२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मणिपुरमा राष्ट्रपति शासन थप ६ महिनाका लागि बढाइने

भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाका लागि बढाउने निर्णय गरिएको छ। यो आदेश अगस्ट १३, २०२५ देखि लागू हुने छ।

यस सम्बन्धमा भारतीय राज्यसभाले सूचना जारी गरेको छ। आधिकारिक सूचना अनुसार भनिएको छ, 'यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा १३ फेब्रुअरी, २०२५ मा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई १३ अगस्ट, २०२५ देखि छ महिनाको अवधिको लागि निरन्तरता दिन अनुमोदन गर्दछ।'

फेब्रुअरी १३ मा एन बिरेन सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको थियो।

राज्यमा मे २०२३ देखि जातीय द्वन्द्व चलिरहेको छ। त्यहाँ अझै स्थायी शान्ति स्थापित भएको छैन। एजेन्सी

प्रकाशित: ९ श्रावण २०८२ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App