२१ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई मान्यता दिने क्यानडालाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने क्यानडाको योजनालाई अमेरिका-क्यानडा व्यापार सम्झौताको लागि खतरा भनेका छन्।

फ्रान्स र बेलायतपछि क्यानडाले पनि प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने योजना बनाएको छ।

'यसले हामीलाई उनीहरूसँग व्यापार सम्झौता गर्न धेरै गाह्रो बनाउनेछ,' राष्ट्रपति ट्रम्पले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखे।

राष्ट्रपति ट्रम्पले धेरै देशहरूलाई अमेरिकासँग व्यापार सम्झौता गर्न अगस्ट १ को समयसीमा तोकेका छन्। उनले यदि कुनै देशले यो समयसीमा भित्र अमेरिकासँग व्यापार सम्झौता गरेन भने उसले उच्च शुल्कको सामना गर्नुपर्ने हुन सक्ने बताए।

यसअघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बरमा प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने योजना क्यानडाले बनाएको बताएका थिए।

कार्नीले यो कदम लोकतान्त्रिक सुधारहरूमा निर्भर गरेको बताए। जसमा हमासको सहभागिताबिना अर्को वर्ष प्यालेस्टिनी प्राधिकरणको चुनाव गर्ने समावेश भएको उनको भनाइ छ।

प्रकाशित: १५ श्रावण २०८२ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App