१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानः सुरक्षा बल र प्रदर्शनकारीबीच झडप, एक जनाको मृत्यु

ईरानमा सुरक्षा बल र प्रदर्शनकारीहरूबीच झडप भएको छ। ईरानको सरकारी सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीसँग भएको झडपमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

ईरानमा पछिल्ला पाँच दिनदेखि बढ्दो महँगी र अमेरिकी डलरको तुलनामा ईरानी मुद्रा रियालको मूल्य खस्किँदै गएको विषयलाई लिएर विरोध प्रदर्शन हुँदै आएका छन्।

प्रदर्शन सुरु भएयता अधिकारीहरूले पहिलो पटक कसैको मृत्यु भएको पुष्टि गरेका हुन्। यी प्रदर्शनहरू तेहरानबाट सुरु भएका थिए, तर अहिले अन्य सहरहरूमा पनि फैलिएका छन्। एजेन्सी

प्रकाशित: १८ पुस २०८२ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App