७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रूसमा दैनिक दुई लाख बढी सङ्क्रमित

रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ९४९ जना सङ्क्रमित भएका हुन्।

'एकै दिनमा यती धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,' स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ। यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड ३७ लाख ३१ हजार ७९४ पुगेको छ।

त्यसैगरी कोरोनाभाइरसका कारण अहिलेसम्म देशभरि तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु भएको छ। ती मध्ये ७२२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

सरकारी अधिकारीका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या एक करोड १० लाख २१ हजार ६३३ रहेको छ।ती मध्ये एक लाख १२ हजार २३६ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन्।  

एउटै अवधिमा नयाँ सङ्क्रमित भएकाहरु भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै आधा कम रहेकोले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढीरहेको छ।

प्रकाशित: २९ माघ २०७८ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App