२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी व्यापार युद्धलाई चीनले कसरी सामना गर्ला?

–केनेथ जोन्सन 

अमेरिकाको राष्ट्रपतिमा नियुक्त हुनुपूर्व नै डोनाल्ड ट्रम्पले चिनियाँहरूले आर्थिक फाइदाका लागि आफ्नो मुद्राको गलत प्रयोग गरेको आरोप लगाएका थिए । उनी आरोप सत्य भने थिएन । तर, अहिले अमेरिकाले व्यापार युद्ध छेडेपछि चिनियाँहरूले आफ्नो मुद्राको मूल्य घटाइरहेका छन् । यस्तो काम नगर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले चीनलाई बारम्बार चेतावनी दिइरहेको छ।

अमेरिकाले सुरु गरेको व्यापार युद्धको चीनले प्रतिकार गरिरहेको छ। अमेरिकाले चिनियाँ सामान विशेषगरी कृषि सामग्रीमा २ सय पचास अमेरिकी डलर थप कर लगाएको छ। जसको प्रतिकारमा चीनले पनि अमेरिकाले आयात गर्ने चिनियाँ समानभन्दा कम सामान अमेरिकाबाट आयात गर्न थालेको छ।

यस्तै, चीनले पनि अमेरिकाले लगाएको थप कर कै हाराहारीमा अमेरिकी समानमा करको दायरा बढाएको छ। अमेरिकासँगको व्यापार युद्धबाट उम्किन चीनले अन्य उपायसमेत अपनाउन थालेको छ। सँगसँगै अमेरिकी विदेश नीतिलाई निस्तेज पार्ने प्रयास पनि गरेको छ।

अमेरिकाले चिनियाँ सामान विशेषगरी कृषि सामग्रीमा २ सय पचास अमेरिकी डलर थप कर लगाएको छ। जसको प्रतिकारमा चीनले पनि अमेरिकाले आयत गर्ने चिनियाँ समानभन्दा कम सामान अमेरिकाबाट आयात गर्न थालेको छ।

अमेरिकाले सुरु गरेको व्यापार युद्धविरुद्ध चीनले शक्तिशाली र खतरनाक आर्थिक हतियार प्रयोग गर्ने सम्भावना पनि छ। वसन्त र ग्रीष्मयामको बीचतिर बेइजिङले अमेरिकाले आफ्ना उत्पादनमा लगाएको थप करसँग लड्न र अमेरिकालाई दुःख दिन मुद्रास्फितिको तरिका अपनाएको थियो। चिनियाँ मुद्रा अघिल्ला वर्षहरूको तुलनामा अमेरिकी डलरभन्दा ९ प्रतिशतले कमजोर भएको छ। फलस्वरुप, चिनियाँ सामान निर्यात निक्कै सस्तो भएको छ जसले अमेरिकालाई असर पुर्याएको छ। 

चिनियाँ मुद्रा युआन (जसलाई रेन्मिबी पनि भनिन्छ)को स्फिति यो हदसम्म तीव्र गतिमा हुनुमा बेइजिङको एउटा निर्णय नै काफि थियो। बेइजिङले चाहेको भए यो मुद्रास्फिति रोक्न सक्थ्यो । किनभने अहिले पनि बेइजिङले मुद्रा नियन्त्रण गरिरहेको हुन्छ। चिनियाँ व्यापार विशेषज्ञहरू ट्रम्पको व्यापार युद्धको प्रतिउत्तरमा अझै पनि आफ्नो मुद्राको मूल्य घटाउने दाबी गर्छन्।

‘यो वासिङटनलाई बेइजिङको खुला चेतावनी हो’, अन्तर्राष्ट्रिय आर्थिक संस्थाका प्रमुख रोविन बु्रक भन्छन्, ‘ऊ भनिरहेछ, तिमीले गरेका सबै कामलाई हामी स्वीकार्दैनौँ। यदी तिमी हाम्रा सामानमा थप कर लगाउँछौँ भने हाम्रो मुद्राको मूल्य अझै घट्नेछ र तिमी व्यापार युद्ध पहिला मुद्रा युद्ध गर्न तयार रहनुपर्ने हुन्छ।’

व्यापार युद्ध बढ्दै जाँदा चिनियाँ मुद्रा युआनको मूल्य घटाउने निर्णय चीनका लागि सजिलो उपाय थियो। अहिले युआनको मूल्य घट्दा यसले चिनियाँ अर्थतन्त्रलाई खासै असर गर्ने देखिँदैन। कारण, यसअघि चिनियाँ मुद्राको मूल्य निकै बढेको थियो र बढेकै मूल्य हाराहारीमा घट्दा यसले चीनलाई खासै असर नगर्ने देखिन्छ।

चिनियाँ मुद्राको मूल्य घट्नुको पछाडि अन्य कारण पनि छन्। अमेरिकाले आफ्नो ब्याजदर अपेक्षाकृत रुपमा बढाउँदा त्यसले चिनियाँ ब्याजदर घटाउँछ गर्छ। जसले गर्दा चिनियाँ मुद्राको मूल्य स्वतः कम हुन आउँछ। चिनियाँ केन्द्रीय बैंकले धेरै पैसालाई बैंकिङ प्रणालीमा ल्याउने प्रयास गरेकोले पनि चिनियाँ मुद्राको मूल्य अनपेक्षित रुपमा घट्दै गएको हो।

ट्रम्पले व्यापार युद्धलाई अझै बढावा दिने संकेत गर्दैगर्दा चीनले गत ग्रिष्ममा अपनाएको मुद्रास्फीतिको उपायलाई पनि बढाउने लक्षण देखिन्छ। यसले अमेरिका र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप तनावपूर्ण बनाउने छ। गत सेप्टेम्बरमा अमेरिकाले चिनियाँ २० अर्ब अमेरिकी बराबरको समानमा १० प्रतिशत कर थप गरेको थियो। आगामी जनवरीसम्म यो करको दर २५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ। 

चिनियाँ मुद्राको मूल्य घट्नुको पछाडि अन्य कारण पनि छन्। अमेरिकाले आफ्नो ब्याजदर अपेक्षाकृत रुपमा बढाउँदा त्यसले चिनियाँ ब्याजदर घटाउँछ गर्छ। जसले गर्दा चिनियाँ मुद्राको मूल्य स्वतः कम हुन आउँछ। चिनियाँ केन्द्रीय बैंकले धेरै पैसालाई बैंकिङ प्रणालीमा ल्याउने प्रयास गरेकोले पनि चिनियाँ मुद्राको मूल्य अनपेक्षित रुपमा घट्दै गएको हो।

ट्रम्प प्रशासनले अमेरिकाले निर्यात गर्ने २६ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सामानमा अझै कर बढाउन सक्ने चेतावनी दिइरहेको छ। आगामी वर्ष अमेरिकाले चिनियाँ समाग्रीमा थप २५ प्रतिशत कर बढाउने बताउँदै चीनलाई थप व्यापार झट्का लाग्ने सम्भावना रहेको दाबी गर्छन्। बु्रक भन्छन्, ‘आगामी वर्ष अमेरिकाले चिनियाँ सामान आयातमा २५ प्रतिशत कर लगाउँदा यस क्षेत्रका विज्ञहरूले अमेरिकी कदमको थप विरोध गर्ने पनि आंकलन गरिएको छ।’

अघिल्लो महिना न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्रसंघ महासभाको ७३औं अधिवेशनलाई सम्बोधनका क्रममा ट्रम्पले ‘व्यापार युद्धको सबै तहमा अमेरिकाले जितेको’ बताए पनि चीनले व्यापार युद्धबाट पछि हट्ने संकेत भने दिइरहेको छैन। ‘व्यापार युद्धका कारण चीन ब्ल्याकमेल र तनावमा पर्दैन’, सोही मञ्चबाट सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका थिए।

तर, यही अवस्था बढ्दै गयो भने चिनियाँ मुद्रास्फिति चीनलाई नै प्रत्युत्पादक हुनसक्छ । यदी चीनले आफ्नो मुद्राको मूल्य यही रुपमा घट्दै जान दिने हो भने त्यो कहाँ र कहिले रोकिन्छ कसैले भन्न सक्ने स्थिति छैन। यसले चिनियाँ जनताको सेयर बजारप्रतिको आकर्षण बढ्नसक्ने सम्भावना रहन्छ। यो अवस्था चिनियाँ नेता र सरकारको नियन्त्रणभन्दा बाहिर जान सक्छ।

‘मूल्य घट्दै जानु भनेको उसको नीति परिर्वतन हुँदै गएको रुपमा व्याख्या हुने सम्भावना हुन्छ। जुन चीनका लागि चुनौतीको विषय पनि हो र यो कहिलेसम्म रहन्छ भन्ने थाहा छैन’, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामा प्रशासनका आर्थिक अधिकारी ब्रेड सेस्र्टर भन्छन्।

‘यो लामो समय प्रभाव पार्ने निर्णय हुन सक्छ। किनभने चीन अहिले केही महिना अघिभन्दा दबावको स्थितिमा छ’, उनले भने, ‘यदि अमेरिकाले चिनियाँ समाग्रीमा थप २५ प्रतिशत कर लगायो भने यो पनि महत्वपूर्ण हुनेछ।’

चीनले आफ्नो मुद्राको मूल्य निरन्तर घट्न दियो भने त्यसले चीनका विविध उद्देश्य पूर्ति भने गर्न सक्छ। तर, त्यसका लागि चीनले कुन हदसम्म आफ्नो मुद्राको मूल्य घट्न दिन्छ भन्ने मुख्य कुरा हो। मूल्य घट्दै जाँदा अमेरिकाले चिनियाँ समानमा लगाएको थप करले चीनलाई भन्दा अमेरिकालाई बढी प्रभावमा पार्छ। अब अमेरिकी कर बढावाले विश्व अर्थतन्त्रमा पार्ने प्रभावभन्दा चिनियाँ मुद्राको अवमूल्यनले पार्ने प्रभाव बढी हुनसक्छ।

चिनियाँ मुद्राको अवमूल्यनले बेइजिङका नीति निर्मातालाई समेत झस्काउने छ। यसकाले अमेरिकासहित विश्व कै सेयर मार्केटलाई बढाउने छ। चीनले २०१५ मा आफ्नो मुद्राको अवमूल्यन गर्दा विश्वभरको सेयर मार्केटमा ठूलै हलचल मच्चिएको थियो। आफ्ना कारणले विश्व सेयर मार्केटको मूल्य बढ्दा यसले अमेरिकी राष्ट्रपतिको ध्यान केन्द्रित गर्न सक्ने बु्रकको आँकलन छ।

चीनले आफ्नो मुद्राको मूल्य निरन्तर घट्न दियो भने त्यसले चीनका विविध उद्देश्य पूर्ति भने गर्न सक्छ। तर, त्यसका लागि चीनले कुन हदसम्म आफ्नो मुद्राको मूल्य घट्न दिन्छ भन्ने मुख्य कुरा हो। मूल्य घट्दै जाँदा अमेरिकाले चिनियाँ समानमा लगाएको थप करले चीनलाई भन्दा अमेरिकालाई बढी प्रभावमा पार्छ।

यदी चीनमा व्यापार विज्ञहरूको विचारले ज्यादा महत्व पायो भने त्यसले चिनियाँ मुद्रालाई थप अवमूल्यन गर्न सक्नेछ भने सेयर मार्केटमा उतारचढाव गराएर अमेरिकी प्रयासलाई विफल पार्ने मत बढ्ने बु्रकको दाबी छ। यस्तो अवस्थामा त्यसले चीनलाई पनि ठूलो संकटतर्फ लान सक्नेतर्फ भने सचेत हुन आवश्यक हुन्छ।

२०१५/१६ मा चीनले आफ्नो मुद्रालाई कमजोर बनाउँदा चिनियाँ लगानीकर्ताहरूले चिनियाँ मुद्राको विकल्प खोज्नेतर्फ लागेको हामीले बिर्सन हुँदैन। चिनियाँ मुद्राको थप अवमूल्यनले चिनियाँ लगानीकर्ता बाहिरिने खतरालाई जीवित रहन्छ। यदि चीनले लगानी बाहिरिने अवस्था रोक्नसके त्यसले चिनियाँ मुद्रालाई थप अवमूल्यन गर्नेछ।

अब यहाँ ठूलो प्रश्न रहन्छ, के चिनियाँ नीतिनिर्माता व्यापार युद्धले चिनियाँ अर्थतन्त्रलाई खतरा पुर्याउने कुरामा सचेत छन्? वा चिनियाँ मुद्राको थप अवमुल्यन हुँदा चिनियाँ लगानी बाहिरिने सम्भावनालाई कसरी लिएका छन्?

‘२०१५ को मुद्रा अवमूल्यनले चीनलाई कुन हदसम्म तर्सायो भन्ने त हामीलाई थाहा छैन तर, उनीहरू मुद्रा अवमूल्यनलाई हतियारको रुपमा प्रस्तुुत गर्ने स्थितिमा छैनन् भन्ने आधार प्रसस्त छन्’, सेस्र्टर भन्छन्, ‘के चीनसँग चिनियाँ लगानी बाहिरिने खतरा रोक्ने सामथ्र्य छ, जसले उनीहरूलाई थप संकटमा पार्दैन?’

कमजोर चिनियाँ मुद्राले आन्तरिक रुपमा चीनलाई नै प्रभाव पार्छ। यसले बढ्दो क्रममा रहेको अरु अर्थतन्त्रलाई पनि धरायसी बनाउने छ। जसले चीनले विश्वका धेरै ठाउँमा गरेको लगानीलाई धरापमा पार्ने छ र ऋणको भार बढाउने छ। चिनियाँ मुद्राको अवमूल्यनले जापान र युरोपियन युनियनलाई चिढ्याउने छ। जसका कारण चीनको व्यापार शैलीबाट त्रसित रहेका उनीहरूलाई अमेरिकाको साथमै रहन थप बल प्रदान गर्ने निश्चित छ।

चीनका लागि यसको विकल्प भनेको आफ्नो मुद्रालाई अवमूल्यन नगर्नु नै हो। यसको सट्टा २०१५–१६ मा जस्तै चीनले आफ्नो विदेशी मुद्रा सञ्चितिकरणमा बढावा दिँदा राम्रो हुन्छ। यसले वासिङटनलाई खुसी बनाउनुका साथै अमेरिकाले लगाउँदै आएको चीनले अनावश्यक रुपमा आफ्नो मुद्रा अवमूल्यन गरेको आरोप पनि केही हदसम्म कम हुन्छ।

– जोन्सन भूराजनीति मामिलाका विज्ञ हुन्।
फरिन पोलिसिमा प्रकाशित लेख पुरुषोत्तम पौडेलले अनुवाद गरेका हुन्।

प्रकाशित: ८ चैत्र २०७५ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App