पाकिस्तानको खैबर पख्तुनख्वाका अधिकारीहरूका अनुसार अगस्ट १७ देखि सुरु भएको वर्षा र बाढीका कारण ३२३ जनाको मृत्यु भइसकेको छ।
बीबीसीका अनुसार धेरैजसो दुर्घटनाहरू प्रान्तका स्वात, बुनेर, बाजौर, तोरघर, मानसेहरा, शांगला र बट्टाग्राम जिल्लाहरूमा भएका थिए। सबैभन्दा बढी प्रभावित बुनेर जिल्लामा २१७ जनाको मृत्यु भएको छ।
वर्षा र आकस्मिक बाढीले ३३६ घरहरूलाई क्षति पुर्यायो, जसमध्ये २३० आंशिक रूपमा र १०६ पूर्ण रूपमा नष्ट भए।
पीडीएमएले अगस्ट १७ देखि १९ सम्म भारी वर्षा र अगस्ट २१ सम्म बीच-बीचमा वर्षा हुने पूर्वानुमान गरेको छ।
प्रकाशित: २ भाद्र २०८२ १०:१६ सोमबार





