२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापान आँधी अपडेट: १० जनाको मृत्यु, ३ सय घाइते

तस्बिर:एजेन्सी

जापानमा आएको २५ वर्ष यताकै शक्तिशाली आँधीबाट १० जनाको मृत्यु भएको छ भने, ३ सय जना घाईते भएका छन्।

प्रतिघण्टा १७२ का दरले बगिरहेको जेबी आँधीका कारण पश्चिमी जापानमा भारी वर्षासंगै बाढी आएको बीबीसीले जनाएको छ। उक्त आँधीका कारण थुप्रै बाटो, रेलवे स्टेसन तथा पुलहरु भत्किएका छन् भने हवाई उडान पनि अवरुद्ध भएका छन्।

भारी वर्षाका कारण कृतिम आईल्याण्डमा रहेको एयर पोर्टमा पानी भरिँदा त्यहाँ फसेका ३ हजार यात्रुहरुलाई अहिले डुङ्गाबाट उद्धार गरिदै छ। उक्त आईल्याण्डसंग जोडिएको पूलमा ट्याङ्कर ठोक्किएर पूल भाँचिदा उनीहरु उक्त एयरपोर्टमा फसेका छन् । झण्डै ८ सय हवाई उडान रद्ध गरिएका छन्। आँधीले ठूलो बाढी पहिरो निम्त्याउन सक्ने भन्दै लाखौं मानिसहरुलाई सुरक्षित रहन अधिकारीले सचेत गराएका छन्। आँधीका कारण बीस लाख घरपरिवार, विद्यालय, तथा कार्यालयमा विद्युत् आपूर्ति अबरुद्ध भएको छ।

प्रकाशित: २० भाद्र २०७५ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App