२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २०:२४ अपराह्न
अन्तर्राष्ट्रिय

एमसिसीको निरन्तरता

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन्। अर्थमन्त्रालयकाे अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन्।

“नेपाल सरकार र उक्त निकायकाे २०७४ भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो”, अर्थमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएकाे छ।”  

प्रकाशित: १२ श्रावण २०८२ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App