१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किचकन्नीको खोजीमा प्रहरी

भारतीय राज्य उत्तर प्रदेशमा प्रहरी टोली अहिले एउटी किचकन्नीको धुइँपत्ताल खोजी गरिरहेको छ। उत्तर प्रदेशको इलाहाबाद क्षेत्रमा किचकन्नीले आतंक मच्चाएको खबर सामाजिक सञ्जालतिर भाइरल भएपछि उसको खोजीमा यूपी प्रहरी परिचालित भएको हो।इलाहाबादको किडगञ्ज भन्ने ठाउँमा गत सातादेखि किचकन्नी आतंक छाएको खबर सामाजिक सञ्जालमा फैलिएपछि प्रहरी परिचालन भएको हो। किडगञ्ज क्षेत्र निवासी २४ वर्षीय रूपेशको अचानक मृत्यु भएपछि 'गाउँमा किचकन्नी सल्किएको' हल्ला सामाजिक सञ्जालमार्फत फैलिन पुगेको थियो।

रूपेशको परिवारका सदस्यले बताएअनुसार विवाह समारोहमा सहभागी भएर मोटरसाइकलमा घर फर्किने क्रममा बाटोमा नकाब लगाएकी एउटी युवतीले रूपलेसँग लिफ्ट मागिन्। उनले लिफ्ट दिए। त्यसपछि उनी बाटोमा पर्ने मुर्दाघर छेउमा 'मेरो घर यहीँ हो' भनेर उत्रिइन्। उत्रिने क्रममा रूपेशले ती महिलाको अनुहार देखे र घर पुगेपछि बिरामी परे। त्यसको २४ घण्टामा उनको मृत्यु भयो।

गाउँलेका अनुसार यसअघि पनि यस्ता खालका घटना हुने गरेका थिए। ती सबै घटनाहरूको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन प्रहरीले काम सुरु गरिसकेको भारतीय टीभी च्यानल 'आज तक'ले जनाएको छ।

प्रकाशित: २७ असार २०७२ २१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App