२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ‘बोक्सी’ आरोप लगाएर दम्पतीको हत्या, शव जलाउने २० जना पक्राउ

भारतको आसामस्थित कार्बी आङ्लोङमा बोक्सीको आरोप लगाएर एक दम्पतीको हत्या गरिएको छ। यस घटनामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।

यो घटना गत मंगलबार हावरघाट क्षेत्रको नम्बर १ बेलोगुरी मुन्डा गाउँमा भएको थियो। गाउँलेहरूले ४६ वर्षीय गार्डी बिरुवा र उनकी ३३ वर्षीया श्रीमती मीरा बिरुवालाई बोक्सीविद्या (टुनामुना) गरेको आरोप लगाएका थिए।

प्रहरीका अनुसार गाउँलेहरूले पहिले दुवैलाई कुटपिट गरेर मारेका थिए। त्यसपछि शवलाई घरअगाडि जलाए। केही रिपोर्टमा एक किशोरीले आफूलाई देवी दाबी गर्दै दम्पतीमाथि बोक्सीको आरोप लगाएकी थिइन्।

प्रहरीका अनुसार प्रमाण संकलन गरेर चार महिलासहित २० जनालाई पक्राउ गरिएको हो। घटनाबारे अनुसन्धान जारी छ, थप मानिस पनि पक्राउ पर्न सक्छन्।

आसाम प्रहरीका कानुन तथा व्यवस्था महानिरीक्षक अखिलेश सिंहले घटनास्थलको निरीक्षण गरेपछि बोक्सी शिकारको यो प्रथा समाजमा सहन नसकिने बताएका छन्।

प्रकाशित: २० पुस २०८२ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App