१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खाडी मुलुकले लकडाउनबारे कस्तो नीति लिदैछन् ?

कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि खाडी मुलुकहरूले लागू गरेको सुरक्षा तथा सावधानी सम्बन्धी प्रतिबन्धहरु खुकुलो पारेका छन्। खाडी मुलुकहरू युएई , साउदी अरेबिया , कुवेत , बहराईन र ओमनले झन्डै  दुई महिनादेखी लागू गरेको बन्दाबन्दी सम्बन्धी नियमहरु परिवर्तन गर्दै कल कारखाना , उद्योग , व्यापार , यातायात आदि क्षेत्रहरु संचालन गर्न अनुमती दिएका छन्।

युएईको दुबईमा बुधबारदेखि सम्पूर्ण व्यवसायहरु संचालनमा आएका छन्। त्यहाँ सर्वसाधारणको यात्रा तथा घुमफिरमा लगाईएको प्रतिबन्ध समेत हटाईएको छ। यद्यपि सामाजिक दुरि , मास्क र ग्लोब्स लगायतका सुरक्षा एवं सावधानीका नियमहरु भने अनिवार्य पालना गर्नुपर्ने छ। यसैगरी दुबईका सरकारी कार्यालयहरुमा कार्यरत ५० प्रतिशत कर्मचारीहरु आईतवारदेखि कार्यालयमा हाजिर हुँदैछन् भने आगामी जुन १४ देखिसम्पूर्ण कर्मचारी कार्यालयमा हाजिर भएर सेवा दिने दुबई मिडिया अफिसले जनाएको छ।

यता साउदी अरेबियामा पनि रमदान र ईद पर्वको समाप्ति सँगै दुई महिना अघिदेखि लागू गरिएका बन्देजका प्रावधानहरुलाई ३ चरणमा विभाजन गरी खुकुलो बनाउँदै लैजाने निर्णय गरिएको छ। साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाए अनुसार कोराना संक्रमण नियन्त्रण सम्बन्धी सबै नियमहरुलाई पूर्ण पालना गर्ने गरी मन्त्रालय , सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ। त्यस्तै जून २१ पछि त्यहाँ आर्थिक गतिविधिका सम्पूर्ण क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाईएको साउदी प्रेसले जनाएको छ।

कुवेतले पनि भोलि ( मे ३० ) देखि पूर्ण लकडाउन हटाउने निर्णय गरेको छ। त्यहाँ कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि गएको मे १० देखि पूर्ण लकडाउन घोषणा गरिएको थियो। कुवेत न्युज एजेन्सीले आगामी आईतवारदेखि त्यहाँ साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आंशिक कर्फ्यु लागू हुने जनाएको छ।

बहराईनमा गत सातादेखि नै व्यवसायिक गतिविधिहरु शुरु भईसकेको छ। त्यहाँ मे २२ देखि व्यवसायहरु नियमित संचालन गर्न अनुमती दिईएको हो। त्यहाँ मे २७ देखि सुरक्षा तथा सावधानीका उपायहरु पालना गरेर हेयर ड्रेसर तथा शैलुनहरु समेत खोल्न अनुमती दिईएको छ।

आजदेखी ओमनको राजधानी मस्कटमा पनि लकडाउन खुल्ला गरिंदैछ। त्यहाँ एक महिना अघिदेखि पूर्ण लकडाउन लागू गरिएको थियो। आईतवारदेखि त्यहाँका सम्पूर्ण सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी काममा फर्कदैँछन्।

कतारले पनि त्यहाँ लागू गरिएका प्रतिबन्धहरु खुकुलो पार्ने संकेत दिएको छ। कोभिड १९ को प्रकोप फैलिने क्रममा कमि नआईसकेकाले त्यहाँ प्रतिबन्धहरु खुलाउने औपचारिक घोषणा भने गरिएको छैन।

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App