२४ कार्तिक २०८२ सोमबार
image/svg+xml ६:४ पूर्वाह्न
अन्तर्राष्ट्रिय

क्यानडास्थित ‘कपिल क्याफे’मा ग्याङस्टरको गोली, नसुने मुम्बईमै कारबाहीको चेतावनी

फाइल तस्बिर

कमेडियन कपिल शर्माको क्यानडास्थित ‘कपिल क्याफे’मा  पुनः गोली काण्ड भएको खबर सार्वजनिक भएको छ। यस घटनाको जिम्मेवारी कुख्यात ग्याङस्टर गोल्डी ढिल्लों र लरेन्स बिश्नोई समूहले लिएको छ।

फायरिङको ९ सेकेन्डको भिडियो पनि भाइरल भएको छ, जसमा एक दर्जनभन्दा बढी गोलीको आवाज सुन्न सकिन्छ। मुम्बई प्रहरी र अन्य सुरक्षा निकायहरूले यस घटनाबारे पुष्टि गर्न जाँच गरिरहेका छन्।

कपिल शर्माको क्याफेमा ६ राउन्ड गोली चलाइएको थियो जसमा कुनै पनि व्यक्ति घाइते नभएको पुष्टि भएको छ। एक महिनाभित्र यो दोस्रो पटक फायरिङ भएको हो। यसअघि ११ जुलाई मा पनि फायरिङ भएको थियो।

‘जय श्री राम, सत श्री अकाल। राम राम सबै भाइहरूलाई।आज कपिल शर्माको ‘कपिल क्याफे’ मा भएको फायरिङको जिम्मेवारी हामी लिन्छौ,’  गोल्डी ढिल्लों र लरेन्स बिश्नोई ग्याङले पोस्ट गर्दै भनेका छन्,‘हामीले यसलाई (सम्भवतः लक्षित व्यक्तिलाई) फोन गरेका थियौँ, तर ‘रिङ’ नसुनेपछि कारबाही गर्नु प-यो।अब पनि नसुनेमा अर्को कारबाही मुम्बईमा हुनेछ।’

प्रकाशित: २३ श्रावण २०८२ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App