३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको स्काउट क्याम्पमा आक्रमण हुँदा नौ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। यसमा २१ जना घाइते भएको जनाइएको छ।

बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोक्किएर विस्फोट भए पछि सुरक्षाकर्मीको मृत्यु भएको र प्रहरीले जनाएको छ।

बजौर जिल्लाको स्काउटको मुख्यालयमा स्थानीय समय अनुसार वेलुका ७ः५५ मा विस्फोट भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ।

स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारीका अनुसार विस्फोटक पदार्थले भरिएको गाडी स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले यसलाई रोक्ने प्रयास गरे पछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्पोट भएको जनाइएको छ।

विस्फोट पछि भारी हतियारधारी आतङ्ककारीहरू र मुख्यालय भित्र तैनाथ सुरक्षा बलहरूसँग गोलीबारी भएको जनाइएको छ।

गोलीबारी कम भए पछि परिसर भित्र उद्धार र निकासी कार्य सुरु गरिएको जनाउदै अधिकारीहरूले मृतक तथा घाइतेहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताएका छन्।

गोली हानाहानको क्रममा धेरै आतङ्कवादीहरू पनि मारिएको स्रोतहरूले बताएका छन्।

सुरक्षा बलले यस क्षेत्रमा अपरेसन जारी राखेको कारण क्षतिको प्रकृति र सीमाको अझै पनि मूल्याङ्कन भइरहेको जनाइएको छ।

घाइते सैनिकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ भने अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रकाशित: १ जेष्ठ २०८३ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App