जनता : राज्यको सम्पत्ति कि दायित्व?

आइतबार, १५ पुष २०७५, ०७ : ४६ कोमल भट्ट

आज पनि वैयक्तिक अनुभवबाटै सुरु गर्छु। केन्द्रीय र प्रदेश सरकार चुन्न मैले जीवनमा पहिलोपटक मतदान गरेँ। केन्द्रमा संघीय सरकार अनि प्रदेशमा प्रदेश सरकार बनाउन सांसद चुन्ने मेरा लागि पहिलो मतदानको अनुभव थियो। २०४८ र २०५१ को चुनावमा मेरो उमेर नै पुगेको थिएन। २०५४ को स्थानीय निर्वाचनमा भोट हालेपछि एकैपटक २० वर्षको अन्तरालमा गएको वर्ष चुनावमा मतदान गरेँ। २०५६ को चुनावमा काठमाडौँकै रमितामा भुलेँ। २०६४ मा मन हुँदाहुँदै पनि जान पाइनँ, २०७० को चुनाव पनि त्यसै गयो मेरा लागि।

२०५४ सालमा बा गाविस अध्यक्षको चुनावमा उठ्नुभएको थियो। जीवनको पहिलो मतदानमा मैले बालाई दिएको मत काम लागेन, बा लगभग ९० भोटले पराजित हुनुभयो, त्यो बेला पनि मैले बालाई मात्र भोट दिएँ। मैले मेरा बाका लागि भोट मागिनँ। न मेरा बाले नै मलाई मेरा लागि भोट मागिदे भन्नुभयो। बरु चुनावको प्रचारप्रसार म बाको पार्टीभन्दा भिन्न पार्टीको गरेँ। मलाई बाको पार्टीभन्दा मलाई राज्यको सम्पत्ति ठान्ने पार्टी बढी प्रिय लागेथ्यो।

कालान्तरमा म आफैैँ २०६२/६३ को आन्दोलनमा सशरीर उपस्थित भएँ। मलाई रैती ठान्ने राजाका विरुद्ध स्वर सुक्ने गरी चक्रपथ परिक्रमा गर्दा त्यो एक निमेशझैँ लागेथ्यो। मै जस्ता एकएक गरेर हजारौँ अनि लाखौँको गगनभेदी विरोध र गर्जनका कारण देशमा परिवर्तन आयो। मलाई बलशाली ठान्नेहरूले भने अब नेपालै नयाँ हुनेभो र पुरानो नेपालको दिन गयो। होला त नि भनेँ। आखिर जीवन अलिकति आशा, अलिकति निराशाको मिश्रण न हो। २० वर्षपछि मलाई भोट हाल्ने निकै इच्छा जागेर आयो। काठमाडौँमै बसेर चुनावमा भोट हाल्न मन लागेन। त्यसैले आफ्नै गाउँ डोटीको कपल्लेकी पुगेर २० वर्षपछि मतदान गरेँ। मतदान हुने दिनको अघिल्लो साँझ म घर पुग्दा अघि-पछि निकै खुलेर बोल्ने, सञ्चो बिसञ्चो सोध्ने, आत्मीयता दर्शाउने आफ्नै नातेदारहरु म घर पुगिसक्दा पनि खासै बोल्न मन गरेनन्। चिने÷जानेकाहरु पनि त्यसै तर्किए। पछि सम्झेँ, शायद तिनलाई मेरो विगत सम्झना भएको हुनुपर्छ। म जाँदा तिनले कल्पना गरेको भन्दा एक भोट विपक्षमा जाँदै थियो।

सम्पत्तिले पुनरुत्पादनको भाका बोल्छ जबकि दायित्वले प्रतिफल नदिने लगानी जसबाट पुनरुत्पादन सम्भव छैन। नत्र ठूलाठूला क्रान्ति हुँदा त्यसका नायक जनता क्रान्ति सम्पन्न हुँदा किन एकाएक किनारा लाग्छन्?

जुनसुकै तन्त्र होस, सैनिकले प्रत्यक्षरूपमा शासन हत्याएको अवस्थामा बाहेक प्रायः सबै व्यवस्थामा आफूमाथि शासन गर्न जनताले केही व्यक्तिलाई मतदानमार्फत वैधानिकता दिन्छन्। जगतमा मान्छेले चलाएका जे-जति तन्त्र छन् ती सबैले बारम्बार प्रयोग गर्ने शब्द हो जनता। नेपालमै पनि रैतीबाट प्रजा, फेरि पञ्च हुँदै प्रजा, क्रान्तिकारी अनि राता मान्छे हुँदै अनि फेरि जनताबाट एक खुड्किलो चढेर लोक र त्यतिले नपुगेर अब गणमा आइपुगेका छौँ। समयक्रममा जनता यी अनेकन भाष्यमा परिभाषित हुँदै आएका छन्। विभिन्न वादका परिदृश्यमा समय र सन्दर्भअनुसार अथ्र्याइएका जनता भने अझैँ आफ्नै अर्थ खोज्दैछन्। समयक्रममा कहिल्यै जनता जनार्दन, कहिल्यै शक्तिका स्रोत त कहिल्यै रछ्यानमा मिल्काइका वस्तु भएका छन्।

यी अनेकन तन्त्रमा कतै जनता सम्पत्तिका रूपमा परिभाषित छन् त कतै दायित्वका रूपमा बोझ। हाम्रो संविधान २०७२ ले लक्ष्य नै तोकेको छ– समाजवाद। भलै यसमा स्पष्ट छैन कस्तो समाजवाद या कसको समाजवाद ? समाजवादका पनि आआफ्नै व्याख्या होलान्। कसैले बिपीले भनेजस्तै समाजवाद भन्लान् या कसैले साम्यवादमा पुग्नुअघिको खुड्किलो। बाटोको लम्बाइ या चौडाइ र दूरी पार गर्न लाग्ने समय जतिसुकै होस्, आफूले परिकल्पना गरेको आधार नभेटिउञ्जेल भनिनेछ– हो, हामीले भनेकोठयाक्कै यस्तै हो। गति बयलगाढाको जस्तै किन नहोस्। जुन रफ्तार र गतिको अपेक्षा थियो त्यो नभेटिएपछि, नदेखिएपछि जल्ले जहाँसम्मको दूरी तय गर्ने मनसाय राखेको थियो शायद गन्तव्य पनि त्यही भएको मानिनेछ र रङ्गरङ्गसमाजवादले जनताको नाममा रजाइँ गर्नेछ।

तर जनतालाई शीरमा राखेर यात्रा तय गर्छौैँ भन्नेहरूले अहिलेसम्म भन्न नसकेको कुरा हो फेरि पनि जनता राज्यका सम्पत्ति हुन् या राज्यको दायित्व ? हाम्रो संविधानले जे परिकल्पना गरेको छ त्यसले इङ्गित गर्छ जनता राज्यका सम्पत्ति हुन्। गति र प्रगतिबीचको तालमेल नमिल्दा अनि राज्य र जनताबीचको यो भेद स्पष्ट नखुल्दा बोलीले तिमी हाम्रा सम्पत्ति हौ भन्ने तर व्यवहारले दायित्व भएको देखाउने। सम्पत्तिले पुनरुत्पादनको भाका बोल्छ जबकि दायित्वले प्रतिफल नदिने लगानी जसबाट पुनरुत्पादन सम्भव छैन। नत्र ठूलाठूला क्रान्ति हुँदा त्यसका नायक जनता क्रान्ति सम्पन्न हुँदा किन एकाएक किनारा लाग्छन्?

मलाई यतिखेर मैले दिएको त्यो एक मतको माया लागेर आएको छ। २० वर्षपछि मलाई जे कुराले डोर्‍याएर मतदानका लागि घर पुर्‍याएको थियो, रात्रिबसको अनिँदो र थकित ज्यान लिएर म दुई दिन लगाएर घर पुग्दा पनि मलाई मतदान गर्ने जुन हुट्हुटीले त्यहाँ पुर्‍याएको थियो कि म पनि राज्यको सम्पत्ति हुन पाउनेछु। म प्रक्रियामा सामेल भइन भने फेरि पनि अघिल्ला जस्तै आउने सरकारले मलाई दायित्वका रूपमा हेर्नेछ। म जुनकुनै हालतमा यो राज्यको सम्पत्ति भएरै छाड्नेछु भन्ने अपेक्षा थियो।

मेरा प्रतिनिधि अलिकति सुध्रिएका होलान, मेरै पुस्ताको स्वतन्त्रताका लागि त्यत्रो जेलनेल भोगेका होलान् जस्तो लागेथ्यो। म तिनका भाषणले कहिले उत्तेजित भएँ, तिनलाई मेरो आफ्नैठानेर कहिल्यै के वादी भएँ कहिल्यै के वादी भएँ। मलाई लाग्थ्यो, मेरो पुस्ताका लागि त्याग त्यत्रो गर्नेहरू साँच्चै त्यागी भएका होलान्, त्यागबाहेक तिनको अर्को स्वार्थ छैन होला। मेरो पुस्तामा तिनले जगाएको आश यति चाँडै त खरानी नहोला जस्तो लाग्थ्यो, म भ्रममा रहेछु।

मलाई थाहा थिएन, मेरो जस्तै या मभन्दा पनि कमको हैसियत भएकाहरू सत्तामा पुगे भने मलाई नै बाटोमा हिँडन रोक लगाउनेछन्। बेलायतमा पुग्दा रानीको दरबारअघि सेल्फी लिनेहरू, त्यहाँको संसद् भवनभित्र छिरेर वाउ ! भन्नेहरू, अमेरिका पुग्दा राष्ट्रपति निवासअघि फोटो खिचेर फेसबुकमा पोस्टिनेहरू, जेनेभा पुगेर संयुक्त राष्ट्र संघअघि निर्धक्क ठडिनेहरू आफ्नै जनताबाट यति त्रसित हुनेछन्, सडक रित्याएर सवारी चलाउनेछन्, निवासअघि फोटो खिच्दा पत्रकारलाई थुन्नेछन्, जनतालाई सास्ती दिन जोर/बिजोरको आतङ्क मच्चाउनेछन्,सिन्डिकेट सकियो भनेर गाडी मालिकका स्वार्थमा मोलाहिजा गर्नेछन्, धुलोधुवाँमा जनस्वास्थ्यको धज्जी उडाउनेछन्, स्वास्थ्य र शिक्षामा कुस्त नाफा कमाउनेहरूको पक्षपोषण गर्नेछन्, ८ प्रतिशत ब्याजमा कर्जा दिएर दोब्बर पुर्‍याउने वैधानिक लुटेरा जस्ता निजी बैँकलाई पोस्नेछन्, राज्यको नाममा तेलमा रजाइँ गर्नेछन्, स्वकीय सचिवको पनि आपैmँ भत्ता पचाउनेछन्, घर हुँदाहुँदै घरभाडा पचाउनेछन्।

तात्तातो क्रान्तिबाट आएकाहरू जनताका नाममा यतिसम्म गर्लान् भन्ने मनको कुनै कुनामा पनि लागेको थिएन।मलाई अहिले मेरै सपनाको माया लागेर आएको छ, मेरै अपेक्षाको दया जागेको छ। मलाई रूप र सार, अंश र समग्र, छलाङ अनि निरन्तरताको क्रमभङ्ग के-के जाति हुन यी सबै शब्दका माया लागेर आएको छ। मलाई लाग्थ्यो, यिनले भनेझैँ म यो देशको स्वतन्त्र नागरिक हुँ, जनबलको एक अंश हुँ। त्यसैले अहिले मलाई सबैभन्दा ठूलो लागेको झुट भनेको जनता सर्वोच्च हुुन् भन्ने वाक्य हो।

म धेरै त भन्दिन तर दुई हजार वर्षअघि मरेका भनिएका जिससले खै कसका कोखमा वीर्य छाडेर गएका थिए कुन्नि, तिनकी एक मात्र छोरी सच्चा माता हक जा हान मुनले यिनको कल्याण गरुन्, गोरखानाथका पीठाधीशले यिनको मनोकामना पूर्ण गरुन् र सबका नाथ एकनाथले यिनको रक्षा गरुन्।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad