१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

तरबुजा खेतीले हिंडायाे आत्मनिर्भरकाे बाटाेमा

दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच युवकले सामूहिक तरबुजा खेती गरेका छन्। साथै उनीहरू बबई नदी किनाराको  जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन्।

स्वदेशमा नै केही गरौँ भनेर सामुहिक खेती थालिएको कृष्ण चौधरीले बताए। आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए।

हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी  जातका  तरबुजा खेती गरिरहेको उनले बताए।

हाल आहाना, प्रतिकिलो रु ८० र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो रु ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ। गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ।

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना  छ। 

प्रकाशित: ३ जेष्ठ २०८३ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App