उदाउँदो चीन – ६

मध्य र केन्द्रीय युरोपमा कसरी फैलिरहेछ चीन?

शनिबार, ०९ चैत २०७५, १५ : ५४ पिटर एस. गुडम्यान/ जेन पर्लेज

‘आज चिनियाँ जनता आफ्नो खुट्टामा उभिएका छन्’, सन् १९४९ मा डेढ शताब्दी लामो विदेशी शासनबाट मुक्त भएर जनवादी गणतन्त्र चीनको घोषणा गर्दैगर्दा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओ त्सेतुङले भनेका थिए। माओकै शब्दमा चिनियाँ जनताले दुइटा शत्रु (सामन्तवाद र साम्राज्यवाद)लाई पराजित गरेर स्वाधीन भएका थिए। तर स्वाधीन र स्वतन्त्र चीनको यात्रा सहज थिएन। पिछडिएको अर्थव्यवस्था, कमजोर सरकारी संयन्त्र, नयाँ व्यवस्थाको अस्पष्ट रोडम्याप, विदेशी शक्तिको दबाब, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चको अस्विकार्यता जस्ता चुनौतीका पहाडबीच नयाँ चीनको यात्रा शुरु भएको थियो। त्यसयता चीनले अनेकन प्रयास गर्‍यो। शुरुमा भूमीसुधार गर्‍यो। परस्पर सहयोगी दल बनाएर कृषिमा आधुनिकीकण थाल्यो। समाजवादी अर्थतन्त्रको अभ्यास स्वरुप ‘जनकम्युन’ बनायो। यो संगठित अभ्यासले रसातलमा पुगेको चिनियाँ अर्थतन्त्रलाई ज्यान दियो। तर अगाडिको यात्रा अझै अस्पष्ट थियो। त्यहीँ बीचमा भएको एक दशक लामो ‘सांस्कृतिक क्रान्ति’ स्वाधीन चीनको सबैभन्दा ठूलो पीडा थियो। चिनियाँहरुकै शब्दमा ‘ऐतिहासिक घाउ’। सांस्कृतिक क्रान्तिको अन्त्यसँगै सन् १९७५ मा चीनले नयाँ बाटो लियो। 

आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। यद्यपि पहिलो अर्थतन्त्र अमेरिका र उबीच निकै ठूलो अन्तर छ। चुनौतीहरुले घेरिएको छ तर विश्वशक्ति बन्ने होडमा छ। त्यसैले चीन उदाउँदो छ। यो उदाउँदो चीनको यात्रा कस्तो छ? उदाउँदो चीनको यात्रा बुझ्ने÷बुझाउने प्रयत्न हो – यो शृंखला। ‘उदाउँदो चीन’ शृंखलामा शुरुमा न्यूयोर्क टाइम्समा सन् २०१९ को शुरुवातमा प्रकाशित ‘चाइना रुल्स’ शृंखलाका लेखहरुको अनुवाद प्रकाशन गरिनेछ। त्यसपछि यही विषयसँग सम्बन्धित अन्य लेख प्रकाशन हुनेछन्। 
चीनको उदाउँदो यात्रालाई विभिन्न कोणबाट व्याख्या गर्ने गरिएको छ। त्यसैले हामी सबै दृष्टिकोण समेट्ने पक्षमा छौं। हरेक मत–अभिमतका लागि छलफलको ढोका खुल्लै छ। –सं.


तातो खुनी घाममा सयौँ चिनियाँ कामदारले फराकिलो मरुभूमी नियाल्छन्। उनीहरु यसलाई नयाँ इजिप्टको नयाँ मुटु बनाउन खोजिरहेका छन्।

इजिप्सीयन कम्पनीले ३ अर्ब अमेरिकी डलरमा चिनियाँ कम्पनिसँग सम्झौता गरेर मरुभुमीमा कामदारहरु खटाएको छ। उनीहरुले यहाँ २१ वटा भव्य महल ठड्याउने छन् यहाँ। ती महल स्थानीय शासकका दरबारभन्दा पनि अग्ला हुनेछन्।

इजिप्टको मरुभुमीमा चिनियाँ उपस्थिति चीनको बढ्दो विश्वव्यापी प्रभावको चिनारी हो। सयौं वषैको एक्लोपन र कमजोरीपछि चीन पुनः उदय भईरहेको छ। इजिप्ट र अन्य ठाउँमा उद्योगहरु स्थापना गरेर चीनले भूराजनीतिक प्रभाव बढाइरहेको छ भने त्यहाँको पूँजी पनि हत्याईरहेछ। प्रत्यक्ष लगानीमार्फत् चीनले त्यहाँका सरकारमा पनि आफ्नो प्रभाव स्थापित गरिरहेछ।

इजिप्ट अमेरिकाको पुरानो गठबन्धन शक्ति हो। उसले स्वेज नहरलाई नियन्त्रण गर्छ। यो नहरमा पहुँच स्थापना गरेर चीनल संसारभरी नै आफ्नो पहुँच स्थापना गर्नसक्छ। भविष्यको एउटा मुकाम बनाइदिँदै गर्दा चीनले उक्त नहरका पहरेदार इजिप्टका राष्ट्रपति अब्दल एल–सीसीलाई प्रभावमा ल्याइसकेको छ। बाहुपासमा ल्याइसक्यो। आफ्नो उद्देय पूरा गर्न पनि राष्ट्रपति सीसी चीनसँग भर पर्नुपर्ने आवश्यकता छ।

आर्थिक क्रियाकलापसँगै चीनले आफ्नो कुटनीतिक प्रभाव पनि विस्तार गरिरहेको छ। चीनले अहिले अफ्रिकामा रेल मार्ग र राजमार्गहरु निर्माण गरिरहेको छ भने ल्याटिन अमेरिकामा बन्दरगाह र पूर्वी युरोप र दक्षिण एसियामा उर्जा केन्द्रहरु निर्माण गरिरहेछ। दक्षिण चीन सागर (साउन चाइना सि)मा सैन्य शक्ति विस्तार गरे लगत्तै चिनियाँ व्यवसायीहरु दक्षिणपूर्वी एसियामा इन्टरनेट कम्पनीहरुको निर्माणमा केन्द्रीत भएका छन्।

केही दशक अघिसम्म पनि सिमापार कारोबारमा चीनको मुख्य उद्धेश्य उर्जा, खानी र अन्य स्रोतहरुमा पहुँच स्थापना गर्नु थियो। त्यतिबेला पश्चिमले सम्बन्ध नै कायम राख्न नचाहने इरान, सुडान र म्यानमारसँग चीनले बढी सम्बन्ध विस्तार गरेको थियो। त्यतिबेला चीनको विदेश नीतिको एउटैमात्र उद्धेश्य थियो – स्वंय शासन गरिरहेको ताइवानको कुटनीतिक मान्यता खोस्नु र यो टापुमाथि बेइजिङको दावा स्थापित गर्नु। अन्य विवादित टापुमाथि छिमेकीसँग गरेता पनि उसले त्यहाँ अमेरिकी जलसेनाको प्रभुत्वलाई भने स्विकारेको थियो।

अब ति दिन सकिएका छन्।

राष्ट्रपति सी जिनफिङको आक्रामक नेतृत्वमा चीनले यी पुराना सीमाहरु नाघिसकेको छ। उसले अमेरिकी प्रभुत्व सहितको विश्व व्यवस्था अस्विकार गरेको छ। राष्ट्रिय पुनर्जागरणलाई जोड दिएको छ। आर्थिक कारोबार र राष्ट्रिय सुरक्षाको मामिलामा चीनले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। अमेरिकाको पुराना प्रभाव क्षेत्रमा पनि ऊ प्रतिस्पर्धा गरिरहेको छ।

चिनियाँहरुको दृष्टिकोणमा चीनको यो विकास उसको ऐतिहासिक वास्तविकताको पुनस्र्थापना मात्र हो। बेइजिङ आफूलाई यसैको योग्य ठान्छ।

आर्थिक क्रियाकलापसँगै चीनले आफ्नो कुटनीतिक प्रभाव पनि विस्तार गरिरहेको छ। चीनले अहिले अफ्रिकामा रेल मार्ग र राजमार्गहरु निर्माण गरिरहेको छ भने ल्याटिन अमेरिकामा बन्दरगाह र पूर्वी युरोप र दक्षिण एसियामा उर्जा केन्द्रहरु निर्माण गरिरहेछ।

चिनियाँ कम्युनिष्ट पार्टीको व्याख्या अनुसार चीनको आधुनिक इतिहास उपनिवेशले चीनको दक्षता ध्वसं पारेको कथा हो  चीन त्यस्तो भूमी हो जसले जसले कम्पास, बारुद र कागज पत्ता लगायो। प्रिन्टिङ पत्ता लगायो। चीनले समृद्धिको शिखर छुँदा युरोप पछौटे अवस्थामा नै थियो। त्यसपछि ‘अपमानको शताब्दी’ शुरु भयो। बेलायतको अफिम व्यापारबाट शुरु भएको यो शताब्दी जापानको क्रुर हस्तक्षेपदेखि अमेरिकाको मानव अधिकारसम्बन्धी भाषणसम्म पुग्यो। अहिले चीन आफ्नो भाग्य निर्माण गर्न लागिपरेको छ।

पूर्वी एसियाका लागि राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख एवं हाल जर्ज वासिङ्टन विश्वविद्यालयका प्राध्यापक पाउल हिर भन्छन्, ‘चीन विश्व शक्ति बन्न चाहन्छ। चिनियाँहरु ठान्छन् संसारले उनीहरुलाई स्वीकार्नेछ र त्यसको बदलामा उनीहरुले अरु देशलाई उचित स्थान दिनेछन्।’

एसिया बाहेक अन्यत्र कतैपनि चीनको योजना स्पष्ट छैन। दक्षिण चीन सागरमा अमेरिकी नौसेनलाई धकेलेर एसियाली देशसँगको अमेरिकी व्यापार साझेदारी हत्याएको छ। त्यो क्षेत्रमा अमेरिकाले जापान देखि सिंगापुर र अष्ट्रेलियासम्म निर्माण गरेको गठबन्धनलाई खलल पु¥याइरहेछ।

चीनको महत्वाकांक्षा असिमित छ। संसारभर पूर्वाधार निर्माण गर्ने परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई उसले रेशम मार्गको पुर्ननिर्माण भनेर व्याख्या गर्छ। रेशम मार्ग प्राचीन युगमा एसिया र युरोपबीचको व्यापार मार्ग थियो।

‘सि जिनपिङले चीनलाई नेतृत्व दिइरहेका छन् जसले संसारका हरेक गतिबिधीलाई प्रभावित तुल्याएको छ,’ हङकङस्थित लिङ्नन विश्वविद्यालयका प्राद्यापक झाङ बाउहुइ भन्छन्, ‘पश्चिममा २००८ को आर्थिक मन्दी चीनका लागि महत्वपूर्ण मोड थियो। त्यसपछि नै बेइजिङले आपूmलाई विजेता ठानेको थियो। र, पश्चिमको कमजोरीको फाईदा उठाउँदै उसले नयाँ आत्मविश्वासका साथ आपूmलाई विश्व नेतृत्वको रुपमा दाबी गर्‍यो।’

बाह्य विश्वसँग चीनको चासो उसको घरेलु आवश्यकतामा आधारित छ। उसले आफ्नो बजार विस्तार गरिरहेको छ जसले गर्दा घरेलु बजारमा माग कम हुँदा पनि उसले विश्व बजार पाइरहनसक्छ। बढ्दो अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्मानको भरमा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो वैधता स्थापित गरिरहँदा उसले सैन्य क्षमता र प्रभाव पनि प्रदर्शन गरिरहेछ।

चीनको उदयले उसको छिमेकीहरुमा भने त्रास सिर्जना गरेको छ। प्राचीन व्यवस्थामा जस्तो उसले आपूmलाई मध्य राजतन्त्र (मिडिल किंगडम)को रुपमा स्थापित गर्ने हो कि भन्ने डर उनीहरुमा छ। त्यो कालमा धेरै शताब्दीसम्म अरु देशहरु चीनलाई साम्राज्यको रुपमा स्वीकार्न बाध्य थिए। आफ्नो व्यापार र शान्ति सुरक्षित राख्न उनीहरुले आपूmलाई चिनियाँ संरक्षित राज्यको रुपमा स्वीकार्न बाध्य थिए। उनीहरुले चिनियाँ सम्राटलाई उपहार र कर पठाउनुपथ्र्यो।

प्रत्यक्ष लगानीमार्फत् आफ्ना साझेदारलाई ऋण पासोमा पारेर उनीहरुको सम्पत्ति हत्याएको आरोप अहिले बेइजिङलाई लाग्दै आएको छ। गत वर्ष, ऋण तिर्न नसकेपछि श्रीलङ्काले आफ्नो बन्दरगाह नै चीनको हातमा थमाइदियो। मलेसियाले हालै चीनले वित्तीय व्यवस्था गरेको दुईवटा परियोजना रद्द गरेको छ। बाह्य देशबाट फिर्ता आउनु परेको र देशैभित्र ऋण बढिरहेको कारण चीन अहिले आफ्नो विश्वबजारको पुनर्मुल्यांकन गर्दैछ। तर अहिले पनि उसको सम्भावना विशाल छ।

दोस्रो विश्व युद्धपछि विश्वमा एकछत्र राज गरेका पश्चिमा राष्टलाई चीन चुनौतिका रुपमा देखा परेको छ। अमेरिका लगायत दोस्रो विश्व युद्ध जितेका देशहरुले विश्वमा एक किसिमको संस्थाको निर्माण गरे जसले विश्वमा शान्ति, व्यपार र प्रतिस्पर्धालाई कायम राख्ने काम गर्यो। विश्व बैंक, अन्र्तराष्टिय मुद्रा कोषले पूर्व सर्त सहित आर्थिक सहयोग गर्न थाले, उनीहरु आफूले सहयोग गर्ने देशलाई मानव अधिकार र अन्र्तराष्टिय कानुनको पूर्ण पालना नगरेको आरोप पनि यदाकदा नलगाउने होइनन्।

तर, चीनले गर्ने आर्थिक सहयोगमा त्यस्तो खालको बाध्यकारी अवस्था हुँदैन। चीन, तानाशाहीहरुलाई नियन्त्रण गर्छ जो भू राजनीतिक महत्वपूर्ण स्थानलाई आफ्नो नियन्त्रणमा राख्छन्। देशहरुले बेइजिङ्गको कदमको विरोध गर्दै गर्दा पनि चीन, आफ्ना देशका कम्पनीलाई ती तानाशाहहरुले ओगटेको स्थानको केही भाग माग गर्छ।

अमेरिकालाई अन्ध राष्ट्रवादले नेतृत्व गरेको अवस्थामा चीनले पश्चिम केन्द्रित विश्व व्यवस्थालाई झनै चुनौति दिइ रहेको छ। अमेरिकी राष्टपति डोनाल्ड टम्पले चीन विरुद्ध व्यापार युद्ध छेडी रहँदा विश्वमा उदार अर्थतन्त्रको वकालत गर्ने अमेरिकी भूमिका माथि नै प्रश्न उठ्न थालेको छ। चिनियाँ राष्टपति सिले रित्त रहेको यो ठाउँलाई भर्ने प्रयत्न गरेका छन्। उनले आफूलाई मूल्य मान्यता सहितको अन्तर्राष्टिय नेताको रुपमा स्थापित गर्ने प्रयास गर्दै छन्।

अमेरिकाले आफ्नो बौद्धिक सम्पती चोरेको आरोप, चीनको राज्य नियन्त्रित कम्पनीलाई छुट दिएको आरोप र विश्व बजारमा आफ्ना उत्पादन थुप्राएको आरोप लगाउँदै गर्दा पनि चिनियाँ राष्टपति सि अन्तर्राष्टिय हिसाबमा नै आफूलाई नेतृत्वमा स्थापित गर्ने प्रयत्न गर्दै छन्। कोर्नेल विश्वविद्यालयमा चीन विज्ञका रुपमा कार्यरत जेशिका भिसी बताउँछिन्, ‘अमेरिकाका कारण पनि चीनलाई अन्तर्राष्टिय प्रक्रिया र कानुन नेतृत्वकताको रुपमा स्थापित हुने महत्वपूर्ण अवसर प्रदान गरेको छ।’

धम्कीपुर्ण प्रतिस्पर्धा र संलग्नता

यदि प्रस्तावित नयाँ रेशम मार्ग चिनियाँ कम्पनीका लागि विश्व बजारसम्म सामान पुर्याउने बाटो बन्यो भने यो पूर्व र मध्य युरोप वारपार भएर जाने छ।

अहिलने नै चिनियाँ लगानीले ग्रीकको पाइरस बन्दरगाहलाई व्यस्त बनाइदिएको छ। यो बन्दरगाहर युरोपेली युनियन छिर्ने मुख्य द्वार हो जहाँबाट ५० करोड उपभोक्तासँग पहुँच पु¥याउन सकिन्छ। त्यस्तै चीनले सर्बियाको राजधानी बेलग्रेडदेखि हंगेरीको राजधानी बुडापेस्टसम्म पुग्ने द्रुत रेलमार्ग निर्माण गर्न पनि लगानी गर्ने वाचार गरेको छ। उसले यो क्षेत्रमा राजमार्ग, विमानस्थल, रेलमार्ग, बन्दरगाह र उर्जा केन्द्र निर्माण गर्ने वचन दिइसकेको छ।

यी सबै परियोजनाले ‘१६ जोड १’ (सिक्सिटिन प्लस वन) समूह निर्माण गर्न सघाउ पु¥याइरहेछ। यो मध्य र पूर्वी १६ वटा युरोपेली देश र चीन सहितको आर्थिक समूह हो।  यसको पछिल्लो सम्मेलन बुल्गेरियाको राजधानी सोफियामा गत जुलाईमा भएको थियो।

युरोपेली युनियनका अन्य देशका नेता भने यो आर्थिक समूहलाई उनीहरुको संगठनमाथिको धावा ठान्छन्। अर्कोतर्पm पूर्वाधार निर्माणमा वित्तीय सहयाग दिँदै गर्दा चीनले आपूmलाइ युरोपेली युनियन विकास सहयोगको विकल्पको रुपमा प्रस्तुत गरिरहेछ।

युरोपेली लगानी श्रम सुरक्षा र वातावरण संरक्षणको परियोजना सहित आउँछ। त्यस्ता लगानी ठेक्काप्रणालीमार्फत् स्वतन्त्र प्रतिस्पर्धाद्वारा प्रदान गरिन्छ। चीनले भने एकदमै सामान्य शर्तमा सहयोग प्रदान गर्छ। चिनियाँ कम्पनीले काम पाउनुपर्ने, चीनसँगको अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी हुनुपर्ने जस्ता सामान्य शर्तमात्र चिनियाँ लगानीसँग जोडिन्छन्।

प्रजातन्त्रप्रति प्रतिबद्ध हुन युरोपेली युनियनले सिर्जना गरेको दबाब चिनियाँ लगानीले कमजोर बनाउँछ भन्नेमा युरोपेली युनियनका अधिकारीहरु चिन्तित छन्। पोल्याण्ड र हंगेरी सर्वसत्तावादतर्पm फर्किँदा युनियनले लगानी रोकिदिने धम्की दिएको थियो। त्यतिबेला दुवै देशले सरकार समर्थक न्यायाधीश नियुक्ति गरेका थिए भने प्रेस स्वतन्त्रता कुण्ठित गरिदिएका थिए।

‘स्थानिय विषयहरुमा हस्तक्षेप नगरिकन मिलेर अघि बढ्दा यो दुबैका लागि फाइदाजनक सहकार्य हो’ सोफिया सम्मेलनमा जानुभन्दा पहिले हंगेरिका विदेश मन्त्री पिटर जिजार्तोले एक अन्तरर्वार्तामा भनेका थिए।

बुल्गेरियालाई आशा छ, चीनले बन्दरगाहसम्म जोडिने राजमार्ग निर्माण गरिदिनेछ। बुल्गेरियाली सरकारले युरोपीयन युनियनले भनिरहेको चिनियाँ मानव अधिकार सुचाङ्कलाई पनि वास्ता गरेको छैन।

गुडम्यान ‘द टाइम्स’का विश्व अर्थतन्त्र सम्बन्धी संवाददाता हुन् जसले ‘द वासिंगटन पोस्ट’का लागि सांघाई ब्युरो प्रमुख भएर चीनमा ६ वर्ष बिताएका छन्।

– पर्लेज ‘द टाइम्स’को बेइजिङ ब्युरो प्रमुख हुन्। उनले सन् २०१२ यता चीन र अमेरिका सम्बन्धबारे रिपोर्टिङ गरिरहेकी छन्।

–द न्युयोर्क टाइम्सबाट अनुवादः किरण दहाल

 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad