२९ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दीगो विकास लक्ष्य हासिल गर्न द्रुत आर्थिक समाधान आवश्यक : राष्ट्रसंघ

दीगो विकास लक्ष्य २०३० हासिल गर्न दक्षिण एशियाली राष्ट्रमा कायम आर्थिक विकासको समाधान खोज्न आवश्यक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले औल्याएको छ । संयुक्त राष्ट्रसंघ एशिया–प्रशान्त क्षेत्रीय प्रतिवेदनले यस्तो औंल्याएको हो । २२ जुलाई अर्थात् मंगलबार स्पेनमा सम्पन्न चौथो अन्तराष्ट्रिय आर्थिक विकास सम्मेलनको अवसरमा प्रतिवेदन सार्वजनिक भएको हो ।  

यो समस्या समाधानको लागि संघले ४० वटा नवीन रणनीति तथा कार्यक्रम सुझाएको छ । बिशेष गरी यो क्षेत्रमा कायम आर्थिक, आपसी भू–राजनीति, गरिबी हटाउन र जलवायु परिवर्तनको सामना गर्दै आर्थिक पुर्नस्थापनाको लागि रणनीति तथा कार्यक्रम सुझाएको हो ।  

विश्वव्यापी रुपमा विकासोन्मुख देशहरुले दीगो विकासमा पुग्नको लागि २.५ देखि ४ अरब अमेरिकी डलर कमी देखिन्छ । यो क्षेत्रका राष्ट्रहरुले समयमै आर्थिक विकास पुरा गर्न नसकेमा दीगो विकास लक्ष्यमा थप पछि पर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ एशिया–प्रशान्त क्षेत्रीय छैठौं आर्थिक विकास रिपोर्टले सार्वजनिक तथा निजी लगानी व्यवस्थाको कमजोरी औल्याएको छ ।

प्रतिवेदन अनुसार यो क्षेत्रमा आवश्यकतना अनुसार आन्तरिक राजस्व बृद्धिमा कठिनाइ परेको छ ।  यो पूरा गर्न आवश्यकता बमोजिम करवृद्धि गरी घरजग्गा कर मार्फत राजश्व वृद्धि गरेको देखिएको भएपनि पूँजी बजारको विकास हुन सकेको छैन । यसको असर ऊर्जा, स्वास्थ्य सेवा र घर खरिदमा प्रभाव परेको छ ।  

‘यो चुनौती र अवसर एशिया–प्रशान्त क्षेत्रमा तुरुन्त देखिएको छ’ संयुक्त राष्ट्र संघ एशिया–प्रशान्त क्षेत्रका महासविच सचिव अर्मिदा सालियश अल्जियावानाले भने । उनले जोड दिदंै भने, ‘यो क्षेत्रलाई थप गतिशिल, समतामुलक र दीगो आर्थिक कार्यको लागि यो एउटा अवसर हो, हाम्रो उद्देश्य यो क्षेत्रमा पछि परेको आर्थिक तथा प्रविधी  विकासको सुधारको लागि  थप क्रियात्मक बन्न अवसर हो’ यो अवसरलाई कडाइका साथ पालना गरेमा यो दु्रत गति लिनेछ’ महासचिव अल्जियावानाले भने । प्रतिवेदनले सार्वजनिक क्रण बृद्धि भएकोले सार्वजनिक कोषको प्रयोगमा पारदर्शिता आवश्यक रहेको औल्याएको छ ।  

प्रतिवेदन अनुसार त्यसैगरी दीगो आर्थिक तथा विकासको लागि तत्कालै प्रतिवद्धता हुनु पर्ने प्रतिवेदनले सुझाएको छ । यसको साथै राष्ट्रहरुले लगानी गर्दा वातवरणीय तथा नागरिकको आर्थिक सुरक्षाको सुनिश्चतता हुनु पर्ने सुझाइएको छ ।  

यो प्रतिवेदन आर्थिक तथा दीगो विकास लक्ष्य हाँसिल गर्न नीति निर्माता तथा सरकारको लागि महत्वपुर्ण रहेको छ, यो पूँजीको विकास र राष्ट्रिय प्राथमिकताको लागि बिशेष परिस्थति हो’ गणतन्त्र ताकिजस्तानका अर्थमन्त्री फाइजिडिन क्वोखार्जोडाले भने ।  

प्रकाशित: ६ श्रावण २०८२ १८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App