श्रीलङ्काको उच्च सैन्य अधिकारीलाई पक्राउ आदेश

श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ। सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले एघार जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो।