२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा शक्तिशाली भूकम्प, कम्तीमा ३० जना घाइते, प्रधानमन्त्रीको महत्वपूर्ण अपील

जापानका उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति आएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा ३० जना घाइते भएका छन्। भूकम्पका कारण हजारौँ मानिसहरू घरबाट बाहिर निस्किन बाध्य भएका छन्।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समय अनुसार राति ११ः१५ बजे आएको हो। यसको केन्द्र आओमोरी क्षेत्रमा तटबाट करिब ८० किलोमिटर टाढा र भू–सतहदेखि करिब ५० किलोमिटर (३१ माइल) गहिराइमा रहेको बताइएको छ।

भूकम्पपछि देशभर सुनामीको चेतावनी जारी गरिएको थियो, जसलाई अहिले हटाइिएको छ। तर, केही तटीय क्षेत्रमा ७० सेण्टिमिटर (२७ इन्च) उचाइका छालहरू देखिएका छन्। केही रेल सेवा रोकिएका छन् र हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

स्थानीय मिडियाका अनुसार अधिकारीहरूले आगामी दिनहरूमा थप शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। त्यसैले कम्तीमा एक हप्ता उच्च सतर्कतामा बस्न आग्रह गरिएको छ।

जापानकी प्रधानमन्त्री सनाइ ताकाइचीले भनेकी छिन्, ‘भूकम्पका लागि गरिएका तयारी पुनः जाँच गर्नुहोस्, र यदि फेरि झट्का महसुस भयो भने तुरुन्तै सुरक्षित स्थानतिर निस्किन तयार रहनुहोस्।’

रोयटर्सका अनुसार करिब ९० हजार मानिसलाई घर छोड्न आदेश दिइएको छ। एजेन्सी

प्रकाशित: २३ मंसिर २०८२ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App