१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘भ्रमणयोग्य नगर बनाउँछौं’

त्रियुगा सभ्यता र विकासलाई जोड्न त्रियुगादेखि गंगासम्म वस सेवा संचालन गर्ने प्रारम्भिक अभ्यास भएको छ।

त्रियुगा नगरपालिका क्षेत्रका प्रमुख पर्यटकीय सम्पदा के के हुन ?
त्रियुगा नगरपालिकाको भूवनावट आकर्षक छ। चुरे उपत्यका सुन्दर छ। उत्तर तर्फको महाभारत पर्वत बीचबाट बहने त्रियुगा नदी र आसपासका आदिवासी जनजाति थारु, दनुवारको सभ्यता र संस्कृति नै प्रमुख पर्यटकीय आकर्षण हुन्।
सत्य, द्धपार र कलि तीनवटै युगमा त्रियुगा नदी अस्तित्वमा रहेको पाइन्छ। सिमाको प्रसिद्ध धार्मिकस्थल रौतापोखरी दर्शन गर्न यतैबाट जानु पर्छ। नगरभित्रको उदयपुर सिमेन्ट कारखाना औद्योगिक पर्यटन केन्द्र बनेको छ।
नगरका खाँबु चिलाउने, साउने जस्ता ठाउँमा आदिवासी जनजाति राई, मगर र माझीको घना वस्ती छ। त्यहाँको मौलिकता अवलोकन गर्न, त्यहाँबाट देखिने हिमाल हेर्न र तराईका फाँटमा रमाउने पर्यटक तान्न सकिन्छ। सुनकोसीको किनार समेटेर हिल सिटी बनाउने हाम्रो योजना  छ।   

नगरपालिकाले कस्ता किसिमका पर्यटक भित्राउन सक्छ ?
आन्तरिक पर्यटन संस्कृति बढ्दो मात्रामा छ। रौतापोखरी, सुनकोसी किनार, डहर, रानीवास, साउने जस्ता ठाउँमा विदा मनाउनेहरुको भिड लाग्छ। त्रियुगा नगरपालिकाको आवधिक योजनामा वाह्य पर्यटक भित्राउन नीति तथा कार्यक्रम छन्। जसमा बिहारबाट जनकपुरधाम आउने र त्रियुगा नगरपालिका हुँदै हलेसीधाम दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि मार्ग बन्न सक्छ। त्रियुगा सभ्यता र विकासलाई जोड्न त्रियुगादेखि गंगासम्म वस सेवा संचालन गर्ने प्रारम्भिक अभ्यास भएको छ।

गन्तव्यहरुसम्म पुग्ने वाटोको अवस्था के छ ?
सडक सञ्जालका दृष्टिले हेर्दा धरान, चतरा, गाईघाट, सिन्धुली सडक त्रियुगाको बीचभागबाट निर्माण तिव्र गतिमा भई रहेको छ भने गाईघाट–दित्तेल सडकले नगरपालिका आपसमा काटिएको छ। यसले पर्यटन क्षेत्रका सम्भावित स्थानमा सहज पहुँच पुर्‍याएको छ। बाँकी काम भनेको पर्यटकीयस्थलसम्म सडक जोड्नु हो। त्यसका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम चरणमा पुगेको छ। तथापी पर्यटकीय स्थानमा सामान्य यातायात सञ्चालनको अवस्था नै छ। त्रियुगाको सवै वडामा एक वार्ड एक पर्यटन क्षेत्र विकास गर्ने योजना छ।

पर्यटकीय सम्पदा संरक्षण गरी पर्यटक वढाउन नगरपालिकाको योजना के छ ?
नगरको समग्र पर्यटन गुरुयोजना निर्माण गर्नेछौं। पर्यटन पूर्वाधार तथा पर्यटकीय उपजहरू विकास गरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्नेछौं। हलेसी र बराह क्षेत्र दर्शन गर्न आउने पर्यटकलाई त्रियुगा पनि घुम्नै पर्ने वातावरण बनाउँछौं। साथै पर्यटकीय उपज  विकास गरी गुणस्तरीय पर्यटक भिœयाउनेछौं। स्थानीयलाई पर्यटनको अधिक लाभ पुर्‍याउन होमस्टे सञ्चालन, पर्यटकीय क्षेत्रको सौन्दर्यीकरण, नगरको सौन्दर्यीकरण, सरसफाई, अतिथि सत्कारका तालिम सञ्चालन गर्नेछौं।

नगरको मौलिकता झल्कने खालका कार्यक्रम सञ्चालन, भाषा, कला, संस्कृतिको प्रर्वद्धन गर्नेछौं। नगर क्षेत्रमा राम्रा होटल खोल्न लगानी भिœयाउनेछौं। पर्यटन पूर्वाधार विकासमा स्थानीय निकाय, समुदाय र निजी क्षेत्रको सहभागिता प्रोत्साहन गर्नेछौं। पर्यटकीय क्षेत्रको प्रचार, सूचना, सेवा, सुविधा र सुरक्षालाई भरपर्दो र विश्वासिलो बनाउनेछौं। त्रियुगा नगरलाई भ्रमणयोग्य नगरको सूचिमा विकास गर्नेछौं।

पर्यटनस्थलमा होटल, लज र होमस्टेको अवस्था के छ ?
हाम्रा पर्यटकीयस्थलमा तारे होटल सुविधा छैन। त्यसैले ग्रामीण पर्यटनलाई चलायमान वनाउन, आदिवासी समुदायमा मौलिक संस्कृति झल्कने गरी होमस्टे विकास गर्ने योजना छ। तारे होटलको पनि लक्ष्य छ। निजि क्षेत्रहरुले सुविधा सम्पन्न होटल निर्माणका लागि अध्ययन गरिरहेका छन्। पाँच वर्ष भित्रमा आधुनिक होटल निर्माण हुने छ।  

स्थानीयलाई पर्यटन तालिम आवश्यक देखिन्छ नि ?
होमस्टे प्रवद्र्धन गर्न सम्भावित पर्यटकीयस्थलमा तालिम सञ्चालन गरिरहेका छौं। यसपाली होटल व्यवसायीसँगको सहकार्यमा त्रियुगा फुड फेष्टिभल सम्पन्न भएको छ। यसले आन्तरिक अर्थतन्त्र प्रर्वद्धनमा सहयोग पुर्‍याएको छ। होटल व्यवसायी, पथप्रदर्शक लगायतलाई तालिम, अध्ययन भ्रमण र क्षमता अभिवृद्धि गराउने काममा हामी हातेमालो गर्दैछौं।  

त्रियुगा घुमेर फर्किदा पर्यटकले के कुरा कोसेली लान सक्छन् ?
स्थानीय स्तरमा उत्पादित ढाकाका सामाग्री, अर्गानिक तरकारी, बेसार, बाँसका घरेलु उत्पादन नै यहाँका कोसेली हुन्।

प्रकाशित: १९ माघ २०७५ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App