२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमुना नदीमा बाढी: सडक अवरुद्ध, उडान प्रभावित

बिहीबार दिल्लीको यमुना नदी नजिकैका क्षेत्रहरूमा बाढी आएको छ। बिहान दिल्लीका धेरै भागमा पानी परेसँगै बाढी आएको हो। यमुना नदी उर्लिएसँगै वरपरका क्षेत्रहरू बाढीको चपेटामा परेका छन्। यमुना बजार, मजनुका तिला, मयुर विहार, गीता कोलोनी र झरोडा कलान क्षेत्रको घर र पसलहरूमा पानी पसेको छ। त्यहाँको मौसम विभागले यस महिना पनि राम्रो वर्षा हुने भविष्यवाणी गरेको छ। खराब मौसम र वर्षाका कारण बिहीबार पनि उडानहरू प्रभावित भएका छन्।

यमुना बजारमा रहेको निजी अस्पताल समेत खाली गराइएको छ भने त्यहाँका बिरामीहरू सबै हटाइएको छ। यमुनाको बाढीमा नाली पनि डुबेको छ। नाली बाढीको पानीले भरिएको छ। बाढीको पानी कश्मीरी गेटबाट निगम बोध घाटतर्फ आउने सडकमा पुगेको छ।

यमुना नदीमा आएको बाढीले गुरुग्रामका धेरै क्षेत्रमा पानी जम्ने समस्याले मानिसहरू समस्यामा परेका छन्।

गुरुग्रामको सदर बजारको अग्रसेन चौकमा ठूलो पानी जमेको कारण यातायात बन्द भएको छ।

प्रकाशित: १९ भाद्र २०८२ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App