२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाँच्न कै बालश्रम गर्नुपर्ने बाध्यता

अन्तर्राष्ट्रिय समुदायले –जुन १२ मा बालश्रम विरुद्धको विश्व दिवस मनाउँदै गर्दा, लाखौं अफगान बालबालिकाहरूले चरम गरिबीको कारण  विद्यालय छोडेर इँटा भट्टी, बजार, निर्माण लगाउएका स्थलहरूमा बालश्रम गरिरहेको जनाइएको छन ।  

लााखौँ अन्य अफगान बालबालिकाको सफा लुगा लगाउने र हरेक दिन विद्यालय जाने सपना देख्छन् । तर जिवन बचाउनका लागि  काम गर्न बाध्य भएको सिन्ह्वाले जनाएको छ ।

अफगानिस्तानका चलेको दशकौं लामो युद्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अर्थतन्त्रलाई सिथिल बनाउनुका साथै चरम गरिबी र बेरोजगारी बढेको जनाइएको छ । संकटले बालबालिकासहित लाखौं अफगानहरूलाई आफ्नो घर शिक्षा त्यागी परिवारलाई बचाउन  इँटा भट्टी सडक मर्मत लगायतका उपलब्ध काम गर्न बाध्य पारेको जनाएको छ ।

ग्लोबल च्यारिटीका अनुसार सेभ द चिल्ड्रेनले मार्चमा जारी गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) को तथ्याङ्कमा लगभग हरेक तीन जना मध्ये एक, अफगान बालबालिका गम्भीर भोकमरीको सामना गरिरहेका छन् । यसैगरी पाँच वर्ष मुनिका ३७ लाख बालबालिका उच्च कुपोषणमा छन् । एजेन्सीले सर्वेक्षण गरेका दुई तिहाइ बच्चाहरूमा पातलोपन र न्युन वृद्धि विकास लक्षणहरू देखापरेका थिए ।

अफगानिस्तानमा बालबालिकाहरू जुत्ता सफा गर्ने, कार धुने, सामान बेच्ने, धातुको कार्यशालाहरू, गार्मेन्ट कारखानाहरू, निर्माण–कार्य जस्ता खतरनाक खानीमासमेत काम गर्न बाध्य भएको उल्लेख गरिएको छ ।  

श्रम तथा सामाजिक मामिला मन्त्रालयले राजधानी काबुलसहित अफगानिस्तानका ३४ वटा प्रान्तमा कठिन काममा संलग्न अनाथ र कमजोर बालबालिकाका लागि प्रशिक्षण केन्द्र स्थापना गरेको मन्त्रालयको प्रवक्ता सामिउल्लाह इब्राहिमीले बताउनु भएको छ ।  

गत वर्ष, मन्त्रालयले अनाथ तथा एकल बच्चाहरूसँग सम्बन्धित करिब १३ हजार ५०० वटा सवालहरुलाई सम्बोधन गरी उनीहरूको कल्याण र रक्षा गर्न आवश्यक सहयोग र  प्रदान गरेको  इब्राहिमीलाइृ उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।  

शिक्षाबाहेक तालिम केन्द्रहरूले बालबालिकाको स्वास्थ्य, खाना, कपडा र आवास लगायत सबै आवश्यकताहरूमा ध्यान दिएको उहाँले बताउनु भएको छ ।

 

प्रकाशित: २८ जेष्ठ २०८३ १६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App