६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

देशभक्तिले जोडेको सपना

चीनको एक दुर्गम पहाडी इलाकामा बस्छिन्, गोङ वाङपिङ। उनी प्रत्येक दिन बिहान ५ः१० मा उठेर इनारमा पानी भर्न जान्छिन्। छोराको बिहानको नास्ता तयार गर्न उनलाई प्रत्येक दिन बिहान पानी भर्ने बाध्यता हुन्छ। छोरा अंगे्रजी र रसायनशास्त्रका किताबमा घोत्लिरहँदा उनी आफ्नो खुट्टा धुन्छिन्। पढ्ने क्रममा छोरा मोबाइल फोनमा अल्झिएको पाइन भने झक्झकाउने पनि गर्छिन्। 

उमेरले ५१ काटिसकेकी गोङलाई उनको छोरा लि क्युई (१७)को भविष्य महत्वपूर्ण छ। आफूले पढाइ पूरा गर्न नसकेकी उनलाई छोराको भविष्य निकै महत्वपूर्ण छ। प्राविधिक शिक्षा पढ्ने इच्छा राखेको छोराले कलेजको प्रवेश परीक्षा राम्रोसँग उत्तीर्ण गरेर अध्ययन सकी प्राविधिक अधिकारी भए आफ्नो परिवारको आर्थिक अवस्था सुध्रिने उनको विश्वास छ।

यस्ता अनगिन्ति सपना पूरा गर्न चीन सरकारसँग गोङलगायत धेरै चिनियाँ नागरिकले मौन रुपमा सौदा गरेका छन्। सरकाले परिश्रम गर्ने आफ्ना प्रत्येक नागरिकको जीवनस्तर राम्रो हुने बाचा गरेको छ। सरकारको यो बाचाको दायरामा न्यूनस्तरका चिनियाँ कृषक मात्रै होइन, तिनका सन्तान पनि छन्। यसका निम्ति उनीहरु राजनीतिक गतिविधिबाट टाढै रहनुपर्ने सर्त छ। आन्दोलनकारीहरु घरको छतमै गएर विरोध प्रदर्शन गर्दासम्म उनीहरु यसको प्रवाह गर्दैनन्, बरु सहरका भित्ताहरुमा छापिएका सरकारी प्रोपगान्डामा उनीहरुको बढी विश्वास छ।

गोङलाई चिनियाँ आर्थिक प्रगतिप्रति गर्व छ। र त्यसको हिस्सेदार हुन इच्छा पनि। उनी राजनीतिले आफ्नो जीवनमा महत्व नराख्ने बताउँछिन्। उनी भन्छिन्, ‘म नेताहरुका विषयमा खासै वास्ता गर्दिनँ र मेराबारे पनि नेताहरुले केही वास्ता गर्छन् जस्तो लाग्दैन।’ 

माओ नेतृत्वको चीनमा चिनियाँ नागरिकले धेरै कष्टपूर्ण जीवनयापन गरेको धेरै पश्चिमा विश्लेषकहरुको बुझाइ थियो। चिनियाँहरु आर्थिक वृद्धि र सामाजिक स्वतन्त्रताको मूल्यमा मात्रै एकदलीय शासन स्वीकार्छन् भन्ने पश्चिमाहरुको मत थियो। यो विश्लेषण एक समृद्ध देशका नागरिकले स्वतन्त्रताको माग अवश्य गर्नेछन् भन्ने तहसम्म पुग्यो।

माओ नेतृत्वको चीनमा चिनियाँ नागरिकले धेरै कष्टपूर्ण जीवनयापन गरेको धेरै पश्चिमा विश्लेषकहरुको बुझाइ थियो। चिनियाँहरु आर्थिक वृद्धि र सामाजिक स्वतन्त्रताको मूल्यमा मात्रै एकदलीय शासन स्वीकार्छन् भन्ने पश्चिमाहरुको मत थियो। यो विश्लेषण एक समृद्ध देशका नागरिकले स्वतन्त्रताको माग अवश्य गर्नेछन् भन्ने तहसम्म पुग्यो।

तर, परिणाम त्यसको ठीक विपरीत आयो। चिनियाँहरुको आर्थिक प्रगति दिन दुगुना रात चौगुनाका हिसाबले भयो भने शासकले आफ्नो शक्ति झनै केन्द्रिकृत गरेको छ। यस्तो लाग्छ चिनियाँ राष्टपति सी चिङफिङ जीवनकालभर नेतृत्वको तहमा रहनेछन्। यसैबीच चिनियाँ जनताले कम्युनिस्ट पार्टीसँग आफ्ना माग राखे पनि आर्थिक विकाससँगै देश प्रजातान्त्रिक प्रकृयामा जाने पश्चिमा विश्लेषण भने गलत साबित भएका छन्।

यसरी राज्यसँगै मौन सौदा गर्ने गोङजस्ता चिनियाँको अवस्था अत्यन्त नाजुक छ। चीन अझै पनि सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना हुनुपूर्वको दशकमा उत्पन्न भएका प्रश्नको जवाफ खोज्दै छ। प्रश्न हो ऊ के कारणले पछि प-यो। र पश्चिमा शक्ति ऊभन्दा अघि किन बढ्यो? उसलाई अघि बढ्न के आवश्यक छ? चीन यही प्रश्नमा रुमल्लिएको छ। 

पहिला चीनमा विद्यमान पुरातनवादी सोच, र संकृतिलाई यसको दोष लगाउने गरिन्थ्यो। यो दोष लगाउनुको कारण भने समाजको तहगत व्यवस्थालाई प्रवद्र्धन गर्ने उक्त सस्कृतिले व्यक्तिगत पहल कदमीलाई खासै वास्ता गरेको अनुभव कम थियो।

के चीनको पुरातनवादी सोच र संस्कृतिलाई मात्रैलाई सबै कुराको दोष लगाउन मिल्छ त? यो विषयमा त्यहाँका नेता र जनता खोजमा छन्। उनीहरु पुराना संस्कृतिलाई पूर्ण अवमूल्यन नगरी त्यसलाई पुनर्भाषित भने गर्दै छन्। समाजिक गतिशीलताका सम्बन्धमा चिनियाँ सरकारले शिक्षा प्रदान गर्दै छ। राष्ट्रियतालाई नयाँ कलेबर दिँदै पुराना कन्फ्युसियन र माक्र्सवादी विचारलाई विस्थापित गर्न निजी क्षेत्रलाई समाजमा परिचित गराउँदै छन्। यसका लागि उनीहरु चिनियाँ गौरवलाई र अपमानलाई नयाँ हिसाबमा व्याख्या गर्दै चिनियाँ वैभवलाई प्रसारित गर्दै छन्। धेरै चिनियाँलाई यो प्रयत्न जोडघटाउ मात्रै होइन पार्टीसँगको सौदालाई इन्कार गर्ने माध्यम पनि हो। क्रमिक रुपमा पार्टीले आफ्नो दमनकारी भूमिकालाई बढाउँदै लगेको छ।

चीनको सिङजियाङ प्रान्त र अन्यत्र बसोबास गर्ने विगर समुदायका मानिसलाई देशमा पुष्पित हुँदै गएको तानाशाही पार्टी प्रवित्तिले उनीहरुको पारिवारिक जीवनपद्धति, सांस्कृतिक र धार्मिक जीवनलाई तहसनहस पार्न सक्छ भन्ने भय छ। अन्यका लागि भने दमनको त्रास मात्रले पनि ठूलो काम गर्न सक्नेछ। यो पनि भन्न सकिने अवस्थामा छैन कि चीनका कति प्रतिशत जनताले यो व्यवस्थालाई स्वीकार गदैनन्। निजी हिसाबमा भएको कुराकानीलाई आधार बनाउने हो भने धेरै मध्यमवर्गीय जनता यो व्यवस्थाप्रति निरास छन्। यसको उदाहरणका रुपमा ट्रम्प प्रशासनसँग भएको व्यापार युद्धलाई लिन सकिन्छ। तर, यो विषयमा बोल्न कोही सक्दैनन्।

जब पश्चिमा विकास र प्रगति चिरस्थायी छैन भन्ने कुराको आभास भयो, धेरै चिनियाँ अमेरिका र युरोप छोड्दै आफ्नो मातृभूमि फर्किन थाले। उनीहरुमा आफ्ना सन्तानलाई चिनियाँ भाषा र संस्कृतिका विषय बुझाउने उत्कट अभिलाषा पैदा भएको पाइन्छ। उनीहरु आफ्नो मातृभूमिले हासिल गरेको प्रगतिप्रति आफ्ना सन्तानले गर्व गरून् भन्ने चाहन्छन्।

गोङका पुस्ता १९६० को दशकमा चीनमा व्याप्त भोकमारी र राजनीतिक परिर्वतनबाट गुज्रिएका हुन् भने उनीपछिका पुस्ता यो विषयमा सुनेर हुर्किएका हुन्। चीनमा धेरै जनता छन्। चीन अझै प्रजातन्त्रका लागि तयार छैन। राजनीतिबाट टाढा रहनु र कुनै प्रश्न नसोध्नु उनीहरुलाई बानी परेको छ। हालको अवस्थामा यो निरासा र भयलाई देशले गरेको विकास र अवसरको गन्धले छोपिदिएको छ। यो उनीहरुकोे मातृभूमिले गर्दै गरेको प्रगतिका कारण हो। 

जब पश्चिमा विकास र प्रगति चिरस्थायी छैन भन्ने कुराको आभास भयो, धेरै चिनियाँ अमेरिका र युरोप छोड्दै आफ्नो मातृभूमि फर्किन थाले। उनीहरुमा आफ्ना सन्तानलाई चिनियाँ भाषा र संस्कृतिका विषय बुझाउने उत्कट अभिलाषा पैदा भएको पाइन्छ। उनीहरु आफ्नो मातृभूमिले हासिल गरेको प्रगतिप्रति आफ्ना सन्तानले गर्व गरून् भन्ने चाहन्छन्।

जेम्स नि एक यस्तै पात्र हुन्, जसलाई अमेरिकामा अध्ययन गर्ने अवसर प्राप्त भयो। अध्ययनपश्चात् अमेरिकामा नै बस्नभन्दा उनी स्वदेश फर्किन्छन् र अर्बपति बन्छन्। यस्तै अर्को पात्र हाउ यिन्जा बेजिङका एक पुँजीपति हुन्। अमेरिकामै अध्ययन सकेपछि उतै काम गरे, तर उनी आफ्ना ८ वर्षीय छोरीले चिनियाँ हुनुको गोरव महसुस गरून् भन्ने चाहन्छन्।
‘म चाहन्छु, उनले हाम्रो भाषाको वैभव थाहा पाऊन्। यस्तै हाम्रो ग्रामीण भेगमा बस्ने मानिसले गर्ने मिहिनेतका विषयमा उनी जानकार होऊन्,’ हाउ भन्छिन्, ‘चीन कुनै समय निकै पिछडिएको देश थियो, उनको पुस्ताले धेरै नै अवसर प्राप्त गर्नेछ। पश्चिमका धेरै विश्लेषक र कूटनीतिज्ञले आफूले चीन कसरी परिर्वतन हुन्छ भनेर गरेको अनुमान किन असफल भयो भन्ने माथापच्चिसी गर्दै छन्। 

बेजिङस्थित चिनियाँ इतिहासकार र लेखक सु झियुयान, चिनियाँ मनस्थिति व्यवहारिक रहेका बताउँछन्। सानै उमेरदेखि बच्चालाई आदर्शवादी नबन्नू भन्ने सिकाइन्छ भने अरुभन्दा फरक हुन पनि नखोज्नू भन्ने सिकाइन्छ। तपाईंलाई विद्यमान समाजिक संरचना अन्तर्गत रहेरै जीवन जिउने कला, प्रतिस्पधात्मक क्षमता र संरचनाभित्रै रहेर अघि बढ्न अभिप्रेरित गरिन्छ। पूरै समाजिक संरचना नै एक खेल मैदान हो भन्ने चिनियाँ मान्यता हो।

चिनियाँ सपना
लि क्युई निकै हतास थिए, कारण उनको कलेज सुरु हुने दिन अगष्ट ९ आउन ३ सय २ दिन बाँकी थियो। उनी हतास हुनुपर्ने कारण थियो उत्तरपूर्वीय प्रान्त गान्सुको हिउनिङ माध्यमिक स्कुलको एक नम्बर कोठमा रहेका शिक्षक। यो स्कुल ग्रामीण क्षेत्रमा रहेको चिनियाँ स्कुलमध्ये राम्रो नतिजा ल्याउने मध्येमा पर्छ। त्यसैले हनिङ माध्यमिक स्कुलका शिक्षकले क्युलाई राम्रो नतिजा ल्याउने स्कुलकोे उपक्रम जारी राख्दै स्कुलको गौरव सूर्य जस्तै चम्काउने पालो उनको भएको बताएका थिए। स्कुलको हलतर्फ जानेबाटोमा विद्यार्थीलाई सानोखालको दुःख सहने क्षमताको विकास गर्नुपर्ने लेखिएको छ र जिन्दगीका दुःखलाई हटाउन आग्रह गरिएको छ।

क्युईले दुई वर्षअघि स्कुल सुरु गरेका थिए। त्यसपश्चातका उनका रात चाउचाउ खाँदै जिओम्याट्रिकका समस्या सुल्झाउँदै र जाँचका निम्ति तयारी गर्दै बितेका छन्। उनको दिन प्रायः एउटै मन्त्रले सुरु हुन्छ, स्वर्गले मिहिनेती मानिसको सम्मान गर्छ। आइतबार छोटो समयको छुट्टीबाहेक हप्ताका सबै दिन ऊ रातको १० बजेसम्म कक्षामै हुन्छ। ऊ र उसकी आमा स्कुल नजिकैको एक अमार्टमेन्टमा ३२ अमेरिकी डलरप्रति महिनाका हिसाबमा बस्ने गर्छन्। छोरालाई राम्रोसँग पढ्ने वातावरण बनोस् भनेर आमा उसका लागि खाना पकाउने र सफा गर्ने काम गर्छिन्। सबैको ध्यान आउने जुनमा केन्द्रित छ। जूनमा क्युईलगायत ९ मिलियन विद्यार्थी कलेज प्रवेशका लागि आफ्ना पढाइको अब्बलता प्रदर्शन गर्दै छन्। प्रवेश परीक्षामा राम्रो गर्ने विद्यार्थीलाई चिनियाँ सपना जिउने टिकट मिल्नेछ।

एक रात भौतिकशास्त्रको समस्या समाधान गर्दै गरेका क्युईले भने, ‘यदि मैले राम्रोसँग प्रवेश परीक्षा दिए के मेरो जीवनमा उन्नति हुन्छ? चीनको शिक्षा क्षेत्र जस्तो चलायामान सायदै अन्य क्षेत्रमा छ। विशेष गरी कलेज प्रवेश परीक्षा जसलाई ‘ज्याओखा’ भनिन्छ। हिउनिङ स्कुल, कलेजमा भर्ना हुन लिइने प्रवेश परीक्षामा प्रत्येक वर्ष राम्रो नतिजा ल्याएर चिनियाँ सपना साकार गर्ने एक माध्यम भएको छ, हिउनिङ स्कुल। क्युई जस्ता आफ्ना विद्यार्थीलाई आफ्ना पुराना नतिजा सुनाएर बढी मिहिनेत गर्न प्रेरिर गर्छ। 

भ्रष्टाचारयुक्त वर्तमान चिनियाँ समाजमा ज्याओखा स्वच्छ र भ्रष्टाचारमुक्त परीक्षा प्रणाली हो। यो प्रणालीमा असफल हुने व्यक्तिले सरकारलाई दोष लगाउन पाउँदैन। ‘यसले सरकारलाई भन्न सहज भएको छ, कोही असफल हुन्छ भने त्यो उसकै परिश्रमको कमीले हो,’ कान्सा विश्वविद्यालयका प्राध्यापक योङ झायो भन्छन्, ‘यो शासनको एक शक्तिशाली माध्यम हो।’

ज्याओखा अवसरको मात्रै होइन समाजिक नियन्त्रण गर्ने माध्यम पनि हो। केही विद्वान्को मत मान्ने हो भने यो कन्फ्यिुसियन परीक्षा प्रणाली केजुबाट सापट लिइएको शासन गर्ने एक तरिका हो। यो परीक्षा प्रणाली चीनमा १३ सय वर्षअघि नै प्रचलनमा थियो जुन माध्यमबाट सरकारी कर्मचारी छनोट गरिन्थ्यो। चीनको वंशीय शासनकालमा पनि केजुले सरकारलाई दक्ष कर्मचारी छनोट गर्ने मद्दत गथ्र्यो। यो परीक्षा सबै मानिसलाई खुला भए पनि परीक्षा दिने एक प्रतिशत मानिसले मात्रै यसमा सफलता पाउँथे। एक प्रतिशत मानिसले मात्रै सफलता पाउनुमा पढ्ने समय र पैसा दुवै केही मान्छेसँग मात्र हुन्थ्यो।

भ्रष्टाचारयुक्त वर्तमान चिनियाँ समाजमा ज्याओखा स्वच्छ र भ्रष्टाचारमुक्त परीक्षा प्रणाली हो। यो प्रणालीमा असफल हुने व्यक्तिले सरकारलाई दोष लगाउन पाउँदैन। ‘यसले सरकारलाई भन्न सहज भएको छ, कोही असफल हुन्छ भने त्यो उसकै परिश्रमको कमीले हो,’ कान्सा विश्वविद्यालयका प्राध्यापक योङ झायो भन्छन्, ‘यो शासनको एक शक्तिशाली माध्यम हो।’

माओकालीन चीनमा सुरु भएको थियो, ज्याओखा। पिछडिएको समुदायका विद्यार्थीलाई मात्रै यो प्रक्रियामा सामेल गर्ने सुरुवाती चरणको अभ्यास थियो। यो परीक्षा प्रणाली चीनको सांस्कृतिक क्रान्तिको अवधिमा स्थगित गरिएको थियो। सांस्कृतिक क्रान्तिका क्रममा शिक्षकहरुलाई निर्घात कुटिएको थियो भने स्कुलहरु बन्द गरिएको थियो। माओको सन् १९७७ मा निधन भएपछि यो प्रणालीलाई फेरि सुचारु गरिएको थियो। उक्त समयमा करिब १० मिलियन विद्यार्थी यो प्रक्रियामा सामेल हुन परीक्षामा सहभागी भएका थिए भने पछिल्लो चरणमा योग्यतालाई महत्व दिने गरी सबै मानिसलाई खुला गरिएको थियो।

उक्त समयपछि चीनमा बढ्दै गएको शिक्षित व्यक्तिको दर र प्राविधिक क्षेत्रमा चीनका मानिसले हासिल गरेको क्षमताका कारण चीनले अतुलनीय हिसाबमा आर्थिक क्षेत्रमा प्रगति गर्न सफल भयो। तर, ज्याओखा प्रणालीले चीनको शिक्षा क्षेत्रमा बढी घोकन्ते प्रवृत्ति, आज्ञाकारी हुने संस्कार बढाएको तर आलोचनात्मक चेत भने विद्यार्थीबाट हटेको आरोप लागेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीलाई स्कुलमा बढ्दै गएको विद्यार्थीको संख्याले रोजगारी दिनुपर्ने चिन्ता पनि बढाएको छ। यो शिक्षा प्रणाली ग्रामीण क्षेत्रका विद्यार्थीमैत्री नभएको पनि आरोप लाग्ने गरेको छ। विश्वविद्यालयमा भर्ना गर्न ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरका विद्यार्थीलाई सहज भएको आरोप छ। यस्तै ग्रामीण क्षेत्रका माध्यमिक शिक्षाको स्तरमा पनि ह्रास आएको छ।। हिउनिङ स्कुलले ज्याओखा शिक्षा प्रणालीलाई महत्व दिँदै गर्दा स्कुलबाट उत्तीर्ण विद्यार्थीले काम पाउन र पढ्दा लिएको ऋण चुक्ता गर्न समस्या खेपिरहनुपरेको छ। यो समस्याबाट पार पाउन केहीले अर्को तरिका पनि अपनाएका छन्। त्यो हो, कम्युनिस्ट पार्टीको सदस्यताका लागि निवदेन दिने।

प्रेम गर, विवाह होइन
कम्युनिष्ट पार्टीको सदस्य नभए पनि जेम्स नि सन्तुष्ट छन्। उनी निजी क्षेत्रमा लगानी गरेर धनाड्य भएका व्यक्ति हुन्, जसको कम्पनी मिलीले उत्पादन गर्ने सिरानी र ओछ्यान व्यापारको साझेदारी इङ्लिस फुटबल क्लब म्यानचेष्टर युनाइटेडसँग छ। उनको एउटै लक्ष्य भनेको आफ्नो कम्पनीलाई ग्लोबल ब्रान्ड बनाउने हो।

चीनको सानो सहर गान्सु प्रान्तमा जन्मिएका नि त्यतिबेला जन्मिएका हुन्, जतिबेला चीनको अर्थतन्त्र अलौकिक हिसाबमा परिर्वतन हुँदै थियो। सन् १९७५ मा उनी जन्मिँदा निजी व्यापारिक क्षेत्रले चीनमा वैद्यता प्राप्त गरेको थिएन। जब देशको अर्थतन्त्र खुला भयो त्यो दिनदेखि आजको दिनपर्यन्त निजी क्षेत्रले समस्या भोगिरहेको छ।

निश्चय नै धेरै कुरामा असमानता छ भन्छन् नि। राज्यबाट सञ्चालित कम्पनी र जोसँग राम्रो चिनजान छ उसले फाइदा लिन सक्छ। यस्तो किसिमको विकास र फौलावटको वातावरणमा आफ्नो बाटो सबैले आफैंले फैलाउन सक्छन्।

आज अनुमानित करिब ४ सय अमेरिकी डलर सम्पत्ति निसँग छ। धेरै कम्पनीका कार्यकारी व्यक्ति स्थानीय सरकारसँग फाइदा लिन सौहार्द सम्बन्ध स्थापना गर्ने प्रयास गर्छन्। नि भने आफ्नो सिद्धान्तमा प्रतिबद्ध छन्।

चीनको लामो इतिहासमा, नाफामुखी व्यापारको क्षेत्रलाई कन्फियुसियन परम्परामा नम्रताका हिसाबले व्यवहार गरिएको परिप्रेक्ष्यमा हाल देशले व्यापारिक क्षेत्रलाई कसरी अँगाल्छ भन्ने विषय महत्वपूर्ण हुन्छ। पश्चिमा प्रगतिको दौडलाई भेट्न र राष्ट्रिय अर्थतन्त्र र हितलाई सबलीकरण गर्न कम्युनिस्ट पार्टीले व्यापार र अर्थतन्त्रलाई साधनको रुपमा होइन साध्यको रुपमा परिचालन गर्छ।

आज अनुमानित करिब ४ सय अमेरिकी डलर सम्पत्ति निसँग छ। धेरै कम्पनीका कार्यकारी व्यक्ति स्थानीय सरकारसँग फाइदा लिन सौहार्द सम्बन्ध स्थापना गर्ने प्रयास गर्छन्। नि भने आफ्नो सिद्धान्तमा प्रतिबद्ध छन्

पार्टी नेतालाई एउटै कुराको चिन्ता छ। कतै निजी क्षेत्रका व्यापारीहरु स्वतन्त्र आर्थिक शक्तिको रुपमा उदय त हुँदैन् भन्ने। पश्चिमाले पनि के विश्लेष गरिरहेको छ भने पुँजीवाद चीनको प्रजातान्त्रीकरणको लागि एक गतिलो माध्यम हुन सक्छ। पार्टीको सदस्यता लिन नचाहे पनि नि एक सच्चा देशभक्त हुन्। उनी चीनलाई माया गर्छन् र नेताहरुले जे गर्छन् देशकै हितका लागि गर्छन् भन्ने सोच राख्छन्। उनी भन्छन्, यो देश मेरो हो। जहिलेसम्म म यो ठाउँमा बस्छु म आत्मसम्मान र सुविधाका साथ बस्छु। महत्वपूर्ण कुरा नै यही हो।

पार्टीले सन् १९७९ मा केही निजी कम्पनीलाई वैधता प्रदान दियो भने सन् २००१ मा पुँजीपतिलाई पार्टीको सदस्यको रुपमा स्वीकार गरेर एक ऐतिहासिक काम ग-यो। निजी क्षेत्रलाई पार्टीमा प्रवेश गराएर राज्य र व्यापारिक क्षेत्रबीच अन्तर्निर्भरता कायम गर्ने काम भएको बताउँछन्, हङकङ विज्ञान तथा प्रविधि विश्वविद्यालयतर्फका मानविकी तथा सामाजिक विज्ञान विभागका प्रमुख केलप त्यासी। 

यति हुँदा पनि राज्य नियन्त्रित कम्पनीले नियमसम्मत प्रतिस्पर्धाको उपाधि पाएको छ। निको पहिलो सफ्टवेयर कम्पनी असफल भयो। बजारमा सिरानी र डसनाको व्यापार व्यापक हुने थाहा पाएपछि उनी पनि यतै आकर्षित भए। तर काम गर्न राज्य संरक्षित कम्पनीले सजिलै बैंकिङ ऋण प्राप्त गर्दा पुँजीगत लगानीको कुनै इतिहास नभएको उनको कम्पनी बन्द भयो।

बैंकिङ ऋणको सट्टा निले व्यक्तिगत ऋणमा कम्पनी सुरु गर्ने सोच बनाए। यसका लागि उनले प्रत्येक किस्तामा ६० हजार चिनियाँ आरएमबीको हिसाबले करिब ५ लाख आरएमबी ऋण संकलन गरे। यसमध्ये उनलाई सबैभन्दा धेरै ऋण दिने व्यक्ति उनको आफ्नै थिए, जसले उनलाई आधाभन्दा बढी सहयोग गरे।

निको कम्पनी गान्सु प्रान्तको सहर नातोङमा स्थापना भएको पार्टीको कार्यकताले थाहा पाए। तर नि भन्छन्, मैले नियमसम्बद्ध कम्पनी स्थापना गरेको भएर होला कम्पनीलाई कहिल्यै राजनीतिक समस्या आइपरेन। उनको कम्पनीले करिब ३ हजार व्यक्तिलाई रोजगारी सिर्जना गरेको छ भने स्थानीय सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी पनि बनेको छ। यसले गर्दा सरकारी अधिकारीलाई लक्ष्यअनुरुप राजश्व संकलनमा टेवा पुगेको छ।

जब पार्टीले कम्पनीसँग केही माग राख्छ, त्यसलाई फिर्ता पठाउने माध्यम पनि छ। चार वर्ष अघि निका उपकार्यकारीले भनेका थिए, ‘सरकार उनको कम्पनी मिलीमा पार्टीको सेल बनाउन चाहन्छ।’ उनी सम्झन्छन्, ‘मैले हुँदैन भनें, दोस्रो तहका कर्मचारीले पहिलो तहलाई प्रभावमा पार्न खोजेजस्तो देखिन्छ। यो सी बाट आएको निर्देशन थिएन।

सी को शासनकालमा यस्तो प्रवृत्ति भएका मानिसको संख्या घटेको छ। हालका महिनामा कम्युनिष्ट विद्वानहरु, ब्लगरहरु र सरकारी अधिकारीहरुले बजार निर्देशित प्रणालीबाट राज्य नियन्त्रित प्रणालीमा जाँदा के हुन्छ भनेर सार्वजनिक रुपमै बोलेका छन्। राष्ट्रपति सीले देशको विकासमा निजी क्षेत्रको भूमिकाको प्रशंसा गरे पनि उनको व्यापार दृष्टिकोणले राज्य स्वामित्वको क्षेत्रलाई अनुमोदन गरेको छ। चाहेको क्षेत्रमा हस्तक्षेप गर्न सक्ने गरी चीनको कर्मचारीतन्त्र इतिहासकै ठूलो भएको बताउँछन्, हाडर्वडमा चीन अध्ययन केन्द्रकी प्राध्यापक विलियम सी क्रिबाई। यो सिद्धान्तले मात्रै होइन। धेरै मानिस यस्ता छन्, प्रतिपर्धा चाहँदैनन्।

मार्गदर्शनका लागि नि सधैँ अलिबाबका कार्यकारी प्रमुख तथा चीनकै धनाड्य र प्रसिद्ध व्यक्ति ज्याक मालाई हेछन्। नि हाल एक विजनेस कलेजमा भर्ना भएका छन्। भविष्यको व्यापारका लागि नयाँ पुस्तलाई तयार गर्दै गरेको स्कुलमा व्यापार कसरी गर्ने भन्ने कुरा सिकाइन्छ।

यो अवधिमा ज्याकमा ले निजी क्षेत्र र सरकारी क्षेत्रबीच रहेको आकर्षण र विकर्षण अध्ययन गर्ने मौका पाए। ज्याकमाको व्यापारीहरुलाई एउटै सन्देश छ, जुन कुरालाई निले आफ्नो मनमा लिएका छन्। त्यो हो, पे्रम गर तर विवाह नगर।

घर फर्कने आकर्षण
समयको अन्तरालमा हुउ यिन्झीलाई चीनले आकर्षित गरेको अनुभव भयो। यो आकर्षणले उनलाई अचम्ममा पा-यो।अमेरिकाको संम्भ्रान्त वर्गले पाउने शिक्षा पाएर श्रीमती हुउ अमेरिकास्थित बोस्टन बस्दै आएकी थिइन्। परार्मशदाताको जागिर गर्दै आएकी उनले अमेरिकाको नागरिकताका लागि आवेदन पनि दिएकी थिइन्। उनलाई ज्याज र अमेरिकाको पप संस्कृति निकै मनपरे पनि चीन छोडेको निकै वर्षपछि उनीले सन् २००७ मा चीन फर्किने निधो गर्छिन्।

यसको प्रमुख कारण चीनमा प्राप्त भएको अवसर हो। उनलाई बेजिङमै परार्मशदाताको जागिर मिल्यो। उनी चीन फर्किनुको अर्को कारण उनमा आएको अमेरिकी मोहभंगता पनि हो। चीनमा रहेका उनका साथीहरुको करिअर माथि उठ्दै गर्दा कर्पोरेट अमेरिकामा रहेको उनका चिनियाँ साथीहरुले बासको सिलिङ बनाउँदै थिए। अझ यसको अर्को पाटो झनै गहिरो छ, त्यो हो आफ्नो जडसँगै जोडिँदै देशलाई पश्चिमा विकासको गति भेट्न सहयोग गर्नु।

हाल एक उद्यम पुँजी फर्ममा साझेदार रहकी श्रीमती हुउ जो उमेरले ४४ पुगेकी छिन्। उनको छोरी पढ्ने प्राथमिक तहको स्कुलले चीनको ताङ वंशावलीसँग सम्बन्धित कविता सुनाउँछ। मेरी छोरीलाई आफू कहाँबाट आएको हो भन्ने कुरा थाहा हुनुपर्छ भन्छिन्, युऊ। 

प्रजातान्त्रिक वातावरणसँग परिचित हुऊका पुस्ताका मान्छेले चीनमा पनि त्यस्तै वातावरणको माग गर्ने अनुमान गरिएको थियो। अमेरिका र युरोपमा अध्ययनरत चिनियाँ विद्यार्थीले सम्पन्न र सम्मानित हुने जुन कुरा सिकेका हुन्छन्, त्यो आफ्नो देशमा पनि खोज्छन्। र, देश परिवर्तनको संवाहक बन्छन् भन्ने पश्चिमाहरुको विश्लेषण थियो।

अन्य मध्यमवर्गीय अभिभावक जस्तै हुउलाई पनि चीनमा रहेको दमन र यत्रतत्र फैलिएको भैतिवादी समाजले चिन्तित तुल्याउने गर्छ। यद्यपि यी अभिभावक चाहन्छन् कि आफ्ना सन्तानले अरु कुराभन्दा पहिला आफू चिनियाँ भएको देखून्। आफ्ना नयाँ पुस्ताले चीनको कृषि समाजप्रति गर्व गरून्। र, गरिबीबाट आफ्नो देश कसरी माथि उठ्न सफल भयो भन्ने कुरा जानून्।

गोङका पुस्ता १९६० को दशकमा चीनमा व्याप्त भोकमारी र राजनीतिक परिर्वतनबाट गुज्रिएका हुन् भने उनीपछिका पुस्ता यो विषयमा सुनेर हुर्किएका हुन्। चीनमा धेरै जनता छन्। चीन अझै प्रजातन्त्रका लागि तयार छैन। राजनीतिबाट टाढा रहनु र कुनै प्रश्न नसोध्नु उनीहरुलाई बानी परेको छ।

इतिहासदेखि नै चिनियाँ नागरिकको जुनुनमा देशभक्तिको भाव रहेको छ। अप्ठेरो अवस्थामा पनि देशमा रहेको एकता र विदेशी हस्तक्षेपका बाबजुद देशले कायम राख्न सकेको आफ्नो संस्कृति र सभ्यताका विषयलाई पनि उनीहरु गर्वको विषय मान्छन्। पार्टीले पनि विश्वमा चीन अघि बढ्न चिनियाँहरुमा एकता आवश्यक पर्ने कुरामा जोड दिन्छन्।
केही विद्वान चीनको आर्थिक विकासको सफलतामा कम्युनिष्ट पार्टी र त्यसको नीतिभन्दा त्यहाँका जनतामा चुप लागेर बस्न सक्ने क्षमताले बढी काम गरेको तर्क गर्छन्। एकतन्त्रीय शासन भीडलाई नियन्त्रण गर्ने एक उत्तम उपाय भएको उनीहरुको तर्क छ। चिनियाँ राष्ट्रियताले जनतालाई राष्ट्रसँग जोडेर राख्छ, एक आपसमा होइन, भन्छन्, केयरमाउन्ट म्याकेनन कलेजका प्रध्यापक मिक्षिङ पी।

राष्ट्रपति सीले परम्परागत संस्कृतिलाई छानेर नै पुनर्जागृत गरेका छन्। भन्छन्, ‘विज्ञहरु, जुन प्रयासले चिनियाँहरुलाई आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकाउँछ। यो अभ्यासको वैभव भए पनि ऐतिहासिक रुपमा यो विरोधाभाषपूर्ण छ। आधुनिकीरणका अभियानता जसले सिंगो वंशावली अन्त्य ग-यो, र माओ आफैले पनि एक कालखण्डसम्म चिनियाँ संस्कृतिकै कारण चीन पछि परेको आरोप लगाएका थिए।

मानिसलाई आफूप्रति आकर्षित गर्न छोडेको कम्युनिष्ट सिद्धान्तकै सहायतामा सीले चिनियाँ सस्कृतिलाई पुनर्जागृत गर्दै देशको सुरक्षा र बाहिरी शक्तिसँग देशको रक्षाका लागि देशलाई एक शक्तिशाली नेताको आवश्यकता भएको प्रस्ट्याएका छन्। जसका कारण केही मानिसलाई देश फेरि पनि विश्वमाझ एक्लिन्छ कि भन्ने चिन्ता लागेको छ। 

विश्वका लागि खुला हुनु र पश्चिमा देशबाट सिक्नुमा कुनै हीनताबोध नहुने बताउँछन्, सांघाइस्थित प्राग्य तथा सांस्कृतिक आलोचक झुउ डाके। चिनियाँ सस्कृति आफैंले बन्द नगरेको र चीन आफैंले बनाएको होइन। विडम्बना, यो दृष्टिकोण अल्पमतमा रहेको उनी बताउँछन्।

चोङयाङ पार्कतिर फर्किएको बेजिङमा अवस्थित श्रीमती हुऊको अपार्टमेन्टमा पूरा पर्चा टाँसिएको छ, जसमा समाजवादी मूल्यमान्यता जस्तै राष्ट्रभक्ति, इमानदारीता जस्ता विषय समेटिएको छ। देशभक्त भएर देशको विषयमा आलोचना गर्नु असम्भव भएको उनलाई लाख्छ। योसँगै उनलाई सूचनाका विषयमा गरिएको कठिनाइको विषयमा पनि खासै चित्त बुझेको छैन। उनी भन्छिन्, ‘म चिनियाँ नागरिक हुँ, तर, मलाई चीनका सबै विषय महान् छन् जस्तो लाग्दैन।’ 
पूर्ण रुपमा उनको चित्त नबुझे पनि समाज सही दिशातर्फ बढेको उनको विश्वास छ। दुई कदम अघि र एक कदमपछि लिँदै समाज प्रतिक्षासँगै शान्तिउन्मुख भएको उनी बताउँछिन्।

आफै कार चल्ने र मोबाइलका माध्यमबाट पैसा तिर्न मिल्ने जमानामा पनि चीनको ग्रामीण भेगमा रहेको असमानताका विषयलाई बुझाउन हुऊ आफ्नी छोरीलाई चीनको विपन्न स्थानतर्फ घुमाउन लैजान्छिन्। उनी चाहन्छिन्, उनकी छोरी सहनशील क्षमताले चीनमा बस्नु सक्नेछिन्। जुन बाँकी विश्वलाई पनि खुला होस्। तर, त्यो भनेको चीन पनि बाँकी पश्चिमा देशजस्तै होस् भन्ने होइन।

एमी क्युन हङकङस्थित द टाइम्सकी संवाददाता हुन्। उनले चिनियाँ सस्कृति, समाज र राजनीतिका विषयमा सन् २०१२ देखि लेख्दै आएकी छन्। 

जेभियर सि हर्नाडिज बेजिङस्थित द टाइम्सका संवाददाता हुन्। सन् २०१४ मा चीनमा बसाइँ सरेदेखि नै उनले चिनियाँ मिडियामा कम्युनिस्ट सरकारले वर्चस्व कसरी कायम गरेको छ भन्ने विषयमा र समाजिक र स्कुलका विषयमा कलम चलाउँदै आएका छन्। जनवरी ९, २०१९ मा द न्युर्योक टाइम्समा प्रकाशित लेख नागरिक न्युजका लागि पुरुषोत्तम पौडेलले गरेको अनुवाद 

 

याे पनि पढ्नुहाेस्

विश्व अर्थतन्त्रमा यसरी पुग्यो चीन

यसरी फेरियो चीन

प्रकाशित: ६ चैत्र २०७५ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App