२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपल

नेपाल प्रिमियर लिग एनपिएलको साविक विजेता टोली जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका दिग्गज खेलाडी शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।

जनकपुरले सोमबार बिहान उनलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको जनाएको छ। यसअघि जनकपुरको मुख्य प्रशिक्षकको रूपमा पुबुदु दसानायके थिए। चन्द्रपलले यसअघि अमेरिकी महिला टोलीको प्रशिक्षक र क्यारेबियन प्रिमियर लिग जमैका तलाहवाजको प्रशिक्षण गरिसकेका छन्।

एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदैछ।

प्रकाशित: २७ आश्विन २०८२ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App