८ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

लुटेराको गोलीबाट धनुषमा एक घाइते

धनुषा – मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ। लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्।

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेको थियो। श्रेष्ठको तीघ्रामा गोली लागेको छ। उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ।

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र एक लाख भन्दा बढी नगद लुटपाट गरेको छ। लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं. ८ का वडाध्यक्ष देवनारायण महतोले बताए। प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ। रासस

प्रकाशित: २५ श्रावण २०७५ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App