१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

अष्ट्रेलियाको क्यानबेरामा कोरोनाभाइरस नियन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाइदैछ। अष्ट्रेलियाको राजधानी क्षेत्र एसीटीका बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।

अगस्टको सुरुदेखि पहिलो पटक क्यानबेराका कला र मनोरञ्जन स्थलहरू लगायत सिनेमाघर र नाट्यशालाहरूमा सिट क्षमताको ७५ प्रतिशतसम्म मात्र व्यवस्थापन गरेर पुनःखोलिएका छन्। आतिथ्य स्थलहरूको लागि संरक्षक क्यापहरू भित्र अधिकतम २५ व्यक्तिहरू सम्म बस्न मिल्ने बनाइएको छ। 

त्यसैगरी घरपरिवारमा १० जना पाहुना आवतजावतलाई अनुमति दिइएको छ। त्यसैगरी ३० जनासम्म मानिसहरू घर बाहिर भेला हुन सक्नेछन्। व्यामशाला र अन्य क्लबहरू सञ्चालनका निम्ति अनुमति प्रदान गरिएको छ। संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले ५० वर्षभन्दा माथिका ८५.२ प्रतिशत र ७० वर्षभन्दा माथिका करिब ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाइएको जानकारी दिएका छन्।

उनले घरमा निको हुने कोभिड-१९ बिरामीहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह नेटवर्कका लागि १८ करोड अष्ट्रेलियाली डलर (१३५.४ मिलियन अमेरिकी डलर) कोषको घोषणा गरेका छन्।

प्रकाशित: १२ कार्तिक २०७८ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App