब व्यक्तिमा सपना देख्ने मात्रै होइन सपना साकार बनाउने शक्ति हुन्छ, उनीहरुले धेरै माग गर्छन्।

कुनै प्रयोजनबिना क्लिल्न्टनको यो विचार धेरै फैलियो। चीनको राष्ट्रपति झाङ जमिन र प्रधानमन्त्री झु रोङगी नेतृत्वको चीनले धेरै आर्थिक कारोबारबाट हात झिके भने निजी लगानीकर्तालाई प्रोत्साहन गरे र बाहिरी लगानीलाई आकर्षित गरे।
केही दशकमै अमेरिका र चीनले ऐतिहासिक रुपमा नै आर्थिक सम्बन्धलाई व्यापकता प्रदान गरे।

यो सम्बन्ध यसरी बढ्यो कि सन् १९८० मा ५ बिलियन अमेरिकी डलर बराबरको कारोबार बढेर सन् २००४ सम्म आईपुग्दा २ सय ३१ बिलियन अमेरिकी डलर पुग्यो। लगत्तै चीन अमेरिकीहरुको रोजाइका टिसर्ट, खेलाउना, ल्यापटप र टेलिभिजन सेटको निर्माता बने। जेनेरल मोटर, मोटोरल्ला र अन्य कम्पनी जसले चीनमा लगानी गरे उनीहरुले यथोचित नाफा कमाए। अमेरिकामा रहेको सस्तो दरको सामानको माग पूरा गर्न चीनले पूरा देशमा गर्ने निर्यातको तुलनामा अमेरिकी वालमाट्मा धेरै नियार्त गर्न थाल्यो।

सन् २००६ सम्म आइपुग्दा चिनियाँ समानको बजार खपत घटिसकेको थियो जसका कारण उनीहरुले स्वदेशी उत्पादनको नीति लिए। अमेरिका र जापानको दबदबा रहेको प्राविधिक क्षेत्रमा चीनले पनि आफ्नो उपस्थिति बढाउन नीति अख्तियार ग¥यो। जब बाराक ओबामा अमेरिकी राष्ट्रपति बने त्यतिबेलासम्म अमेरिकामा चीनलाई विश्व व्यापार संगठनको सदस्यता दिनु गल्ती भएको कथन सुरु भइसकेको थियो।

ओबामाले चीनले अमेरिकी प्राविधि र सिर्जनशीलता चोरी भएको आरोप लगाउन थाले। यसका लागि उनले क्लिन्टन प्रशासनमा रहेका लरेन्स एच समर्श र जेफेरि ए ब्याडरलाई प्राविधिक र सिर्जनशीलता चोरीको विषयमा चीनसँग गरेको वार्ताको विषयमा जानकारी मागे। के तिमीहरुले धेरै त दिएनौँ, ओबामाले आफूहरुसँग यस्तो सोधेको ब्याडरले बताए।

अहिले अमेरिकी राष्ट्रपति टम्पले ओबामाको वैयक्तिक विचारलाई आफ्नो राजनीतिक एजेन्डा बनाएका छन्। चीनलाई विश्व व्यापार संगठनमा स्थान दिनु नै चिनियाँहरुलाई अमेरिकी कम्पनीको प्राविधि चोर्ने र अमेरिकी रोजगार खोस्ने हतियार सावित भयो।

अमेरिकाका व्यापार प्रतिनिधि चार्लिन बार्सेफस्की जो सन् १९९० ताका चीनसँग व्यापार वार्ता गर्थे उनको विचारमा चीनलाई विश्व व्यापार संगठनमा स्वीकार गर्नु हुन्थ्यो वा हुँदैन थियो भन्ने प्रश्न निरर्थक भएको बताउँछन्। 

विश्वको पाचाैं ठूलो जनसंख्या भएको देश, आणविक हतियारयुक्त देश, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको एक स्थायी प्रतिनिधि र आर्थिक हिसाबमा विकास गरी रहेको देश चीनलाई व्यापार संगठनबाट बाहिर राख्नु सम्भव नभएको उनी तर्क गर्छिन्। चीनले अमेरिकासहित विश्वको प्रभावशाली अर्थतन्त्रमा राम्रो प्रभाव स्थापना गरिसकेको थियो। उसले विश्व व्यापार संगठनको सदस्यता हासिल गर्दैन थियो भने बाहिरै बसेर उसले यसको फाइदा लिइ नै रहन्थ्यो आफ्नो बजारमा अरु देशलाई पहुँच नै नदिई।

प्रश्न यो हो कि के यसो गर्दा यो गतिलो आर्थिक सम्झौता हुन्थ्यो? बार्शेफ्स्की प्रश्न गर्छिन्, मेरो विचारमा यो उत्तम उपाय हुँदैन थियो। चीन हाल विश्वमा अमेरिकापछि धेरै समान आयात गर्ने देश हो।

तर, चीनले आफ्नो बजार खुलाउन जति पनि उपाय अपनायो त्यसले नयाँ चुनौती थप्दै गयो र आफ्ना कम्पनीलाई मात्रै फाइदा पुर्‍यायो। यो गल्ती चीनको नभई अमेरिकाकी अधिकारीको हो जसले आफूसँग भएको सम्झौता चीनमाथि लागु गर्न सकेन, बार्शेफ्स्की भन्छिन्।

अमेरिकाले सुरुवाती चरणमा त राम्रो गर्दै थियो तर, हाम्रो गर्ने क्रमलाई निरन्तरता दिन सकेन, उनी भन्छिन्।

द न्युयार्क टाइम्सबाट अनुदित

उदाउँदो चीन श्रृंखलाका अन्य लेखहरु :

शृंखला १ः यसरी फेरियो चीन

शृंखला २ः विश्व अर्थतन्त्रमा यसरी पुग्यो चीन

शृंखला ३ः देशभक्तिले जोडेको सपना

शृंखला ४ः चीनमा सुधार र खुलापनाका चालिस वर्ष

शृंखला ५ः अमेरिकी व्यापार युद्धलाई चीनले कसरी सामना गर्ला?

शृंखला ६ः मध्य र केन्द्रीय युरोपमा कसरी फैलिरहेछ चीन?

शृंखला ७ः समुद्रमा चीन–अमेरिका टक्कर

शृंखला ८ः किन बढ्दै छ चीनमा पुस्तान्तरण दूरी ?

शृंखला ९ः बेल्ट एन्ड रोडमा के चाहन्छ चीन?

शृंखला १०ः चीनको विकास, जहाँ अर्थशास्त्री असफल भए

शृंखला ११ः विश्व बजारमा चीन यसरी बादशाह बन्यो

 

 

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad