३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

सालो-भिनाबीचको घरायसी विवाद मृत्युमा परिणत

सांकेतिक तस्बिर

चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद मृत्युमा परिणत भएको छ।

भिनाजु समीले सालो मन्सुरीलाई गए राति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अभियुक्त समीलाई नियन्त्रणमा लिइएको छ। मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पठाइएको छ।

प्रकाशित: ३ जेष्ठ २०८३ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App