coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केरलामा एसएसएलसी परीक्षा सुरु

भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ।

त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्को परीक्षा भिएचएसइ (भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन) तहको परीक्षा पनि मङ्गलबारबाट सुरु भएको जनाइएको छ।

भारतमा कोरोना भाइरसका संक्रमितहरु दिन प्रतिदिन बढ्दो अवस्थामा देखिन्छन्। यसका कारण गएको दुई महिना भन्दा लामो समयदेखि त्यहाँ देशभरि नै लकडाउन गरिएको छ। हाल पनि यहाँ लकडाउन कायमै रहेको छ। तर पनि यो संक्रमणबाट बच्ने विभिन्न उपायहरु अवलम्बन गरेर परीक्षा सुरु गरिएको बताइएको छ।

केरला राज्यका सबै विद्यालयहरुका विद्यार्थीहरु आज सो परीक्षामा  सहभागी भएका बताइएको छ। कोरोना भाइरसको महामारीबाट बाँच्ने विभिन्न विधिहरु अपनाएर सो परीक्षा सुरु गरिएको बताइएको छ।

बताइएअनुसार यहाँका विद्यार्थीलाई सामाजिक दुरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा दिन लगाइएको छ।उनीहरुलाई परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि पनि स्वास्थ्य जाँच गरिएको छ। उनीहरुको सामान्य तापक्रम जाँच गरेर परीक्षा केन्द्रमा प्रवेश दिइएको बताइएको छ। त्यस्तै यहाँको सिनियर सेकेन्डरी परीक्षाहरु पनि मे २७ बाट सुरु गरिने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App