उदाउँदो चीन – ९

बेल्ट एन्ड रोडमा के चाहन्छ चीन?

बुधबार, १३ चैत २०७५, १७ : ११ केरि ब्राउन

सन् १९७८ देखि चीन अर्को युगमा प्रवेश गर्‍यो। त्यो युगलाई सुधार र खुलापनको युग भनेर चिनिएको छ। सुधार र खुलापनको युगमा चीनले आफ्नो वरपरको संसार अवलोकन गर्ने र त्यहा“बाट सिक्ने प्रयास गर्‍यो। सुधार र खुलापनको प्रक्रियामार्फत नै चीनमा धेरै थरीका विचार भित्रिए। चीनका राजनीतिज्ञ, प्राज्ञिक व्यक्ति, व्यापारी र संसारभर छरिएर रहेका चिनिया“हरू ‘बृहत् सिकाइ’ भन्न सकिने यो प्रक्रियामा सामेल भए। जापान र जर्मनीबाट चीनले विचार र चिन्तन सिक्यो भने अमेरिका र युरोपबाट प्रविधि भित्र्यायो।

प्रमाणित नतिजा

सुधार र खुलापनको प्रक्रियाले दुईवटा परिणाम दियो। पहिलो, नया“ विचार र प्रक्रियाको आयातले चीनको आर्थिक वृद्धि भयो। यो बृहत चर्चाको विषय पनि बन्यो। सन् १९७० को उत्तर्राद्र्धमा चीनको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन केही सय अमेरिकी डलरमात्र थियो। आज चीनको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन दस हजार अमेरिकी डलर पुगेको छ। चीन आज मध्यम आय भएको देश बनिसकेको छ।

यो अवधिमा चीनका करोडौ“ करोड जनता गरिबीको रेखाबाट उकासिए। चीनको अर्थतन्त्र पनि माथि उक्लियो। चीनको अर्थतन्त्र आज बा“की संसारको आर्थिक वृद्धिको एउटा प्रमुख स्रोत बनेको छ।

यो पनि पढ्नुस् :

देशभक्तिले जोडेको सपना

चीनमा सुधार र खुलापनाका चालिस वर्ष

अमेरिकी व्यापार युद्धलाई चीनले कसरी सामना गर्ला

चीनको समाज, संस्कृति र आर्थिक बनावटको आफ्नै मौलिक विशेषता भएको कारण आफूले ग्रहण गरेका विचारलाई उसले आफ्नो अनुकूलतामा ढालेको छ। उसले आफ्नै प्रकारको विकासको ढा“चा बनाएको छ। आज चीनको त्यही विकासको ढा“चाबारे संसारभर छलफल र अध्ययन हुने गरेको छ। चिनियाँ मोडलबारे अनेक थरी व्याख्या नभएको होइन। तर, वास्तविकता के हो भने चीनले बितेका चार दशकमा आफ्नै विकासको पथबाट धेरै कुरा सिकेको छ। चीन आज विकासको आफ्नो अनुभव अरू देशसँग पनि साट्न सक्ने भएको छ। यो निर्विवाद तथ्य हो। आज ची यी सबै प्रक्रिया अघि बढिरहेको समयमा बाँचिरहेको छ भन्नु उपयुक्त हुन्छ। कुनै बेलाको प्रशिक्षार्थी चीन आज आफैँ शिक्षक बनेको छ।

 बेल्ट एन्ड रोड इनिसिएटिभ एउटा सिक्ने–सिकाउने मोडल हो। यो कुनै चिनियाँ मोडल अर्को देशमाथि थोपर्ने प्रक्रिया होइन। यतिबेला आएर यो अझ प्रस्ट भइसकेको छ।

चीनको पछिल्ला केही वर्षदेखि प्रशिक्षार्थीबाट शिक्षक बन्ने एउटा माध्यम बनेको छ–एसियाली पूर्वाधार लगानी बैड्ढ। मानव जातिको इतिहासमा कुनै पनि अरू शक्तिले भन्दा बढी पूर्वाधारको सफलतापूर्वक निर्माण गरिसकेको देश हुनुको नाताले चीन आज आफ्ना अनुभव अरू देशसँग साट्न सक्ने हैसियतमा पुगेको छ। सन् २०१४ मा चीन सरकारले एसियाली पूर्वाधार लगानी बैड्ढ स्थापना ग¥यो। त्यसले धेरै प्रकारका विरोध र आलोचना पनि सामना गर्नुप¥यो। तर, चीनका आफ्नै विशिष्ट विकासका अनुभव अन्य देशले पनि उपयोग गर्नसक्ने वास्तविकता भने विवादरहित छ।

धनको वितरण

बेल्ट एन्ड रोड इनिसिएटिभ चीनको सुधार र खुलापनको दशकौँ लामो प्रक्रियाको दोस्रो ठूलो फड्को हो। यो परियोजनाअन्तर्गत पूर्वाधारको आपसी सम्बन्ध, सूचना प्रविधि, जनस्तरको सम्पर्क र वित्तीय बन्दोबस्तलाई बृहत् परिधिमा अघि बढाउन केन्द्रित गरिएको छ। यो परियोजनाले संसारका अरू देशलाई पनि चीनले सन् १९७० को दशकमा अङ्गालेको नीतिसँग मिल्ने ‘बृहत् सिकाइ’ मा सामेल गरेको छ।

निःसन्देह परियोजनाको सरल व्याख्या यही हो। कतिले यसलाई अरू नकारात्मक भूराजनीतिक कोणबाट व्याख्या गरेका छन्। तर, क्षेत्र र बाटोको अवधारणाको खुलापन र बृहत् आकाङ्क्षाका आधारमा यसलाई कुनै एउटै व्याख्याको ढाँचामा सीमित राखेर हेर्न सकिन्न। यसलाई विभिन्न कोणबाट हेरिनुपर्छ। चीन सरकार स्वयम्ले समेत यसबारे लचकता देखाएको छ। यो परियोजनाको मनसाय र यसको कार्यान्वयनबारे चीन सरकारले केही पटक त आफ्नो रणनीतिक र प्राथमिकता नै पनि परिवर्तन गरिसकेको छ। त्यसको अर्थ हो, सन् २०१३ मा चीनका राष्ट्रपति सी चिनफिङले यो परियोजनाबारे पहिलोपटक प्रस्ताव गर्दादेखि नै यसबारे छलफल र बहस चालू नै छ। केही मानिसले यो परियोजनालाई चीनले अरू देशलाई सल्लाह दिने वा आफ्ना निर्णय थोपर्ने प्रक्रिया भनी आलोचना गरे पनि यसको लक्ष्य त्यो कहिल्यै पनि भएन। यसको एउटै मनसाय भनेको चीनले विकाससम्बन्धी आफूले सिकेका कुरा अन्य देशसमक्ष सम्पे्रषण गर्ने बृहत् परिधिको निर्माण नै हो।

बेल्ट एन्ड रोड इनिसिएटिभ एउटा सिक्ने–सिकाउने मोडल हो। यो कुनै चिनियाँ मोडल अर्को देशमाथि थोपर्ने प्रक्रिया होइन। यतिबेला आएर यो अझ प्रस्ट भइसकेको छ। बरु चीनको विकासको अनुभवबाट उसका विकासका विभिन्न ढाँचाहरू एवम् भिन्न विचार विविध परिस्थितिमा अंगीकार गर्न सकिन्छ। बेल्ट एन्ड रोड इनिसिएटिभको सबभन्दा सबल पक्ष नै यो हो। पछिल्ला दशकहरूको अवस्थालाई यो परियोजनाले उल्टाइदिएको छ। हिजो चीन सधैँ सिक्ने अवस्थामा थियो अनि बृहत् अर्थमा पश्चिम भनिने युरोप,अमेरिका, अस्ट्रेलिया र अरू केही एसियाली देशहरू सधैँ सिकाउने आसनमा देखिन्थे। अब कम्तीमा सबै शिक्षक र प्रशिक्षार्थी बनेका छन्। तर, चीनलाई सिकाउने आसनमा देख्नु कतिको लागि टाउको दुखाईको विषय बनेको छ। उनीहरूको टाउको दुख्नुको कारण के हो, बुझ्न मुस्किल छ।

नयाँ क्षितिज

चीनले कसरी पूर्वाधारको विकास गर्‍यो भन्ने विषयमा युरोप उत्सुक हुनु स्वाभाविक हो। चीनले प्रविधिको क्षेत्रमा मारेको फड्को पनि युरोपको लागि उत्सुकताको विषय हो। चीनको प्राविधिक बेल्ट एन्ड रोड इनिसिएटिभको लागि ती प्राविधिक अनुसन्धान आधार बनेका छन्। तर, यो नयँ कुरा सिर्जना गर्न सहकार्य गर्ने महत्वपूर्ण अवसर पनि हो। जस्तै, यो परियोजनाले अङ्गालेका केही परियोजनाका वित्तीय तथा पर्यावरणीय मोडलमा युरोप र चीनबीच सहकार्य सम्भव छ।

यतिबेलाको महत्वपूर्ण विषय भनेको आपसी परिपूरणका क्षेत्रको पहिचान गरी गुणात्मक संवाद गर्नु हो। बेल्ट एन्ड रोड इनिसिएटिभ ज्यादै ठूलो, महत्वाकाङ्क्षी र खतरापूर्ण भएको तथा चीनको मौलिकतामा आधारित भएको भन्ने विचारले चीनको विकासको अनुभव बाँकी विश्वको लागि किन र कसरी उपयोगी हुनसक्छ भन्ने ज्ञान हासिल गर्ने अवसरबाट वञ्चित गर्नेछ। न त चीनको साझेदारहरूलाई साझा परियोजनामा हुने गल्तीप्रति अनुदारता नै उपयुक्त हुन्छ। अनुभवबाट सिक्नु नै सन् १९७८ यता चीनको मानसिकताको प्रमुख हिस्सा हो। मुख्य विषय कसरी गल्तीबाट पनि सिक्ने र सिकेका कुरा व्यवहारमा लागू गर्ने भन्ने हो।

क्षेत्र र बाटोको आजको युगमा चीन र चिनियाँमात्र होइनन्, हामी सबै नै ‘बृहत् सिकाइ’ को युगमा छौँ। समकालीन समयमा के भइरहेको छ भन्ने विषयका सबै चासो र चिन्ताका लागि यिनै घटना र प्रक्रियाको कोणबाट हेर्नु सकारात्मक हो। कसरी यतिबेला केही असमझदारी, गलत बुझाइ र गलत एकता भइरहेका छन् भन्ने कुरा पनि सिकाइको हिस्सा हो। यी कुराले पनि सकारात्मक परिणाम दिनेछ। विचारधाराको पूर्वाग्रहका आधारमा र विशुद्ध राजनीतिक कारणले यो परियोजनालाई निषेध गर्ने अवस्थाले उपयोगी र प्रभावशाली सिकाईको मोडलसमेतलाई पूर्णतः तिरस्कार गर्नु हुनेछ। पश्चिमा संसारका धेरै मानिसहरू आजभोलि एसिया, त्यसमा पनि विशेषतः चीनबाट सिक्न उत्साहित छन्। बेल्ट एन्ड रोड इनिसिएटिभ यो सिकाईको एउटा बाटो हो।

यतिबेला युरोपलाई प्राप्त रणनीतिक अवसरका कारण युरोपेली देशहरूले कम्तीमा यो परियोजनालाई फरक प्रकाशमा हेरिरहेका छन् र अमेरिकाले भन्दा यसलाई बृहत् दृष्टिकोणमा लिइरहेका छन्। बेल्ट एन्ड रोड इनिसिएटिभले भौगोलिकरूपमा पनि  कुनै न कुनै तरिकाले युरोपका क्षेत्रलाई पनि समेटेको छ। यसको अर्थ युरोपले बेल्ट एन्ड रोड इनिसिएटिभलाई संरा अमेरिकाले हेरेभन्दा फरक कोणबाट हेरिरहेको छ। चीनलाई विकास कसरी गर्नुपर्छ भन्ने कुरा देखाउने र सिकाउने आफ्नो मानसिकतालाई त्यागेर आपसी अनुभवबाट सिक्ने थप सन्तुलित र दोहोरो आवश्यकतालाई युरोपले स्वीकार्नुपर्छ। बेल्ट एन्ड रोड इनिसिएटिभको लागि यो नै सबभन्दा महत्वपूर्ण पक्ष हो। तर युरोपलाई यो कुरा स्वीकार्न निकै कठिन हुनेछ। चीनलाई शिक्षकको रूपमा स्वीकार्न धेरै देशको लागि गा¥हो कुरा हो। तर, चीनको विकासको बाटो र विचारलाई पछ्याउँदा धेरै नयाँ विकल्प र बाटा भेटिनेछन्। प्रमुख विषय मानिसहरू यसको निम्ति आफ्नो दिमाग खुला राख्न तयार छन् वा छैनन् भन्ने हो। दिवङ्गत चीन विशेषज्ञ पियरे रेकम्यानले भनेका थिए, ‘अरू संस्कृतिप्रति खुला हुनुको अर्थ त्यसप्रति परिवर्तन हुनु हो।’

बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत युरोपेली र अरूले आफ्नो अभ्यासमा परिवर्तन ल्याउन सक्छन्।

ब्राउन बेइजिङ रिभ्युका विचारपृष्ठ लेखक र लन्डनस्थित किङस् कलेजको द लुआन चाइना इन्स्टिच्युटका निर्देशक हुन्।

– बेइजिङ रिभ्युबाट अनुवादः नीरज लवजू

उदाउँदो चीन शृंखलाका अन्य लेखहरू :

यसरी फेरियो चीन

विश्व अर्थतन्त्रमा यसरी पुग्यो चीन

मध्य र केन्द्रीय युरोपमा कसरी फैलिरहेछ चीन

समुद्रमा चीन–अमेरिका टक्कर

किन बढ्दै छ चीनमा पुस्तान्तरण दूरी

 

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad