११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्यूजील्यान्डको चुनाव चार हप्ता सर्यो

न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गरेकी छन्।  

न्यूजील्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहेकी आर्डेनले आगामी अक्टोबर १७ का लागि नयाँ मिति तोकेकी छन्।  

न्यूजील्यान्डमा कोभिड–१९ बाट संक्रमितहरु पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मिति पछि सार्नु परेको पनि उनले बताइन्।  

न्यूजील्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरेको छ। यस शहरमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ। आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए। यो सहित न्यूजील्यान्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ।

प्रकाशित: १ भाद्र २०७७ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App