८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

कोरोनाविरुद्धको खोप अनुभव : पहिलो चरणमै खोप पाउँदा भाग्यमानी सम्झेँ

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको शुभारम्भ गरेका हुन्। काठमाडौं उपत्यकमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र सहितसातै प्रदेशमा रहेका ६२ अस्पताल र  १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप अभियान सुरु भएको छ। पहिलो चरणको ‘कोभिशिल्ड’ खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरफाईकर्मी, तथा महिला स्वमसेविकालाई खोप लगाइएको छ। त्यस्तै अग्रपंक्तिमा खटिने पर्वत कुस्मा नगरपालिकामा सुरक्षा गार्डको रुपमा काम गर्ने प्रकाश सुवेदीलाई यस्तो समयमा खोप लगाउन पाउँदाको उनको अनुभव कस्तो रह्यो? प्रस्तुत छ नागरिकले गरेको कुराकानी :

कोरोनाविरुद्धको खोप लगाउन पाइने भन्ने भएपछि कस्तो महसुस भयो ?

नेपालमा पनि खोप आयो भन्दा एकदमै उत्साहित भएँ। विश्वभर कोरोनाकै कारण धेरै मानिसको मृत्यु भयो। कति स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले ज्यान गुमाए। भाग्यवश पर्वतको कुस्मा नगरपालिका कार्यालयका कसैलाई पनि देखिएन। यस अघि पनि यहाँका कर्मचारीहरुको कोभिड–१९ को परीक्षण गरिएको थियो। तर हामी जस्ता अग्रपंक्तिमा काम गर्नेहरूलाई झन् जोखिम छ। यस्तो अवस्थामा आफूले खोप लाउन पाउने भएपछि सुरक्षित भईयो भन्ने लाग्यो।  

पहिलो पटक खोप लगाउँदा कस्तो महशुस भयो ?  

पहिलो चरणको खोप लगाउन पाउँदै निकै खुशी महशुस भएको छ। त्यसैले सुरूमा अलिअलि डराएँ।  खोपले ‘साइड इफेक्ट’ गर्छ भन्ने सुनिएको थियो। केही देशमा खोप लगाएपछि मृत्यु भएएको कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेको थियो। तर डाक्टरहरुले डराउन पर्दैन भन्दै नआत्तिन सुझाए। यस कारण पनि अझ सहज महसुस गरेँ  

तर, कोरोनाका अगाडि खोपकै फाइदा बढी छ भनेर मन बुझाएँ। स्वास्थ्यकर्मीहरुले खोप लगाएको ४५ मिनेटसम्म आमर गर्न सुझाए। त्यो बीचमा शरिर आलाश्य हुने र वान्ता हुने लक्षण देखा पर्न सक्छ भन्ने सल्लाह दिएका थिए। म पनि ४५ मिनेट आरम गरेँ। त्यस पछि घर गएँ।  

अब कोरोनाबाट सुरक्षित भएँ भन्ने महशुस भयो ?  

खोपले ७० प्रतिशत भन्दा माथि काम गर्छ भन्ने डाक्टरहरुले भनेका छन्। खोप लगाइसकेपछि एक किसिमको सुरक्षा महसुस हुँदोरहेछ। विश्व नै कोरानले आक्रान्त भईरहेको बेलामा। तर अझै दोस्रो चरणको खोप लगाउन बाँकी छ। अब २८ दिन पछि खोप लगाउन बाँकी नै छ। तर डाक्टरहरुले खोपले मात्रै पूर्ण सुरक्षित गराउँदैन भनेका छन्। खोपले मात्रै ग्यारेन्टी कुनै रोगको खोपले दिँदैन भनेका छन्। त्यसकारण अझै सुरक्षित रहनु आवश्यक छ।  

लगाइसकेपछि कस्तो प्रभाव देखार्दो रहेछ ?  

खोप लगाएको ४५ मिनेटसम्म आराम गर्नु पर्ने रहेछ। त्यो समयावधिमा केहि समस्या देखिन्छ कि भनेर। खोप लगाउनु अघि डाक्टर, नर्सहरुले सम्झाउने बुझाउने गर्नु हुँदो रहेछ। त्यसपछि म घर निस्किएँ। अरु खोपजस्तै लगाएको ठाउँमा अलिकति दुख्यो। भोली पनि केहि समस्याहरु देखा परे अस्पातल आउन स्वास्थ्यकर्मीको सल्लाह छ।  

कोरोना खोप कसरी लाउने होला भन्ने अधिकांशलाई लागेको छ। कसरी रहेछ?

मैले पहिलो चरणको खोप लगाएँ। अब २८ दिन पछि पुनः दोस्रो चरणको खोप लगाउनुपर्छ। स्वास्थ्यकर्मीहरुले बीचमा केहि ज्वरो, रुखाखोपी वा अन्य केहि समस्या देखिएमा फेरि अस्पताल आउन सुझाउनु भएको छ। त्यस्तो केहि समस्या भएन देखिएन भने २८ दिन पछि दोस्रो चरण खोप लगउँछु। आशा गरौं राम्रै होला। अहिलेसम्म डरको कुनै महसुस नै भएको छैन। कसैलाई खोप लगगाउँदा वान्ता आउने शरिरमा आलाश्य हुने पनि भएको छैन्।  

तपाईं अग्रपंक्तिमा खटिने भएर प्राथमिकता पाउनु भयो। नेपालमा आम सर्वसाधरणले खोप सहजै लगाउन पाउने कहिले हो, यकिन छैन। खोप लगाउन नपाएकहरुलाई कस्तो सुझाव दिनु हुन्छ?

नेपालमा भर्खर पहिलो चरणको कोरोनाविरुद्धको खोप आएको छ। यो हामी नेपालीहरुको लागि खुशीको कुरा हो। तर खोप आयो भन्दैमा हेल्चेक्र्याईँ हुँदैन। खोपले मात्रै काम गर्छ भन्ने छैन। डाक्टरहरुले पनि खोप लगाए पनि सुरक्षित रहन सुझाएका छन्। त्यसकारण सामाजिक दुरी, मास्क, ‘स्यानीटाइजर’ सुरक्षका विधि अपनाउनु आवश्यक छ।

 

प्रकाशित: १४ माघ २०७७ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App