जापानमा भूकम्प : आठ जनाको मृत्यु, सयौं बेपत्ता

उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ।